राजधानीबाट प्रकाशित

शक्तिकेन्द्रको साथमा सुन तस्कर हुने गरेको खुलासा

सुन पसलकै मालिकहरुले शक्तिकेन्द्रको दुरुपयोग गरी सुन तस्करी गरेको खुलेको खबर आजका पत्रपत्रिकामा छापिएको छ । प्रशासनिक तथा राजनीतिक शक्तिकेन्द्रको दुरुपयोग गरी उनीहरुले सुन तस्करी गरेको प्रहरीले दाबी गरेको यो खबर आजको राजधानीमा छ । झन्डै डेढ महिनाअघि राजधानीबाट पक्राउ परेको ३३ किलो सुन तस्करीमा राजधानीका दुई नाम चलेका सुन पसलको..

पश्चिम सेती चिनियाँ ढिलाइमा सरकार असन्तुष्ट

बहुउद्देश्यीय पश्चिम सेती (७५० मेगावाट) आयोजना निर्माण सुरु गर्न चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआईसी) ले गरेको ढिलाइप्रति सरकारले गम्भीर चासो राख्दै आयोजना देशकै रणनीतिक महत्ववको भएकाले धेरै नकुर्ने जनाएको छ ।राज्यले प्रसारण लाइन र आयोजनाबाट उत्पादित बिजुली खपतको ग्यारेन्टी गरिसक्दा पनि चिनियाँ कम्पनी सीटीजीआईसीले..

प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ढुंगेलले भेटे प्रधानमन्त्री

सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय पाएका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरेका छन् । आइतबार बालुबाटारमा उनले प्रधानमन्त्री सहित नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यसँग सामूहिक भेट गरी जन्मकैदको फैसला माफी..

बढुवा सुरुसँगै सशस्त्रमा चर्को विवाद : आकांक्षीहरु शक्तिकेन्द्र धाउन थाले

सशस्त्र प्रहरी बलमा विवादास्पद सशस्त्र प्रहरी नियमावली २०७२ लाई लिएर भएको विवादले अहिले चर्को रुप लिएको खबर आजको राजधानीमा छ । पहिल्लो समयमा गृह मन्त्रालयले तीन अतिरिक्त महानिरीक्षक (एआईजी) र ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) का लागि बढुवा पक्रिया थालेपछि सशस्त्र प्रहरी बलभित्रको विवाद सतहमा देखिएको हो । संगठनभित्र कुनै छलफल नै नगरी..

मापदण्ड मिचेर पाँचतारे होटेल : ‘हचुवामा’ नक्सापास

जगदम्बा हस्पिटालिटीको नक्सालमा निर्माणाधीन डबल ट्री हिल्टन होटेलको नक्सापास काठमाडौं महानगरपालिकाले हचुवाको भरमा गरेको खुलेको छ । नक्सापासअघि फिल्डमा गई स्थानीयको रोहवरमा स्वीकृति र होटेल स्थापना गर्दा हुन सक्ने क्षतिको आँकलनसमेत नगरी महानगरपालिकाले १७ जेठमै नक्सापास गरेको पाइएको छ । अख्तियारसँगै संसद्को अनुगमन तथा सुशासन..

संशोधन विधेयक थन्कियो : कर्मचारीको उमेरहद ६० वर्ष बनाउने विषय अन्योलमा

निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउने गरी तयार पारिएको निजामती सेवा ऐनको पाँचौँ संशोधन विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थन्किएको छ । सामान्य प्रशासन मन्त्रालयले तयार पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको विधेयक थन्किएपछि अब तत्काल निजामती कर्मचारीको उमेर हद ६० वर्ष नहुने भएको छ । आजको..

‘नेपाली अदालत राजनीतिक दबाबबाट प्रताडित’

संयुक्त राज्य अमेरिकाले नेपालका अदालतहरू राजनीतिक दबाब, घुसखोरी तथा करकापबाट प्रताडित भइरहेको भन्दै चिन्ता जनाएको छ । नेपालको सर्वोच्च अदालतलाई नेपालका कानुनहरूको वैधानिकतामाथि समीक्षा गर्ने अधिकार भए पनि सर्वोच्चका फैसलाहरूको सरकारी अधिकारीले निरन्तर सम्मान तथा कार्यान्वयन नगरेको पाइएको अमेरिकाले जनाएको छ । अमेरिकी विदेश..

रसुवागढी नाका : वारि त्रिपाल, पारि महल

रसुवागढी–केरुङ नाकाको मितेरीपुलबाट पारितर्फ चीनको विशाल अध्यागमन कार्यालयको रौनकता र वारितर्फ नेपालमा टिनको छानोमा नेपाल प्रहरी र त्रिपालमा रहेको सशस्त्र प्रहरी बलको कार्यालयले नेपालको अस्तव्यस्तताको प्रतिविम्ब झल्कन्छ । गत वर्ष वैशाख १२ मा गएको भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनतर्फको एक मात्रै..

जापानी नोटलाई नेपाली बोट : यसबाटै बन्छ ‘येन’

जापानी नोट येन बनाउन नेपालमा पाइने अर्गेली नामको बिरुवाको बोक्रा प्रयोग हुने गरेको छ । सुन्दा अचम्म लागेपनि यही बिरुवाको बोक्रा बेचेर किसानहरुले लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । अर्को आशालाग्दो तथ्यांक भेटिएको छ । त्यो हो नेपालबाट आर्थिक बर्ष २०७२,७३ मा ६० हजार किलो अर्गेलीको बोक्रा जापान निर्यात भएको छ । जसको मूल्य ३ करोड ५५ लाख..

१० जिल्लामा १९ स्थानीय तह थप्ने तयारी : खोटाङ र नुवाकोटको विवाद मन्त्रिपरिषदमा

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्न बनेको मन्त्रीस्तरीय कार्यदलले २, ४ र ७ नम्बर प्रदेशका १० जिल्लामा १९ वटा स्थानीय तह थप गर्ने प्रारम्भिक मस्यौदा तयार गरेको छ । प्रदेश नम्बर २ का आठ जिल्ला तथा प्रदेश नम्बर ४ र ७ का एक–एक जिल्लामा स्थानीय तह थप गर्र्ने तयारी कार्यदलले गरेको हो । आजको नयाँ पत्रिकामा खबर छ । स्थानीय तह..

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro