मुख्य समाचार

पहिरोमा परेर जन्मदिन मनाइरहेका सहित पोखरामा चार जनाको मृत्यु

पोखराको सराङकोट र हेम्जामा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीस्थित टंकबहादुर थापाको घरमा जन्मोत्सवको रमाइलो गरिरहेका बेला घरमाथीको सडक भत्किँदा आएको पहिरोले घर बगाउँदा एकै घरका १० जना मध्ये ३ जनाको मृत्यु भएको र ७ जना घाइते छन् । उनीहरुलाई स्थानीय र प्रहरीको संक्रियतामा उद्धार गरी..

सुनौलो अक्षरमा लेखिएको बौद्ध धर्मग्रन्थ पांच करोडमा बेच्न खोज्ने छजना पक्राउ

सुनौलो अक्षरमा लेखिएको बौद्ध धर्मग्रन्थ पांच करोडमा बेच्न खोज्ने छजना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा खोटाङका गेहेन्द्रसिंह आत्रय, काभ्रेका जनक गिरी, ओखलढुंगाका सुवासकुमार बस्नेत, हरिबहादुर लामिछाने, काठमाडौंका राजेन्द्रबहादुर जोशी र नुवाकोटका रोशन तामाङ रहेको प्रहरीले जनाएको छ। चन्द्रागिरी नगरपालिकास्थित ढुंगेअड्डामा बुद्ध..

ओलीको नौटङ्की, यान्छीको दौड र प्रचण्डको छप्ल्याङ – खेम थपलिया

ओली–प्रचण्ड प्रालिमा यतिबेला घरवाला र डेरावालाको लुछाचुँडीको रमिता छ । इन्द्रबहादुर राईले उतिबेलै ‘आज रमिता छ’ उपन्यास लेखेका थिए । नेपालमा हिजो आज डबल नेकपाको रमिता चलिरहेछ । यो रमिता भारतीय तेश्रो श्रेणीको कुनै चलचित्रभन्दा कम छैन । त्यही रमितामयी सामाजिक फासिवादी दलाल राजनीतिको राजनीतिको पिरो धुँवाले जनताले आँखासम्म खोल्न सकेका..

उत्पादक र उपभोक्ताबीच बिचौलियाको हाबी : उपभोक्ता ठगिने गरेको निष्कर्ष

खाद्यवस्तु लगायत निर्माण सामाग्रीका उत्पादकदेखि उपभोक्तासम्म अस्वाभाविक रूपमा धेरै बिचौलिया देखिएकाकारण उपभोक्ता ठगिएको एक अध्ययनले देखाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न वस्तुको अध्ययन गरी तयार पारेको निष्कर्षमा यस्तो देखिएको हो। विभागको अध्ययन टोलीले तेल, पानी, औषधि, सिमेन्ट र स्टिलमा अध्ययन गर्दा..

अब उत्तर कोरियाले अमेरिकासँग वार्ता नगर्ने, अमेरिकाको सामना गर्न उत्तर कोरिया तयार रहेको घोषणा

उत्तर कोरियालाई अमेरिकासंग वार्ता गर्न चौतर्फी दबाब परिरहेका बेला उत्तर कोरियाले अब अमेरिकासंग वार्ता गर्न कुनै आवश्यकता नरहेको बताएको छ।  उत्तर कोरियाका उप -विदेशमन्त्री चोए सोन हुईले विज्ञप्ति जारी गरेर अमेरिकासँग पुनः वार्तामा बस्नुको आवश्यकता नभएको बताएका हुन् । कोरियाली समाचार संस्था केसीएनएनका अनुसार विज्ञप्तिमा हुईले..

नक्कली प्रमाणपत्र पेश गरी पोखरा महानगरपालिकामा जागीर खाने तीन न्यूनस्तरका कर्मचारीबिरुद्ध अख्तियारद्वारा मुद्दा दर्ता

पोखरा महानगरपालिकामा कार्यरत तीन जना न्यून  स्तरका  कर्मचारी नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागीर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान  आयोगले मुद्दा दर्ता गरेको छ। विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएका पोखरा महानगरपालिकाका कर्मचारीहरुमा सहायकस्तर चौथो पदमा कार्यरत कर्मचारी यमुना श्रेष्ठ, सोही पदमा कार्यरत..

एआईजी शैलेश थापा क्षेत्री नेपाल प्रहरीको २८ औं महानिरीक्षक नियुक्त

सरकारले नेपाल प्रहरीको २८ औं महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एआईजी क्षेत्रीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । थापालाई महानिरीक्षक बनाउने प्रस्ताव लिएर गृहमन्त्री रामबहादुर थापा बालुवाटार पुगेका थिए ।..

नेपालीभूमिमा निर्माणाधीन हुलाकी सडक निर्माणमा भारतको अवरोध : सरकार मौन

नेपाली भूमिमा कल्भर्ट निर्माण गर्दा भारतीय सिमा सुरक्षा बलको गोली लागि २०७३ साल फागुन २६गते शहिद हुनुभएका  कञ्चनपुरको पुनर्वास–४ का गोविन्द गौतमको क्षेत्रमा फेरी भारतीय पक्षले दादागिरी देखाउन थालेको छ।  पछिल्लोपटक भारतीय पक्षले बेलौरी नगरपालिका–८ पचुईमा हुलाकी राजमार्ग निर्माणमा अवरोध गरेको छ । नेपालले आफ्नो भुमितर्फ नेपाल–भारत..

सशस्त्र प्रहरीद्वारा ड़ा. भट्टराई पुत्री मानुशीको कपाल काट्दै गरेको फोटो भाइरल, सर्वत्र बिरोध

नेपाली राजनीतिक जगतमा बेला बेलामा नेपाली सुरक्षा निकायको पुनर्संरचना गरिनु पर्ने आवाज उठ्ने गर्दछ।   हैन, नेपालको सेना पुलिस विदेशीसंग लड्ने त हैन, त्यसको संख्या घताउनुपर्छ भनेर जोडदार रुपमा आवाज पनि उठ्ने गर्छ। तर ती सुरक्षाकर्मॆलाई भिभीआईपीहरुले दुरुपयोग गरेको भनेर बेला बेलामा समाचारहरु पनि सार्वजनिक हुने गर्दछ।  यसरी नेपाली..

२६ विदेशीलाई नेपाली नागरिकता दिने झापाका तात्कालिन प्रशासकीय अधिकृत आचार्य पक्राउ दुई वडाध्यक्षसहित अन्य तीन कर्मचारी फरार

भारतीय, भुटानी र तिब्बती गरी २६ जनालाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन झापाका तात्कालिन एक प्रशासकीय अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रशासन कार्यालय, झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई जिल्ला प्रहरी कार्यालय, झापा र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले काठमाडौंको गठ्ठाघरबाट..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना