मुख्य समाचार

गैंडा मारेको घटनामा चौधरी ग्रुपका ४ कर्मचारी जेल चलान

करेन्ट लागेर गैँडा मरेको घटनाविरुद्धको मुद्दामा जिल्ला अदालत चितवनले दुई भारतीय नागरिकसहित चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले सोमबार  उक्त आदेश दिएको हो । अदालतले उक्त मुद्दामा अर्का एक जनालाई रु ५० हजार धरौटीमा रिहा गरेको छ भने अन्य चार जनालाई तारेखमा छाडिएको..

पूर्व राष्ट्रपति यादवलाई क्यान्सर, थप ६० लाख उपचार खर्च दिने निर्णय

सरकारले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई थप ६० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवलाई क्यान्सर भएको छ । हालै भारतमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो । थप उपचारका लागि उनी अमेरिका जाने तयारीमा छन् । उनको निजी सचिवालयका अनुसार यादवको सेम्टेम्बर..

नेपालको चाबी भारतसँग छः बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालको हरेक निर्णयको चाबी भारतसँग भएको विस्तारै प्रष्ट हुँदै गएको बताएका छन् । उनले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई विशेष दूत बनाएर पठाउनु गलत भएको बताए । रफत सञ्चार क्लबले सोमबार आयोजना गरेको विजुक्छेले कुस्ती खेल्न पठाउनु पर्ने ब्यक्तिलाई दूतको रुपमा पठाउनु..

देखाउन मात्रै रुटमा कडाइ

काभ्रेमा भएको बस दुर्घटनापछि रुट इजाजत भए/नभएको र क्षमताभन्दा बढी यात्रु चढाउनेमाथि कडाइ थालिए पनि समझदारीमा गाडी चलाउन दिइएको छ । रुट परमिट नभएकालाई एक–दुई दिन रोकिए पनि ग्रामीण क्षेत्रमा यात्रुलाई सास्ती बढेपछि स्थानीय प्रशासनले यातायात व्यवसायीसँगको समझदारीपछि गाडी चलाउन दिएको हो । केही जिल्लामा कडाइपछि पनि गाडीधनीले चलाउन..

अन्धविश्वासको पराकाष्ठा: बोक्सी आरोपमा हत्या

बोक्सीको आरोपमा बाँके जिल्लाको नौबस्ताकी एक महिलाको हत्या गरिएको छ । नौबस्ता–९ तिलकपुरका २१ वर्षीय दिनेश थारूले श्रीमतीलाई बोक्सी लगाएको भन्दै छिमेकी डन्डी थारूलाई चिर्पटले हानेर हत्या गरेका हुन् । विवाह गरेको दुई महिनापछि नै कल्पना थारू बिरामी पर्न थालिन् । उपचार गराइन्, तर चार वर्षसम्म पनि निको भएन । उल्टै आँखा कमजोर भई दृष्टि..

अर्घाखाँचीमा जीप दुर्घटना, ११ को मृत्यु, ६ घाइते

अर्घाखाँचीको हंसपुर-५ रतनमारेमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका छजना मध्ये चार जनाको अवस्था गम्भीर छ । अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्यूठानको बाँदिकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जीप दिउँसो सवा तीन बजेतिर रतनमारे बजार नजिकै पोष्टापाटको भीरबाट करिब सात सय मिटर तल खसेको थियो..

अमेरिका बस्ने चिकित्सकका नाममा धमाधम स्वास्थ्यपत्र

अमेरिका बस्ने एक पशु चिकित्सकको फर्जी हस्ताक्षर र स्टाम्प प्रयोग गरी नक्कली स्वास्थ्य प्रमाणपत्रका आधारमा अवैध रूपमा पशुपन्छी काठमाडौं आयात भइरहेको तथ्य फेलापरेको छ । यसअघि पनि फर्जी स्वास्थ्य प्रमाणपत्रका आधारमा पटकपटक मरेका र रोगी पशुपन्छी राजधानी भित्र्याउने गरिएको थियो । पशु क्वारेन्टाइन कार्यालयले शुक्रबार राति फर्जी..

श्रीलंकामा मृत्युदण्ड पाएका नेपालीबारे सरकार अनभिज्ञ

लागूपदार्थ कारोबार गरेको अभियोगमा बर्सौंदेखि श्रीलंकामा जेल सजाय भोगिरहेका दुई नेपालीको अवस्थाबारे सरकार अनभिज्ञ देखिएको छ । पाटन ललितपुरका चेतबहादुर थापा र धादिङ सत्यदेवी गाविसका सुकबहादुर तामाङ श्रीलंकामा अहिले जेल जीवन व्यतित गरिरहेका छन् । श्रीलंकाली लागूऔषध ब्युरोले ७९.८४ ग्राम शुद्ध हेरोइन बोकिरहेको अवस्थामा ६३ वर्षीय..

पक्राउ गर्ने प्रहरी, कमिसनमा हिस्सा खोज्ने अदालतका कर्मचारी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार अदालतद्वारा एक–एक वर्ष कैद र सात लाख ३१  हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएका  मोहम्मद अनवर तथा मोहम्मद वसिमलाई पक्राउ गर्यो । सिआइबीले उनीहरूलाई पक्राउ गर्न संलग्न प्रहरीको नामसहित जिल्ला अदालत काठमाडौंमा प्रतिवेदन बुझायो । तर, अदालतले मंगलबार नै अर्काे प्रतिवेदन  बनायो । जसमा ..

सेनाको पुन:संरचना, रथीको संख्यामा वृद्धि गर्न प्रस्ताव, दुईखाले विकल्प प्रस्तुत

महत्त्वपूर्ण पद रथीको संख्यामा वृद्धि गर्ने दुई विकल्पसहित नेपाली सेनाको पुन:संरचनाको खाका प्रस्ताव गरिएको छ । नयाँ संविधानअनुसार सेनालाई पुन:संरचना गर्न सरकारद्वारा पूर्वरक्षासचिव वामन न्यौपानेको नेतृत्वमा गठित ५ सदस्यीय कार्यदलले तयार पारेको खाकामा पृतना संख्या घटाई त्यसलाई सञ्चालन तथा निर्देशन गर्न प्रधानसेनापति मातहतमा..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीले १७ वटा भारतीय भैंसी नियन्त्रणमा लियो

जिल्ला प्रहरी कार्यालय पर्साले पाँच वटा पाडासहितका १७ वटा भारतीय भैंसीलाई नियन्त्रणमा लिएको छ । अवैध रुपमा भन्सार छली नेपाल भित्राएको आरोप लगाउदै प्रहरीले पोखरीया नगरपालिका-६ शेराफिल्डबाट ती भारतीय.....

ब्यापक अनियमितता गरेको आरोप लगाउदै सत्तारुढ नेकपाका दश जिल्ला कमिटि सदस्यहरुद्वारा पलाँता गाउँपालिका अध्यक्ष बमलाई कारवाहीको माग

कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा ब्यापक अनियमितता भएको भन्दै चर्को बिरोध भैरहंदा सत्तारुढ नेकपा जिल्ला कमिटि कालिकोटका १० जना जिल्ला कमिटि सदस्यहरुले पलाँता गाउँपालिकाका अध्यक्ष.....

ने.क.पा. जाजरकोटका इन्चार्ज ओली सालको बुटाबाट गिरफ्तार

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित ने.क.पा. को जाजरकोट जिल्ला ईन्चार्ज प्रेमप्रकाश ओली 'धमिल'लाई प्रहरीले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित सालको बुटा.....

Exchange Rate

Nepali Patro