पत्रपत्रिका

भारतीय दूतावासभित्रै भीआइपी पत्रकारहरूलाई रक्सीसहितको रात्रिभोज (नामसहित)

काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासले नेपालका ठूला मिडिया हाउस र भीभीआइपीहरूलाई रात्रिभोज दिएर प्रभावित बनाउन खोजेको छ । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले असार २५ गते बुधबार राति लैनचौरस्थित राजदूतावासभित्र मदिरासहितको रात्रिभोज दिएका हुन् । रात्रिभोजमा सिंगलमार्ट ह्वीस्की, डबल ब्ल्याक लेबल, जंगली बँदेलको मासु,..

नेपाल रेडक्रस सोसाइटीमा व्यापक अनियमितता, कार्यसमिति भंग गर्न सिफारिस

नेपाल रेडक्रस सोसाइटीमा व्यापक अनियमितता भएको पाइएको छ । समाजकल्याण परिषद्द्वारा नेपाल रेडक्रसमा भए गरेका अनियमितता बारे छानबिन गर्न गठित समितिले नेपाल रेडक्रसमा व्यापक अनियमितता  हुने गरेको तथ्यहरु फेला पारेको हो । रेडक्रसमा ब्यापक अनियमितता भएको निष्कर्षमा पुगेको छानबिन समितिले  वर्तमान कार्यसमिति विघटन गर्न सिफारिससमेत गरेको..

मधेश आन्दोलनका शहीदका नामको भैंसी मधेशी नेताले बुझे, शहीद परिवारले भैंसी पाएनन्

मधेश आन्दोलन चलेको बेला जनतालाई उक्साउन 'शहीद भए ५० लाख रुपिया रकम दिने' घोषणा गरेका मधेशवादी दलहरू अहिले प्रदेश नम्बर २ मा दुई-तिहाईको सरकार बनाएका छन् । तर सोही आन्दोलनका क्रममा शहीद र घाइते भएका सर्वसाधारण पिडित तथा आफन्तहरुले क्षतिपुर्ति र उपचार खर्च माग्दा उनीहरुले "घरबारी र खेत बेचेर काम चलाउन भन्ने गरेका छन् । त्यति मात्र हैन, अहिले..

आठ लाख पार्टी सदस्य भएको नेकपामा पार्टी सदस्यको कुनै मूल्यांकन छैन, आवाज छैन, भावना छैन, काम छैन : घनश्याम भुसाल

दुई कम्युनिस्ट पार्टी मिलेर नेकपा बनेको १३ महिना बितिसक्यो । तर, यसले आफ्नो एकता–प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन । किन होला ? कुरा प्रतिवेदनको मात्रै होइन, प्रतिवेदन त एउटा कुरा हो । एकतापछि हामीले झेलिरहेको समस्या के हो भने पार्टी कसरी चल्छ ? विधिभित्र व्यक्ति वा नेता रहन्छ कि नेताको मातहत विधि रहन्छ ? अहिलेको मुख्य अन्तरविरोध यही हो ।..

प्रधानमन्त्री कसको ? पार्टीको कुरा सुन्दैनन, मन्त्रीले भेट्न पाउँदैनन्

इतिहासकै ठूलो पार्टीको भूमिका सरकार सञ्चालनमा शून्य छ । पार्टी दर्ता भएपछि केन्द्रीय समितिको बैठक एकपटक पनि बसेको छैन । स्थायी समितिको बैठक १३ महिनामा जम्मा २ पटक मात्र बसेको छ । संसद्मा आउने विधेयक, बजेट कार्यक्रमजस्ता विषयमा सत्तारुढ पार्टीभित्र पर्याप्त छलफल होला भन्ने धेरैलाई लाग्छ । तर, नेकपामा त्यस्तो हुँदैन । नयाँ पत्रिकाका..

रोल्पामा शिक्षिकाको निर्मम कुटाइबाट १४ बिद्यार्थी सख्त घाइते

रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकी हुन् । घाइते हुनेमा कक्षा १ मा पढ्नेदेखि ८ कक्षासम्म पढ्ने..

चिनियाँ रक्षा मन्त्रीले खुल्लमखुल्ला अमेरिकालाई दिए यस्तो चेतावनी

चिनियाँ रक्षामन्त्री वेई फेन्घे (Wei Fenghe) ले सिंगापुरमा एक कार्यक्रमलाई संबोधन गर्दै ताईवान र साउथ चाईना सी सम्बन्धी विवादमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएका छन् । अमेरिका र चीनबीच युद्द भए विश्वभरि बिपत्ति आइलाग्ने भन्दै उनले यसबारे सतर्क रहन अमेरिकालाई सम्झाएका छन् । ताईवानमा अमेरिकाको क्रियाकलाप क्षेत्रिय अस्थिरता..

हिन्दु परम्परा अनुसार संस्कार नगरेको भन्दै कविरापन्थी धर्म मान्ने यादव परिवारलाई सामाजिक वहिष्कार, गाउँबाटै बिस्थापित

  हिन्दु परम्परा अनुसार १३ दिने काजकिरियाको संस्कार नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि कविरापन्थी धर्म मान्ने बाराको एक परिवार गाउँ छोड्न बाध्य भएको छ। कविरापन्थी धर्म मान्ने बाराको सुवर्ण गाउँपालिका ६ धरमपुर गाउँका ६१ वर्षीया अनुठा यादवको वैशाख १५  गते हृदयघातका कारण उपचारका क्रममा कलैया अस्पतालमा निधन भएको थियो। ६१..

बुढीगण्डकी जलविद्युत् आयोजनामा कमिसनको खेल : क्षमता घटाउने प्रयासमा प्रम ओली !

कमिसनको खेलमा राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाको क्षमता घटाउने प्रयास भइरहेको छ । जलमाफियाहरूको योजनाअनुसार प्रधानमन्त्री कार्यालयले १२ सय मेगावाटको आयोजनालाई आठ सय मेगावाटमा खुम्च्याउन छलफल थालेको छ । क्षमता घटाएर चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनी ९सिजिजिसी०लाई आयोजना सुम्पिने प्रधानमन्त्री केपी ओलीको..

ललितानिवास प्रकरण : सरकारी जग्गामा मोही कायम गर्ने अदालतको विवादास्पद फैसला

काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासले चर्चेको २८ रोपनी जग्गाको हकदार सरकार नभएको विवास्पद फैसला सुनाएको पाइएको छ । अधिवक्ता दीपकराज जोशीले सरकारी जग्गामा मोही कायम गर्ने मालपोत कार्यालय डिल्लीबजारको निर्णय खारेजीको मागसहित २०७२ पुस २६ गते काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए । रिटको सुनुवाइ..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित एभिन्यू अपार्टमेन्टमा.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत.....

Exchange Rate

Nepali Patro