मुख्य समाचार

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित

अर्को महिना हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल यात्रा स्थगित भएको छ । ऊ चुन्ताईले तीन दिनपहिले नेपालका उच्च अनेतृत्वलाइए अवगत गराएको स्रोतले उल्लेख गरेको छ । चीनले नेपालका तर्फबाट भ्रमणसम्बन्धमा आवश्यक तथयारी नगरिएको र चीनसँग नजिकिदैँ गरेको नेपालसम्बन्धप्रति नयाँ सरकारको प्रतिवद्धता नदेखिएको उसले बुझाइसमेत अवगत..

मधेसी मोर्चामा संविधान संशोधन मस्यौदा समितिको विवाद चर्कियो, लक्ष्मणलाल कर्णद्वारा संयोजक बन्न अस्वीकार

संविधान संशोधन मस्यौदा समिति गठनको विषयले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा विवाद उत्पन्न भएको छ । विवादका कारण मस्यौदा कमिटीको संयोजक प्रस्ताव गरिएका सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले समितिमा बस्न अस्वीकार गरेका छन् । संघीय गठबन्धनको तर्फबाट सरकारलाई संविधान संशोधन कहाँ-कहाँ र कसरी गर्ने भनेर मस्यौदा बनाउन गठित..

बेलायतमा द्वन्द्वकालीन मुद्दा खेपिरहेका कर्णेल कुमार लामाले सफाइ पाए

लामो समयदेखि बेलायतमा यातनासम्वन्धी मुद्दा खेपिरहेका नेपाली सेनाका महासेनानी कुमार लामाले सफाइ पाएका छन् । दुई ट्रायलपछि यो फैसला आएको हो, जसको लागत एक मिलियन पाउण्ड अर्थात १४ करोड रुपैयाँ भन्दा बढी परेको छ । अदालतले मंगलबार अब तेस्रो ट्रायल नहुने घोषणा गरेको छ । लण्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्टले कर्णेल लामाका लागि यो अन्तिम..

अस्पतालको तीन तलामाथिबाट हाम फालेर आत्महत्या

मिर्गाैला बिग्रेर शिक्षण अस्पतालमा उपचार गराइरहेका एक युवकले अात्महत्या गरेका छन्। मिर्गाैला पीडित दोलखा मालुका १८ वर्षीय विजय खड्काले त्रिवि शिक्षण अस्पताल महाराजगन्जको तीन तलामाथिबाट हाम फालेर अात्महत्या गरेको प्रहरीले जनाएको छ। गएराति अस्पतालको तीन तलामाथिको झ्यालबाट हाम फालेर गम्भीर घाइते भएका मिर्गाैला पीडित खड्काको..

टाउको र दुबै खुट्टा काटेर अलग पारी हत्या

विराटनगरमा मंगलबार विहान एक युवकको धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा शव भेटिएको छ । विराटनगर-१३ शान्तिचोकस्थित ओमकार श्रेष्ठको घरमा अन्दाजी २८ वर्षीय युवकको शरीर टुक्रा-टुक्रा पारेर प्याक गरेको अवस्थामा भेटिएको हो ।मृतकको टाउको र घुँडाभन्दा मुनिको भाग टुक्रा पारेर बोरामा प्याक गरेको भेटिएको छ घाँटीदेखि तल र..

एउटै योजनाको तीन नाम, तीनवटैका लागि छुट्टाछुट्टै रकम

चालू आर्थिक वर्षका लागि पोखरा उमनपा २, मिरुवा खानेपानी र पोखरा उमनपा २ र २६ वडा भनेर तीन योजना केन्द्रबाट स्वीकृत भएर आएका छन्। ती योजनाहरू जिल्ला परिषद् र क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय (खानेपानी) कार्यालयले सिफारिस गरेका थिएनन्। तीन थरी नामका खानेपानी योजना र उपभोक्ता एउटै हुन्। त्यसका लागि ३/३ लाख रुपैयाँ बजेट छुटयाइएको..

प्रधानमन्त्रीको घोषणाप्रति मुख्यसचिव अनबिज्ञ: थप अनुदान ‘कहाँबाट ? ’

भूकम्प प्रभावित क्षेत्रमा प्रमाणित लाभग्राहीलाई निजी आवास अनुदानबापतको रकममा एक लाख रुपैयाँ थप्ने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणामा मुख्य सचिव सोमलाल सुवेदी अनभिज्ञ देखिएका छन् । संसदीय विकास समितिको सोमबारको बैठकमा प्रधानमन्त्री दाहालले एक लाख रुपैयाँ अनुदान थप्ने विषयलाई चाँडै मन्त्रिपरिषद्बाट निर्णय गराउने घोषणा गरेर..

उपमहानगरपालिकाको भवन पोखरीमाथि !

इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरमा पोखरीमाथि निर्माण गरिएको छ कार्यकारी अधिकृतको कार्यकक्ष भवन । त्यस्तै, पूर्वपट्टि सांस्कृतिक भवन छ । तर, यी दुवै भवन अवैधानिक रहेको खुलासा भएको छ । कार्यकारी अधिकृतको कार्यकक्ष रहेको भवन मेचीकाली पोखरीमाथि ६ वर्षअघि तत्कालीन कार्यकारी अधिकृत गणेशराज कार्कीले निर्माण गरेका हुन् । तर, यो भवन..

पत्रकारसँग झोक्किँदै केपी ओलीले भने– सीमाङ्कन मधेसको मुद्दा हो ?

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान गतिशिल दस्तावेज भएकाले संशोधन गर्न सकिने तर मनपरी भने गर्न नसकिने बताएका छन् । थाईल्याण्डमा स्वास्थ्य उपचार गराएर सोमबार स्वादेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मधेसी मोर्चाले राखेको संशोधनको माग आफ्नै..

भावी प्रधानन्यायाधीशको प्रतिलिपि नागरिकता

सर्वोच्च अदालतको वेबसाइट  www.supremecourt.gov.np को ‘नेभिगेसन बार’ मा रहेका ‘क्याटेगोरी’ मध्ये ‘न्यायाधीश’ मा क्लिक गरेपछि खुल्ने पेजमा प्रधानन्यायाधीशसहित २० न्यायाधीशको तस्वीर र नाम देखिन्छ । तीमध्ये वरियताक्रममा तेस्रो नम्बरमा रहेका न्यायाधीश गोपाल पराजुलीको तस्वीरमाथि क्लिक गरेमा उनको सीभी (वैयक्तिक विवरण) सहितको नयाँ पेज..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीसंग भनाभन गरेको आरोप लागेका सैनिक जवान कंडेल प्रहरी चौकीबाट भाग्न खोज्दा मृत्यु

मादक पदार्थ सेवन गरी ड्युटीमा रहेका प्रहरीसंग भनाभन गरेको आरोपमा पक्राउ परेका एकजना सैनिक जवानको प्रहरी चौकीको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको छ । चितवन जिल्लाको.....

अकुत सम्पत्ति कमाउने तीन मेडिकल कलेजमा अख्तियारद्वारा छापा, ठगीमा मुद्दा चलाउने तयारी

मेडिकल शिक्षाका नाममा सरकारले तोकेको भन्दा बढी रकम असुली गरेर अकुत सम्पत्ति कमाएको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा आइतबार छापा मारेको छ । विभागले नोबल.....

अख्तियारद्वारा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले अस्पतालमा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन दिएको छ। सामाजिक सेवा ईकाई.....

Exchange Rate

Nepali Patro