मुख्य समाचार

आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइदै

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस आइतबार सम्वर्द्धन बाल अधिकारको, कार्यान्वयन संविधानको भन्ने नाराका साथ मनाईंदैछ । बालश्रम, बालबालिकाविरुद्ध हुने हिंसा, दुर्व्यवहार, सजाय, जोखिम काममा बालबालिकाको प्रयोग लगायतका समस्या समाधानको लागि अहलेको नीति, कार्यक्रम तथा योजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै यो नारा तय गरिएको हो..

भारतको कानपुरमा रेल दुर्घटना, ४५ को मृत्यु, सय बढी घाइते

भारतको कानपुरमा रेल दुर्घटना हुँदा कम्तिमा ४५ जनाको ज्यान गएको छ । आइतबार बिहान पटना–इन्दौर एक्सप्रेस रेलको १४ वटा डिब्बा लिकबाट उछुट्टिएर भएको दुर्घटना एक सय भन्दा धेरै यात्रु घाइते भएका छन् । इन्दौरबाट पटनाका लागि छुटेको रेल दुर्घटनामा परेको हो । कानपुर नजिकैको पुखरायां स्टेशनमा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने तथा..

ओलीले चीनसँग गरेका सम्झौता कार्यान्वयन सुस्त

चीनसँग भएका सम्झौता र समझदारी अघि बढाउन सरकारले खासै तदारुकता देखाएको छैन । वर्तमान सरकारका पालामा नेपालसँग सम्बन्ध बढाउन चीनले उति महत्त्व दिएको देखिँदैन ।  यसको संकेत रद्द भएका द्विपक्षीय बैठक र हुन नसकेका भ्रमणले पनि गर्छन् । गत भदौ ८ का लागि निर्धारित नेपाल–चीन अर्थ सचिवस्तरीय बैठक अन्तिम समयमा स्थगित भयो । त्यसमा भाग लिन चिनियाँ..

अधुरै रोल्पाली सपना

२०५२ फागुन १ गते माओवादीले रोल्पाको होलेरीस्थित प्रहरी चौकीमा आक्रमण गरी सशस्त्र विद्रोह सुरु गर्‍यो। स्थानीय शान्ति समितिका अनुसार सशस्त्र विद्रोहमा जिल्लाका तीन सय २३ महिला एकल हुन पुगे। थबाङ–२ फुन्तिबाङका हिका रोकामगर पनि तिनै एकल महिलामध्ये एक हुन्। २०५३ माघ ५ गते हिकाका श्रीमान् ललि रोकामगरको थबाङमै रहेको इलाका प्रहरी..

विमानस्थल सेटिङलाई लिएर युएईमा अध्यागमन अधिकारीविरुद्ध हङ्गामा (भिडियो)

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलका अध्यागमन कर्मचारीले पैसा असुलेर भिजिट भिषामा मान्छे पठाउने गरेको विषय उठेपछि युएईमा भएको एउटा कार्यक्रममा हङ्गामा भएको छ। मानव तस्करसँगको मिलेमतोमा मोटो रकम असुलेर अध्यागमन कर्मचारीले गैरकानुनी रुपमा मान्छे पठाउँदै आएको विषय सम्बन्धित अधिकारीले ढाकछोप गर्न खोज्दा सहभागी आक्रोसित हुँदै हुटिङ..

अध्यक्ष लामा र महासचिव महरको टक्करले अनेरास्ववियुको विवाद चर्को बन्दै

एमाले निकट अनेरास्ववियुको कार्य विभाजनसम्बन्धी विवाद अझै मिल्न सकेको छैन । पार्टीले अनेरास्ववियुको कार्य विभाजनसम्बन्धी विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्ज तथा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीलाई दिए पनि विवाद अझै नमिलेको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिए । विवाद मिलाउन पटक–पटक बैठक बसे पनि मिल्न नसकेको..

सरकारलाई ओलीको प्रश्नः चकलेट बाँडेजस्तै नागरिकता बाँड्ने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको तयारीलाई लिएर प्रचण्ड सरकारको चर्को आलोचना गरेका छन् । शनिबार बुटवलमा भएको प्रदेश नम्बर ५ का अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले चकलेट बाँडे जस्तै नागरिकता बाँड्न नसकिने बताए ।उनले भने-‘प्रचण्ड नेतृत्वको सरकारले मिल्नेभए बोर्डरमै नागरिकता बांड्न डेक्स राख्थ्यो, अहिले..

फ्रेन्ड्स अफ जापानमाथि नेपालको सानदार जित

 काठमाडौं, ४ मंसिर ।  नेपालले फ्रेन्ड्स अफ जापानमाथि जित हात पारेको छ । शनिबार (आज)भएको च्यारिटी खेलमा नेपालले फ्रेन्ड्स अफ जापानमाथि १-० को जित हात पारेको हो । सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका नवयुग श्रेष्ठले विजयी गोल गरेका हुन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ५८ औं मिनेटमा नवयुगले..

आधार प्रस्ट नहुँदा युरेनियम सुरक्षा जिम्मा अन्योल

सरकारले युरेनियम जिम्मा त दियो, तर जिम्मेवारीको स्पष्ट आधार नखुलाएपछि सेना आफ्नो तर्फबाट पूर्ण तयारीमा जुट्न सकेको छैन । अन्योलबीच नै आफ्नो प्रारम्भिक आन्तरिक तयारी भने थालिसकेको सेनाले जनाएको छ । सरकारबाट युरेनियम जिम्मेवारीको सम्बन्धमा यसको के कति अधिकार, अनुसन्धान र उत्खननमा सेनाले आफ्नो काम गर्न पाउने हो, त्यो स्पष्ट नभएकाले अझै..

भारु सहटीमा रोटीबेटीको सम्बन्ध : जोगवनीमा नेपाली ग्राहक ठगिँदै

भ्रष्टाचार एवं आतंकवाद नियन्त्रण गर्न भारत सरकारद्वारा गरिएको नोटबन्दीले बेरोजगार एवं बेखर्ची भएर विहार राज्यको श्रमजीवी वर्गलाई हातमुख जोड्न कठिन भएको छ । चार बालबच्चाकी आमा जोगवनी छोटी मस्जिद बस्तीकी २५ वर्षीया हासमुन खातुन यस्तै एक पात्र हुन् । ‘हामीजस्ताका लागि अहिलेको परिस्थिति महाभूकम्पजस्तै हो,’ उनले भनिन् । उनको श्रीमान्..

Exchange Rate

Nepali Patro