राजधानीबाट प्रकाशित

राजदूत छान्न दिल्लीमा चर्को विवाद

दक्षिण एसियामा भारतले पाकिस्तानपछि सबैभन्दा निगरानी गरेको देश हो नेपाल । त्यसैगरी दक्षिण एसियामा भारतले सबैभन्दा धेरै आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको देशमा नेपाल पहिलो नम्बरमा पर्छ । आजको साँघु साप्ताहिकमा खबर छ । यति महत्वको मुलुकमा आफ्नो गुटका मानिसलाई राजदूत बनाउन सत्तारुढ भाजपाका सबै गुटका नेताहरु भिडेर लागेको बुझिएको छ..

के हो राउत – ठाकुर कनेक्सन ?

स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउत जनकपुरधामबाट पछिल्लो समय पक्राउ परेपछि अहिले प्रहरी हिरासतमै बस्दै आएका छन् । अर्कातर्फ संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाले पनि राउतको रिहाइको माग गर्दै आएको छ । देश टुक्रयाउने माग राखेका कारण उनलाई प्रहरीले पक्राउ गरेको हो । यो खबर आजको नेपाल समाचारपत्रमा छ । प्राप्त तथ्यअनुसार पहिलो..

कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड सुनाइयो : जेलमा ६१ नेपाली

कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका तारामान केसी र निमा शेर्पालाई त्यहाँको तल्लो अदालतले हालै मृत्युदण्डको सजाय सुनाएको हो । उनीहरू सुलेबियास्थित केन्द्रीय कारागारमा छन् । यो खबर आजको..

पत्रपत्रिकाको पहिलो पानाबाट: ‘अब राजासहितको लोकतन्त्र’

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता अधिवेशनसँग सम्बन्धित समाचारले शनिबार प्रकाशित अधिकांश दैनिक पत्रपत्रिकाको फ्रन्टपेजमा स्थान पाएको छ । कान्ति लोकपथ निर्माणको काम ६० वर्षमा १५ प्रतिशत मात्रै भएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले राजधनीमा दिउँसै व्यापारी अपहरणमा परेको समाचारलाई फ्रन्टपेजमा छापेको छ । त्यस्तै,..

पत्रपत्रिकाको मुख्य पानामा : मधेश नफेरेसम्म नेपालमा लोकतन्त्र कमजोर हुने भारतीय कुटनीतिज्ञको चेतावनी

शुक्रबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुका भारतीय कुटनीतिकज्ञहरुले ‘मधेश नफेरेसम्म नेपालमा लोकतान्त्र कमजोर हुने’ चेतावनी दिएकोदेखि पाँच दिनभित्र स्थानीय निर्वाचनको मिति घोषणा हुनेसम्मका समाचारले फ्रन्टपेजमा स्थान पाएका छन् । जनकपुर आएर भारतीय कुटनीतिज्ञले ‘मधेश नफेरेसम्म नेपालमा लोकतान्त्र कमजोर हुने’ चेतावनी..

चुनाव मिति घोषणा गर्ने तयारी : मोर्चा नमाने पनि जेठमा चुनाव

स्थानीय तहको निर्वाचन मिति ८ फागुनमा घोषणा गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिति घोषणाबारे प्रमुख तीन दलका शीर्ष नेताहरूलाई जानकारी गराएका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ । बालुवाटारमा मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच..

दाजुभाईले मोर्चा सम्हाले दुईतिर

प्रहरी प्रमुख नियुक्तिमा सरकारले झमेलापूर्ण निर्णय गरेको लाभचाहिँ कालाकोटेले राम्रैसँग लिने भएछन् । अरु त अचम्म भएन तर एउटै ल फर्म र एउटै आमाका सन्तानसमेत पक्ष विपक्षमा बाँडिएर बहस गर्ने तयारीचाहिँ रोमान्चक नै देखिन्छ । जनआस्था साप्ताहिकमा खबर छ– संविधानविद् डा. भिमार्जुन आचार्य र भाई सुवासले जयबहादुर चन्दको पक्षबाट तर्क वितर्क..

मुद्दाहरू जथाभावी फिर्ता लिएर ‘फौजदारी न्यायप्रणालीमा राजनीतीकरण गर्न हुँदैन : सर्वोच्च

सर्वोच्च अदालतले गम्भीर प्रकृतिका फौजदारी मुद्दाहरू जथाभावी फिर्ता लिएर ‘फौजदारी न्यायप्रणालीमा राजनीतीकरण गर्न नहुने’ मान्यता स्थापित गरेको छ । द्वन्द्वकालीन राजनीतिक प्रतिशोधका मुद्दाका नाममा धमाधम गम्भीर प्रकृतिका फौजदारी मुद्दाहरू फिर्ता लिने सरकारको निर्णयलाई गलत ठहर्‍याउँदै सर्वोच्चले ३९ वटा मुद्दा फिर्ता लिने सरकारी..

न्यून गुणस्तरको दूध उत्पादन गरेको आरोपमा डिडिसीविरुद्ध मुद्दा

खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले न्यूनस्तरको दूध उत्पादन गरेको भन्दै दुग्ध विकास संस्थान (डिडिसी) विरुद्ध मुद्दा दायर गरेको छ । विभागले दुई फरक मितिमा डिडिसीले उत्पादन गरेको दूधको नमूना परीक्षण गर्दा गुणस्तर न्यून पाएको हो । विभागले दूधको नमूना परीक्षणपछि माघ १९ गते डिडिसी विरुद्ध मुद्दा दायर गर्न आग्रह गर्दै जिल्ला प्रशासन..

स्ववियु निर्वाचन अधिकारीको अपहरण

त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु चुनावको मिति नजिकिँदै गर्दा आगजनी र अपहरणलगायतका घटना बढ्न थालेको छ । स्ववियु चुनावको विरोधमा रहेको विप्लव माओवादीनिकट अखिल क्रान्तिकारीले सोमबार त्रिवि शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको गाडीमा आगजनी गरेका थिए भने मंगलबार निर्वाचन कमिटीका पदाधिकारीलाई अपहरण गरेका छन् । यो खबर आजको..

Exchange Rate

Nepali Patro