मुख्य समाचार

महाअभियोगका बहुमत बुँदामा लोकमानसिंह दोषी ठहर, सरकारद्वारा कार्कीलाई सुरक्षा दिने निर्णय

सर्वोच्चको आदेशबाट पदमुक्त बनेका तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथी लगाइएका महाअभियोगका बहुमत बुँदामा व्यवस्थापिका संसदको महाअभियोग अनुसन्धान गर्न गठित उपसमितिले दोषी ठहर गरेको छ l यस्तो अबस्थामा उनीमाथि आक्रमण हुन सक्ने विश्लेषण गर्दै सरकारले कार्कीलाई सुरक्षा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको गत पुस २७ को बैठकले..

माउ पार्टी र भातृ संगठनको विधान बाझिँदा युवा संगठनमा लफडा: बैठकमा ‘हात हालाहाल’

संस्थापन पक्ष र माधव नेपाल पक्षबीचको विवादका कारण एमालेसम्वद्ध युवा संघको केन्द्रीय कमिटी बैठक चार दिनदेखि अवरुद्ध भएको छ । राजिव पहारी अध्यक्ष भएपछि पहिलो पटक करीव डेढ वर्षमा डाकिएको बैठक शुरुकै दिन हात हालाहाल भएपछि अवरुद्ध अवस्थामा छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा अध्यक्ष ओलीले उदघाटन गरेको बैठकमा माधव..

अदालतको अनुमति विना एसएमएस र कल डिटेल लिन नपाइने

सर्वोच्च अदालतले कुनै पनि व्याक्तिबीचमा भएका कल डिटेल र एसएमएस डिटेल हेर्न र अनुसन्धान प्रयोजनका लागि लिन अदालतको अनिवार्य अनुमति लिनुपर्ने फैसला गरेको छ। सर्वोच्चले व्याक्तिको गोपनीयता अन्तर्गत पर्ने डिटेल लिँदा सम्वन्धित जिल्ला अदालतको अनुमति नलिए गैरकानुनी कार्य हुने समेत फैसला गरेको छ। यस अघि प्रहरीले अनुसन्धानका लागि फोन..

‘जय नेपाल’ नभनेको झोकमा डिएसपी राठौरद्वारा हवल्दार डिसीमाथि निर्घात कुटपिट

जय नेपाल’ नगरेको झोकमा प्युठान जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी रञ्जितसिंह राठौरले एक ट्राफिक प्रहरी हवल्दार त्रिचन्द्र डिसीमाथि कुटपिट गरेका छन्। प्रहरी प्रमुख राठौरले ट्राफिक प्रहरी हवल्दार डिसीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा चार घण्टा राखेर कुटपिट गरेका हुन्। पीडित प्रहरी हवल्दार डिसीका अनुसार, सोमवार दिउँसो..

चुनावका मुखमा पत्रकार महासंघमा चर्को विवाद

पत्रकारहरुको जिल्ला अधिबेशन हुँदै केन्द्रीय निर्वाचन नजिकिएका बेला माहासंघभित्र सदस्यता विवादले चर्को रुप लिएको छ । नेपाल पत्रकार महासंघका तीनजना केन्द्रीय सदस्यले विभिन्न जिल्लामा महासंघको सदस्यता वितरण गर्दा भागबण्डाको आधारमा गरिएको भन्दै पारदर्शी गर्न माग गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघका केन्द्रीय सदस्य..

आईएसआईका एजेन्टसहित पाँचजना वीरगञ्जबाट सार्वजनिक

पाकिस्तान, मलेसिया र दुवईमा बसेर पाकिस्तानी खुफिया एजेन्सी आईएसआईको निर्देशनमा आपराधिक गतिवधी गर्दै आएका पाँच जना नेपालीलाई बारा प्रहरीले पक्राउ गरेर मंगलवार सार्वजनिक गरेको छ । प्रहरीले दुवईमा बसेर नेपाल र भारतमा आईएसआइका लागि आपराधिक गतिविधी गर्दै आएका बाराको परशुरामपुर गाविस ४ स्थायी घर भइ हाल कलैया नगरपालिका ८ मा घर बनाएका ४८..

अंगीकृत नागरिकतावाला एकाध अपराधीको नाममा संविधान संशोधन गरिन्न : एमाले नेता चौलागाई

नेपाल एमालेका पोलिटब्यूरो सदस्य पशुपति चौलागाईले मधेशमा अंगीकृत नागरिकता पाएका एकाध अपराधिको नाममा संविधान संशोधन गर्न नसकिने बताएका छन्। रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता चौलागाईले मधेशी जनता संविधान संशोधनको पक्षमा नभएको बताए । वर्तमान ब्यवस्थापिका संसदले संविधान संशोधन गर्न नसक्ने बताउँदै संविधान..

संसदीय दलहरुबीच थ्रेसहोल्डको विषयमा चरम विवाद

काठमाडौँ, २५ माघ । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीचमै राष्ट्रिय पार्टीका रुपमा मान्यता प्राप्त गर्न न्यूनतम मत सीमा (थ्रेसहोल्ड) राख्ने कि नराख्ने भन्ने चरम विवाद कायम नै रहेको छ । व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने ३२ दलमध्ये नेपाली काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा भने कम्तीमा तीन प्रतिशत..

सरकारद्वारा औषधि खरिदका लागि थप १२ करोड रुपैयाँ निकासा

काठमाडौं, २५ माघ । औषधिको अभाव तत्कालका लागि रोक्न सरकारले १२ करोड थप रकम  निकासा गरेको छ । स्वास्थय मन्त्रालयले सम्बन्धित जिल्लाको  जनसंख्या हेरेर न्युनतम ५ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँ छुट्टएको हो । थप गरिएको रकम सम्बन्धित जिल्लामा पुुगिसकेकाले धमाधम औषधि खरिद भइरहेको स्वास्थ्यमन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले..

शरणार्थी बन्न खोज्ने केहि नेपालीसहित ६० जनालाई न्यूगिनीले देशनिकाला गर्ने

काठमाडौं, २५ माघ । पपुवा न्यूगिनीले शरणार्थी बन्न खोजिरहेका नेपालीसहित ६० जनालाई देश निकाला गर्ने भएको छ । देशनिकाला हुन लागेकाहरु मध्ये धेरै इरानका छन् । यसबाहेक नेपाल, इराक, पाकिस्तान, सोमालिया, भारत, सुडान, भियतनाम र बंगलादेशका नागरिक छन् । मानुसस्थित अष्ट्रेलियन शिविरमा आश्रय लिइरहेका उनीहरुलाई देश निकाला गर्न आवश्यक ट्राभल..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना