मुख्य समाचार

एमालेले भन्यो:’शीर्ष नेताको सामूहिक हत्याको प्रयास’ एमालेले अब मधेस नजाने

नेकपा एमालेले अब आफ्नो मेची–काली राष्ट्रिय अभियान अब मधेसका जिल्लाहरुमा सञ्चालन नगर्ने भएको छ । सप्तरीमा हिजो भएको झडपमा मोर्चाका तीन कार्यकर्ताको मृत्यु भएसँगै एमालेले अब मधेस नजाने निर्णय गरेको हो । पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अब पार्टीले मधेसमा..

टीकापुर घटनाः सशस्त्रका डीआईजी चौधरी र एसपी सिंहलाई विभागीय कारबाही गर्न सिफारिस

राष्ट्रिय मानवअधिकार आयोगले टीकापुर घटनामा क्षति रोक्न प्रयास नगरेको भन्दै सशस्त्र प्रहरीका डीआईजी खडानन्द चौधरी र एसपी लक्ष्मणबहादुर सिंहलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । सुरक्षा निकायको असावधानी, गुप्तचरको कमजोरी र प्रहरी संगठनबीच आपसी समन्वय अभावका साथै फितलो सुरक्षा योजना र सुरक्षा लापरवाहीका कारण टीकापुर घटना भएको..

सीडीओ गृहमा तानिएपछि कर्फ्यु लगाउने निर्णय ‘खारेज’

प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिम्सिना गृह मन्त्रालय तानिएपछि सप्तरीको राजविराजमा कर्फ्यु लगाउने निर्णयबाट स्थानीय प्रशासन पछि हटेको छ । सोमबार गोली लागेर तीन जनाको मृत्यु भएको घटनाको विरोधमा मधेसी मोर्चाले विहानैदेखि प्रदर्शन गरेको थियो । बन्दकर्ताले सरकारी कार्यालयहरुमा तोडफोड गर्न खोजेपछि स्थिति तनावग्रस्त भयो..

मोर्चाले मृतक भनेका दिगम्बर यादब ज्युउँदै, धरानमा उपचारत

प्रहरीको गोली लागेर मृत्यु भएको भनिएका राजविराट ५ का ४५ बर्षीय दिगम्बर यादवको धरानमा उपचार भइरहेको छ। ढाडमा गोली लागेका यादवको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित सर्जरी वार्डको युनिट २ को वेड नं १० मा उपचार भइरहेको छ। मधेशी मोर्चाले उनलाई मृतकको सूचीमा राखेर विज्ञप्ती जारी गरेको थियो। ‘दिगम्बर यादवको मृत्यु भएको छैन,..

मधेशी मोर्चाको आन्दोलन उग्र बन्दै, ब्यापक आगजनी र तोडफोड, राजविराज नगरक्षेत्रमा अनिश्चितकालीन कफ्र्यु जारी

राजविराजमा प्रहरीको गोली लागि तीन जना मधेशी मोर्चाका कार्यकर्ताहरु मारिएपछि आक्रोशित बनको मधेशी जनताहरुको आन्दोलनले उग्र रुप लिंदै गएको छ । मधेसी मोर्चाका कार्यकर्ताहरुले सप्तरीको राजविराजस्थित शान्ति समितिको कार्यालय र जिल्ला वन कार्यालयमा पनि आगजनी गरेका छन् । विहान राष्ट्रिय मानवअधिकार आयोगको वा७च ७४७३ नम्वरको जिप तोडफोड..

मधेसी मोर्चाका कार्यकर्ताहरुद्वारा राष्ट्रपतिविरुद्ध कपिलवस्तुमा प्रदर्शन

नेपाल सरकारले ३० जिल्लामा सञ्चालन गरेको "राष्ट्रपति महिला उत्थान कार्यक्रम’ को उदघाटन गर्न तौलिहवा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले कपिलवस्तुमा मधेसी मोर्चाका कार्यकर्ताहरुको विरोधको सामना गरिन् । राजविराज काण्डपछि मधेस आन्दोलित भइरहेकै बेला कपिलवस्तुको तौलिहवा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले मधेसी मोर्चाका..

सुन तस्करले फसाए धुर्मुस सुन्तलीलाई

तस्कारी र दुई नम्बर धन्दामा संलग्नहरुले आफुहरुलाई समाजसेवीका रुपमा बढी नै प्रचार गर्ने गर्दछन् । हालै सिआईवीले बाहिर ल्याएका सुन तस्कारहरुले पनि समाजसेवी अवरण बनाइसकेका थिए । उनीहरुले चर्चित कलकारहरु धुर्मुस सुन्तली (सिताराम कट्टेल–कुञ्जना) घिमिरेलाई समेत फसाएको खुलेको छ । दृष्टि साप्ताहिकमा खबर छ– गत २१ डिसेम्बमा धुर्मुस..

सप्तरीका सिडिओ र एसपी काठमाडौं झिकाइए, प्रधानमन्त्रीद्वारा मधेशी मोर्चासँग वार्ता आव्हान

प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरी जिललाका प्रमुख जिलला अधिकारी उद्धवप्रसाद तिमिल्सिना र प्रहरी प्रमुख एसपी दिवेश लोहनीलाई गृहमन्त्रालयमा झिकाएका छन् भने थप क्षति हुन नदिन सचेत गराउँदै मधेशी मोर्चाका नेताहरुलाई वार्तामा बोलाएका छन् l प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई..

सप्तरी घटनामा एमाले र मोर्चा दुवै दोषी : विप्लव, महासचिव, नेपाल कम्युनिष्ट पार्टी

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सप्तरीमा भएको हिंशात्मक घटनाका लागि एमाले र मधेशी मोर्चा दुवै दोषी भएको बताएको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले एक विज्ञप्ति जारी गरी एमालेले चुनावी सभा गर्नु र त्यसलाई विथोल्न मोर्चाले खोज्नु दुवै गलत भएको बताए । सामान्यतयाः राजनीतिक..

पशुपतिनाथ मन्दिर खतरामा, मन्दिरमुनि “खाल्डो”

हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको पूर्वपट्टिको भागमुनि खाल्डो पर्न थालेको छ । मन्दिरमा चढाइने दैनिक सयौं लिटर पानी पूर्वीढोका हुँदै ब्रह्मनालतर्फ बग्ने गरेको र बलौटे माटो भएकाले बीचमा चुहिएर खाल्डो पर्न थालेको हो । माटो र बालुवाको पत्र रहेको मन्दिरमुनिको भाग पानीले गाल्दै लगेको र अनगिन्ती ठूला मुसाले..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना