मुख्य समाचार

सप्तरी घटनामा एमाले नेतालाई मुद्दा हाल्ने तयारी, निषेधको राजनीतिको डटेर मुकाबिला गर्ने एमाले लगायत विपक्षी ९ दलको निर्णय

सप्तरी जिल्लाका कानुन व्यवसायीहरुले राजविराज घटनालाई लिएर एमाले शीर्ष नेताहरुविरुद्ध मुद्दा हाल्ने निर्णय गरेका छन् । एमालेको— मेची महाकाली अभियान विथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार राजविराजमा भएको झडपमा तीन जनाको मृत्यु भएको थियो । घटनामा सप्तरी बार एशोसिएसनका कोषाध्यक्ष दिगम्बर यादव पनि घाइते भएका छन् ।..

पुरुषसरह अधिकार प्राप्त नभएसम्म गरिने क्रान्तिमा सहयोग गर्न नेकपा केन्द्रीय सदस्य आस्थाको आम श्रमजीवि महिलाहरुसमक्ष आग्रह

नेत्रविक्रम चन्द "विप्लव" नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य एवं गण्डक ब्यूरो ईञ्चार्ज सावित्री दूरा "आस्था"ले पुरुषसरह अधिकार प्राप्त नभएसम्म गरिने क्रान्तिमा सहयोग गर्न आम श्रमजीवि महिलाहरुसमक्ष आग्रह गरेकी छिन् । १०७ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघ -क्रान्तिकारी)ले आयोजना गरेको..

सप्तरी घटनाः मोर्चाको धम्कीपछि एमालेका नेता कार्यकर्ता विस्थापित

राजविराज गोलीकाण्डपछि जिल्लाका एमाले नेता कार्यकर्ताहरु सदरमुकामबाट विस्थापित भएका छन् । मधेसी मोर्चाको धम्की र घर घेराउपछि राजविराज लगायत आसपासका गाउँबाट धेरै नेता कार्यकर्ता विस्थापित भएको एमाले स्थायी कमिटी सदस्य तथा २ नम्बर प्रदेशका संयोजक सत्यनारायण मण्डलले बताए । उनले प्रहरीले एमालेका कार्यकर्तालाई सुरक्षा दिन नसक्दा घर..

गाई खाएको आरोपमा पाँचजना थुनामा

राष्ट्रिय जनावर गाई जिउँदै काटेर खाएको आरोपमा पाँचजना पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको धाइरिङ–८ का आइते दर्जी, नरु दर्जी, छवि परियार, सन्तु दर्जी र झिल्के दर्जीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्वतले गौबध मुद्दामा पाँच आरोपितलाई पक्राउ गरी १९ फागुनमा पर्वत..

गोलीले मलेठ गाउँ स्तब्ध, मारिने तीनैजना राजनीतिबाट टाढा

सप्तरी घटनाका मृतक मृतक तीनैजनाको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छ । अन्त्येष्टि कहिले हुने हो थाहा छैन, नभएसम्म घरमा चुलो बल्दैन । र, मृतकह तीनै जना राजनीतिबाट टाढा थिए । -स्थानीय पसले सञ्जन मेहताको बिहे नौ महिनाअघि मात्रै भएको थियो । बेहोस भएकी श्रीमतीको राजविराज अस्पतालमा उपचार भइरहेको छ, दाजुलाई हृदयाघात..

सप्तरी घटनाः निरन्तर झडप, मोर्चा कार्यकर्ताले पेट्रोल बम प्रहार गरे

काठमाडौ – सप्तरी झडपपछि आक्रोशित मधेसी मोर्चाका कार्यकर्ताले सप्तरी र आसपासका जिल्लामा मंगलबार दिनभर प्रदर्शन र नाराबाजी गरेका छन् । गृह मन्त्रालयले प्रजिअ उद्धव तिमिल्सिना, प्रहरी प्रमुख एसपी दिवेश लोहनी र सशस्त्र प्रहरी प्रमुख एसपी जयबहादुर खड्कालाई मन्त्रालयमा तानेको छ । गृहले सप्तरीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीलाई..

अन्य पाँच महिलामा देवी उत्रिएपछि हेर्ने र पूजा गर्नेको भीड..

बुटवलको बुटवल मण्डपको गेट नजिकै एक महिला रुखमुनि बस्न थालेको १३ दिन पुग्यो। रुपन्देहीको बाँसगढी घर भएकी विष्णु कुँवर धर्तीमाता उत्रिएको भन्दै सडककै छेउमा बसेकी छिन्। ‘देवी ध्यान बसेको’ भन्दै हेर्नेको घुइँचो छ। मंगलबार मात्रै अन्य पाँच महिला काप्दै कुँवरको छेउमा काप्दै बसेका छन्। पञ्चे बाजा बजाएर बसेका उनीहरुलाई हेर्न झण्डै एक हजार..

विधिविहीन बन्दै कांग्रेसः महाधिवेशन भएको एक वर्ष वित्दा पनि पदाधिकारी मनोनीत भएनन्

‘पार्टी विधान अक्षरशः कार्यान्वयन गर्दै नेता, कार्यकर्ता, शुभेच्छुकको उर्जा एवम् क्षमतालाई सुदृढ र गतिशील पार्टी निर्माणमा लगाउनु छ’, नेपाली कांग्रेस सभापतिमा भोट माग्दै शेरबहादुर देउवाले ठीक एक वर्षअघि भनेका थिए । तर उनले पार्टी नेतृत्व सम्हालेको एक वर्षमा कांग्रेस विधि र विधानअनुसार नचली विधिविहीन पार्टी बन्न पुगेको छ । पार्टी मूल..

सप्तरी घटनाप्रति राष्ट्रसंघ र अमेरिकाले मुख खोले

काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिको कार्यालय तथा अमेरिकी दूतावासले सप्तरीको राजविराजमा सोमबार तीन जनाको मृत्यु तथा दर्जानौं घाइते भएको घटनापछि गहिरो चिन्ता व्यक्त गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । ‘स्थानीय चुनावको मुखैमा तनाव बढेकोप्रति हामी चिन्तित छौं’, राष्ट्रसंघीय कार्यालयले विज्ञप्तिमा भनेको छ ।..

जनयुद्धकालमा पर्वत जिल्ला सदरमुकाम आक्रमण गर्ने पटक पटक योजना आफूले बनाएको उपराष्ट्रपति पुनद्वारा खुलासा

१० वर्षे जनयुद्धका क्रममा झण्डै आधा दर्जन जिल्ला सदरमुकाम आक्रमण गरेको तात्कालीन नेकपा माओवादीले पटक पटक आक्रमणको प्रयास गरेपनि पर्वत जिल्ला सदरमुकाम आक्रमण गर्ने प्रयास गरेपनि योजना निर्माणमै सीमित रहनुपरेको रहस्य खुलेको छ । उक्त रहस्य तात्कालीन माओवादीको जनमुक्ति सेनाका सहायक कमाण्डर र वर्तमान नेपालका उपराष्ट्रपति नन्दकिशोर पुन..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना