मुख्य समाचार

भारतसँग ९९ रनले पराजित हुदै नेपालले बनायो निक्कै खराब रेकर्ड

महिला एसिया कप क्रिकेटमा नेपाल भारतसँग ९९ रनले पराजित भएको छ । र, सबै खेल हारेर घर फर्किने भएको छ । बैंककमा भारतले प्रस्तुत गरेको १२१ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा २१ रनमै अलआउट भयो । यो नेपालको सबैभन्दा कम स्कोर हो । यसअघि श्रीलंकाविरुद्ध २३ रनमा आउट भएको थियो । सन् २००७ मा एसीसी महिला क्रिकेटको फाइनलमा नेपालले २६ रन बनाएको थियो,..

पाल्पा अनिश्चितकालका लागि बन्द

संविधान संशोधनमार्फत पहाडी जिल्लालाई मधेसबाट अलग गर्न खाजेको विरोधमा पाल्पा अनिश्चितकालिन बन्द भएको छ । संयुक्त युवा, तरुण दल तथा विद्यार्थी आन्दोलन समिति पाल्पाले शुक्रबारदेखि अनिश्चितकालिन पाल्पा बन्दको आह्वान गरेका हुन् । ५ नम्बर प्रदेश टुक्याउने कदमको विरुद्ध बिहीबार पनि  विधार्थी संगठनहरुले पाल्पा बन्द गराएका थिए । माग पूरा..

ऊर्जामन्त्री प्रभाकरको नाममा नक्कली खाता खोलेर करोडौं ठगी !

करोडौं ठगीको आरोपमा महानगरीय अपराध महाशाखाले ईश्वरीप्रसाद पोखरेललाई पक्राउ गरेको छ ।   प्युठान घर भई नवलपरासीको बर्दघाटमा बसाई सरेका उनी पेशाले मोटर पार्ट्स सप्लायर हुन् । तर, विभिन्न देश पठाइदिन्छु भनेर तथा नक्कली खाता खोलेर करोडौं ठगी गरेको पाइएको छ ।   यतिसम्मकी उनले माओवादी नेता एवं वर्तमान ऊर्जामन्त्री जनार्दन शर्मा..

पुस ७ गतेसम्मका लागि लोकमानको मुद्दामा पेसी स्थगित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिलाई लिएर सर्वोच्च अदालतमा बिहीबार चढेको पेसी स्थगित भएको छ।   उनको पक्षबाट बहस गर्ने वकिल वालकृष्ण न्यौपानेले आफू बिरामी भएको भन्दै पेसी स्थगित गर्न निवेदन दिएका थिए। पेसी आगामी पुस ७ गतेलाई सरेको छ। पुस ७ गते भने पेसी स्थगित गर्न पाइने छैन।..

पाँच वर्ष बित्दा पनि अघि बढेन पश्चिम सेती

पश्चिम सेती जलविद्युत् आयोजना निर्माण २० वर्षदेखि चर्चामा छ । पाँच वर्षअघि चिनियाँ कम्पनीसँग समझदारी भए पनि आयोजना निर्माण अझै अन्योलमा छ । यो ७ सय ५० मेगावाटको आयोजना हो । आयोजना निर्माण गर्न ऊर्जा मन्त्रालय र सिडब्लुई इन्भेस्टमेन्ट कर्पोरेसन (चाइना थ्री गर्जेज कर्पोरेसनको सहायक कम्पनी) बीच १७ फागुन ०६८ मा समझदारी भएको थियो । तर, नेपाल..

पेस्कीमा रोक लागेपछि स्थानीय विकास बजेट फ्रिज

उपभोक्ता समितिलाई पेस्की दिन रोक लागेपछि स्थानीयस्तरका विकास निर्माण आयोजना कार्यान्वयनमा बाधा पुगेको छ । स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि–२०६९ ले स्थानीय निकायले सञ्चालन गर्ने विकास निर्माणका साना आयोजना कार्यान्वयन गर्न बनाइने उपभोक्ता समितिलाई पेस्कीस्वरूप प्रदान गरिने रकमलाई निरुत्साहित गरिने उल्लेख..

संघियता नै देशको लागि क्यान्सर: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा दर्ता गरेको संविधान संसोधनकोे विधयक भारतीय विस्तारबादीको इसारामा दर्ता भएको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा बोल्दै केसीले तराइलाई पहाडबाट अलग गर्ने र अन्तत सिकिमीकरण गर्ने उद्देश्यअनुरुप नै भारतले नयाँ सरकारको सेटिङ मिलाएको आरोप लगाए ।..

मधेसी मोर्चामा उपेन्द्रको आलोचना, यथास्थितिमा संशोधन अस्वीकार्य

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको आलोचना भएको छ । संविधान संशोधन विधेयकका बारेमा एकलौटी विज्ञप्ति जारी गरेको भन्दै बैठकमा नेताहरुले यादवको आलोचना गरेका हुन् । संघीय समाजवादी पार्टीका अध्यक्ष यादवले बुधबार विहानै मोर्चाको बैठक शुरु हुनु अगाबै विज्ञप्ति जारी गरेर संशोधन..

स्थानीय निकायको चुनाबी हौवा : कुन संरचनामा गर्ने भन्ने बारे सताधारी पार्टीमै बिमति

सरकारले सोमबार राति व्यबस्थापिका संशाद्मा पेश गरेको संबिधान संशोधन प्रस्ताब रास्ट्रघाती र मुलुक बिखण्डनकारी भएको भन्दै चौतर्फी बिरोध हुन थालेपछि त्यसबाट बच्न पुष्पकमल दाहाल सरकारले चुनाब गर्ने हौवा पिट्न थालेको छ l सर्बत्र बिरोध भएको र व्यबस्थापिका संशद्मा पेश भएको संबिधान संशोधन प्रस्ताब विफल भएमा बर्तमान सरकार नैतिक संकटमा परी..

सञ्चारमन्त्री कार्कीले गरे गणतन्त्र खतरामा  रहेको खुलासा

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेताले दह्रो खुट्टा नटेक्दा गणतन्त्र खतरामा पर्ने अवस्थामा आएको खुलासा गरेका छन्। सिन्धुलीको जरायोटारलाई आज खुला दिसामुक्त गाविस घोषणा गर्दै उनले नेपाली जनताको वर्षौदेखिको बलिदानीपछि प्राप्त उपलब्धिलाई अबका नेताले गुमाउन लागेको आरोप लगाए । महिला, आदिवासी जनजाति, मुस्लिम,..

Exchange Rate

Nepali Patro