मनोरञ्जन खबर

विल्सन विक्रम बने हिन्दी चलचित्रमा नायक, ढाका टोपी लगाएर अभिनय

पछिल्लो समयका चर्चित हास्यकलाकार  विल्सन विक्रम राईले हिन्दी चलचित्रमा अभिनय गरेका छन् । निर्माण समूहको आग्रहमा नाम सार्वजनिक नगरिएको उक्त चलचित्रमा विल्सनले बलिउड नायिका आयषा टाकियासँग अभिनय गरेका छन् । पर्दामा आयषाको जोडी बनेका विल्सनले हरेक दृष्यमा ढाका टोपी लगाएर अभिनय गरेका छन् । १५ सिनका लागि उक्त चलचित्रमा अनुबन्धित विल्सन..

प्रख्यात हास्यकलाकार राजपाल यादवलाई फेरी जेल सजाय

बलिउडका प्रख्यात हास्यकलाकार राजपाल यादवलाई फेरी जेल सजाय हुने भएको छ । उनलाई दिल्ली उच्च अदालतले १५ जुलाईसम्म तिहाड जेलमा आत्मसर्मपण गर्न आदेश दिएको छ। सन् २०१३ को बाँकी ६ दिनको जेल सजाय पुरा गर्न समेत अदालतले आदेश दिएको छ । सन् २०१० मा यादवले दिल्लीका एक व्यापारीसँग फिल्म बनाउने भन्दै पाँच करोड ऋण लिएका थिए। यादवले ऋण तिर्न नसकेको र..

रेखा थापाले माओवादी छाडिन्, राप्रपा प्रवेशको तयारी

चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्ने भएकी छन् । राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा सोमबार आयोजना गरिएको एक कार्यक्रममार्फत उनी राप्रपा प्रवेश गर्न लागेकी हुन् । उनलाई राप्रपा प्रवेश गराउन चर्चित लोक गायिका कोमल वलीको ठूलो देन रहेको बताइएको छ । लोकगायिका वली पनि राप्रपा र..

बढ्दैछ साहरुख र आमिरको तनाव

चलचित्र रिलिजको तयारीमा रहेका बलिउडका २ सुपरस्टार साहरुख खान र आमिर खान अहिले तनाबमा छन् । ठूला बजेटमा चलचित्र बनाएका यी कलाकार आफ्नो प्रोजेक्ट रिलिजको बेला कुनै समुहले लफडा गरिदिने पो हो कि भन्ने चिन्तामा छन् । साहरुख खान अभिनित ‘रईस’ को ट्रेलर रिलिज भए लगत्तै सामाजिक सञ्जालमा टे्रलरको तारिफ गर्नेहरु बढेका छन् । ‘रइस’मा पाकिस्तानी..

दीपिकाले १३ करोड लिएपछि कंगनाले बढाइन् पारिश्रमिक

बलिउडमा नायिकाहरुको बक्स अफिसमा मात्र लडाई हुँदैन, पारिश्रमिकलाई लिएर पनि ठूलै लफडा हुने गरेको छ । एक नायिकाले पारिश्रमिक बढाएपछि अर्की नायिका चुप बस्न सक्दैनन् । बलिउडमा अहिले नायिका दीपिका पादुकोण र कंगना रनावतविच, को नम्बर १ भन्ने लडाई नै छ । बक्स अफिसमा दुबै सफल छन् । चलचित्र ‘पद्यमावती’का लागि नायिका दीपिका पादुकोणले १३ करोड..

मेरो बिहेको वारेमा आमाले चिन्ता गर्नु हुन्नः प्रियंका

हलिउडदेखि बलिउडसम्म प्रभाव पार्न सफल नायिका प्रियंका चोपडा चाँडै भारत जाने तयारीमा छिन् । केही भारतीय समाचार संस्थाले उल्लेख गरे अनुसार प्रियंका अब केहि बलिउड प्रोजेक्टमा काम गर्न चाहन्छिन् । त्यसो त उनले एक अन्तरवार्ताको क्रममा केहि ब्यक्तिगत कुरा समेत गरेकि छिन् । विवाहको प्रसंगमा आफ्नी आमाले कहिल्यै चिन्ता नगरेको उनको भनाई थियो ।..

हास्यकलाकार आरपी भट्टराई ‘लाजालाम’ को निधन

नेपाली कलाकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय कलाकार आरपी भट्टराइको निधन भएको छ । ४ दिन अगाडि उनी काठमाडौंबाट आफ्नो घर विराटनगर गएका थिए । बिहीबार बेलुकी फूपूको घरमा गएका आरपी बिहान मृत अवस्थामा भेटिएका थिए । हाँस्य कलाकार दीपकराज गिरीले अनलाइनखबरसँग खबरको पुष्टी गर्दै भने-‘मलाई बिहान ८ बजे फोन आयो । बेलुकी खाना खाएर  सुतेका आरपी..

पुषको पहिलो हप्ता दोश्रो पटक आमा बन्दै निर्मली

टेलिसिरियल "मेरी बास्सै"मा पहिलो निर्मली र पछि ठ्यास कुमारीको भूमिका निभाएर  सबैको मन जितेकी हाँस्य अभिनेत्री निरु खड्का दोस्रो पटक आमा बन्ने तयारीमा छिन् । उनी पुषको पहिलो साता दोस्रो पटक आमा बन्न लागेको जानकारी फर्सी नेटवर्कलाई स्वयम निरुले दिएकी छिन् । पछिल्लो समय मेरी बास्सै बन्द भएपछि उनी म्युजिक भिडियो र स्टेज कार्यक्रमहरुमा..

आर्यनकी पत्नीले भनिन् ,सन्तानको बारेमा धेरै सोचेका छौँ

चक्लेटी अभिनेता आर्यन सिग्देल विवाह बन्धनमा बाँधिएको दुई बर्ष भईसकेको छ । कोही पनि कुनै पनि क्षेत्रमा सेटल भएर विवाह गर्यो भने उसको सन्तानको बारेमा धेरैलाई चासो हुन्छ । त्यसमाथि पनि सेलिब्रेटीको प्रेम, विवाह र सन्तानको बारेमा सबैलाई जान्न मन लाग्छ । यहि मेसोमा विवाहित आर्यन अब पिता कहिले हुने भन्ने कुरा धेरैको चासोको विषय बनेको छ । यहि..

शोबाट फर्कदै गर्दा पाकिस्तानी कलाकारको गोली हानी हत्या

पाकिस्तानकी प्रसिद्ध थिएटर अभिनेत्री किस्मत बेगको गोली हानी हत्या गरिएको छ । प्रहरीले दिएको जानकारी अनुसार अज्ञात समुहले उनको पेट, हातलगायत शरीरका विभिन्न स्थानमा ११ गोली हानेर भागेका थिए । प्रहरीले उनलाई मन पराउने कुनै ब्यक्तिले हत्या गरेको अनुमान गरेको छ । घटना भएको रात किस्मत एउटा शोमा सहभागी भएर घर फर्किदै थिइन् । उनी कारमा थिइन्..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना