मुख्य समाचार

हिमानीले बनाइन् भूकम्पले भत्केको स्कुल

पूर्वयुवराज्ञी हिमानी शाहले गोरखाको पालुङटारस्थित भवानी माविको भवन शिलान्यास गरेकी छन्। गत वर्षको भूकम्पबाट भत्केको विद्यालय पुनःनिर्माणको जिम्मा हिमानी ट्रस्ट नेपालले लिएको थियो। ट्रस्टले करिब रु तीन करोडको लगानीमा १६ कोठाको भवन निर्माण गर्ने तयारी गरेको विद्यालयका प्रअ ओजराज गिरीले बताए। जापानी बुद्धिस्ट एसोसिएसनको आर्थिक..

टोपबहादुर रायमाझीले खोले संशोधनको रहस्य

सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रको संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले संविधान संशोधन विधेयक संसदबाट पारित नहुने ठोकुवा गरेका छन् । आफ्नै दलका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई जनताले अस्वीकार गरिसकेको कारण गणितिय रुपमा पनि पारित नहुने रायमाझीले..

भागबन्डाको दबाबले निर्णयविहीन बन्दै त्रिवि

विभिन्न आन्दोलन तथा दलीय भागबन्डाको दबाबका कारण त्रिभुवन विश्वविद्यालय निर्णयविहीन हुँदै गएको छ । पछिल्लो समय डा. गोविन्द केसीको आमरण अनशन तथा प्राध्यापकहरूका संघ–संगठनले भागबन्डाका लागि दबाब दिइरहेका कारण त्रिविले महतवपूर्ण निर्णय गर्न सकेको छैन । त्रिविले विभिन्न संकाय तथा अध्ययन संस्थानमा पूर्णकालीन डिन नियुक्त गर्न सकेको छैन ।..

डिजेलमा बदमासी : काठमाडौं ल्याएको डिजेल फेरि भारत पुग्यो

पछिल्लो समय काठमाडौंमा न लोडसेडिङ छ, न नाकाबन्दी । तर, डिजेलको माग दिन दुई गुणा रात चारगुणाले बढ्दै गयो र, आइतबार १८ लाख लिटर पुग्यो । यसले ट्यांकरहरुले नेपाल ल्याएको तेल पेट्रोल पम्पहरुमा नखन्याइ भारतमा नै फर्काएर बेच्न थालेका त होइनन् भन्ने आशंका जन्मायो । र, सरकारले बजार अनुगमन बढायो । अनुगमनसँगै काठमाडौंमा डिजेलको दैनिक माग घटेको छ ।..

विप्लव भन्छन्-संघीयताको ‘अति’ ले नेपाल रहँदैन

भारतको नयाँदिल्लीमा गरिएको बाह्रबुँदे समझदारीभित्र नेपाल पराजयको जरा भएको दाबी गर्छन् नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' । त्यो जरा उखेल्न जनता एकपटक फेरि विद्रोहमा उठ्नुपर्ने परिस्थिति उनले देखेका छन् । आजका घटनाक्रम हेर्दा राजनीतिक शक्ति र नेताहरूले मात्रै होइन, सामान्य नागरिक, कर्मचारी, प्रहरी, सेना र बुद्धिजीवी..

पर्यटनमन्त्रीले चीनसँगकाे सम्झाैता ‘राष्ट्रघाती’ भनेपछि पोखरा विमानस्थल निर्माण अलपत्र हुने अाश‌ंका

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण गर्ने काममा फेरि कालो बादल मडारिएको छ । सरकारकै पक्षबाट बखेडा झिक्न सुरु गरिएपछि चिनियाँ सहयोग र ऋणबाट बन्ने आयोजना अवरुद्ध भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १ मा भव्य समारोहबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यको शिलान्यास गरेका थिए । शिलान्यास समारोहमा..

नेपालको जलविद्युतमा तेस्रो देशको लगानी रोक्न भारतले ल्यायो ‘नयाँ नियम’

भारतले यसै साता जारी गरेको क्रस बोर्डर विद्युत् व्यापार निर्देशिकाले नेपालमा जलविद्युत् विकासलाई ठूलो चुनौती खडा गरेको छ । भारतीय लगानीबाहेकका जलविद्युत् कम्पनीबाट विद्युत् खरिदलाई नियन्त्रित गर्ने भारतीय नीतिले नेपालमा तेस्रो देशको लगानीको सम्भावना लगभग सकिएको छ । विद्युत् व्यापारलाई रणनीतिक, राष्ट्रिय र आर्थिक महत्वको मुद्दा..

संसद् गतिरोध तत्काल नहट्ने संकेत : संशोधन फिर्ता हुँदैनः देउवा, फिर्ता नभई संसद् चल्दैनः ओली

संविधान संशोधन प्रस्तावले अवरुद्ध संसद् गतिरोध फुकाउन सभामुख ओनसरी घर्तीमगरले पहल गरे पनि दलहरूले आ-आफ्ना अडान नछाड्दा गतिरोध हट्ने स्पष्ट संकेत देखापरेको छैन । ५ नम्बर प्रदेशको सीमांकन हेरफेरसहित दर्ता भएको संशोधन प्रस्तावको विरोधमा प्रमुख विपक्षी एमालेलगायत साना दलहरूले लगातार संसद् अवरोध गर्दै आएपछि सभामुख घर्तीमगरले गतिरोध..

मोर्चाको धम्कीपछि एमाले भेला स्थगित

मधेसी मोर्चाले कार्यक्रम गर्न नदिने धम्की दिएपछि एमालेले वीरगन्जमा आयोजना गरेको दुईदिने भेला स्थगित गरेको छ । वीरगन्जको नगर सभागृहमा शुक्रबार र शनिबार केन्द्रीय नेताको उपस्थितिमा गर्न लागिएको एमाले मुखपत्र ‘नवयुग' को वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको हो । कार्यक्रममा महासचिव ईश्वर पोखरेल, सचिव योगेश भट्टराईलगायत केन्द्रीय नेता..

प्रधानमन्त्रीको स्वागत र्‍यालीमा छात्राको ज्यान गयो

प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतका लागि र्‍यालीमा सहभागी छात्राको ज्यान गएको छ। वीरेन्द्रनगरमा सुरू भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटनका क्रममा निकालिएको र्‍यालीमा सहभागी १३ वर्षीया छात्रा समीक्षा आचार्यको बिहीबार ज्यान गएको हो। यो खबर हामीले आजको अन्नपूर्णपोष्टबाट लिएका हौ। वीरेन्द्रनगरको..

Exchange Rate

Nepali Patro