राजधानीबाट प्रकाशित

सशस्त्रमा सिपाही–हवल्दारको रासनभत्ता हाकिमको खल्तीमा, दुई डिएसपीलाई कारवाही

रासनबापत नगद नै दिन थालेपछि पनि सशस्त्र प्रहरीमा रासनमा हुने अनियमितता रोकिएको छैन । सिपाही–हवल्दारलाई लामो समय बिदामा पठाएर रासनभत्ता हाकिमले लिने गरेको सशस्त्र प्रहरी मुख्यालयको छानबिनमा खुलेको छ । सशस्त्र प्रहरी ‘रिजर्भ फोर्स’ भएकाले दैनिक ड्युटीमा खटिनुपर्दैन । यही कारण कार्यालय प्रमुखले धेरै प्रहरीलाई एकैपटक बिदा दिने..

कर्णालीका जनता भोकै, जनप्रतिनिधिको तलब ८७ प्रतिशत वृद्धि

कर्णालीका जनता खाने अन्न नपाएर भोकभोकै बस्न वाध्य छन । तराई-मधेशका जनता न्यानो लुगा नपाएर जाडोले कठ्याङ्ग्रिदै मर्ने गरेका छन् । किसानहरु मलखाद समयमा नपाउँदा त्यत्तिकै खेती लगाउन मजबुर छन् । भुकम गएको चार वर्ष बितिसक्दा पनि पिडितहरु नाङ्गो आकाशमुनि मरेतुल्य भएर बाँचिरहेका छन् । संघीयताका नाममा व्याप्त भ्रस्टाचार, अन्याय, अत्याचार,..

निर्मला पन्त हत्या काण्डमा प्रमाण नष्ट गर्ने र निर्दाेषलाई यातना दिने आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन निर्देशन

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन निर्देशन दिएका छन् । उनीहरुलाई अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दाेष व्यक्तिलाई पक्राउ गरेर यातना दिएको आरोप लगाइएको छ । एआइजी धिरू बस्न्यात नेतृत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा मुद्दा..

दलित-दलितभित्रै विभेद : पानी छोइने भन्दै बिक र दमाईका छुट्टाछुट्टै इनार

कैलालीको गोदावरी नगरपालिका–१२, ओलानीको बांगेसाल बस्तीमा दलित परिवारका डेढ दर्जन घर छन् । ती मध्ये आधा दर्जन जति दमाईका घर हुन्  भने बाँकी विश्वकर्माका । तर बस्तीका विश्वकर्मा र दमाईं जातिले एक–अर्काले छोएको पानी नचल्ने भन्दै खानेपानीका लागि वर्षौंदेखि फरक–फरक इनार प्रयोग गर्दै आएका छन् । दमाईंले विकको इनार र विकले दमाईंको इनारमा..

प्रधानमन्त्रीका सल्लाहकारको दबाबमा विना टेन्डर हुवावेलाई ठेक्का

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र अवैतनिक सूचना प्रविधि सल्लाहकार अस्गर अलीको मिलेमतो र दबाबमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ निर्माण गर्ने ठेक्का बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनी हुवावेलाई दिएको छ। सार्वजनिक खरिद ऐन र नियमविपरीत..

विवादित दूरसञ्चार प्राधिकरणका अध्यक्ष झालाई हटाउन माग गर्ने “कुखुराको चल्ला”

नेकपा संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ४३ नेतालाई 'कुखुराको चल्ला'को संज्ञा दिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई हटाउन माग गर्दै हस्ताक्षर बुझाउने नेतालाई उनले चल्लाको संज्ञा दिएका हुन्। ‘एउटा चल्लोले भुइँमा ठुगेपछि सबै चल्ला उसको पछि दौडिन्छन्’, प्रधानमन्त्री ओलीले भने, ‘दिगम्बर..

मुलुकको अर्थतन्त्र झन् नाजुक : संघीयता कार्यान्वयनमा थप चुनौती

सरकारी खर्च प्रणालीमा सुधार हुन नसक्दा मुलुकको अर्थतन्त्र झन् नाजुक बन्दै गएको छ भने यसले वित्तीय संघीयताको कार्यान्वयनमा थप चुनौती थपिएको छ । तीनै तहको निर्वाचन सम्पन्न गरेर चालू आर्थिक वर्षलाई समृद्धिको आधार वर्ष बनाउने घोषणा गरेको सरकारले विकास निर्माणका कामलाई प्राथमिकता नदिँदा विकास खर्च कमजोर देखिएको हो । महालेखा नियन्त्रकको..

सत्तारुढ नेकपा नेतृत्वमाथि वामदेवका ६ प्रश्न : गुटबन्दी किन ?

नेकपा स्थायी कमिटी सदस्य वामदेव गौतमले नेतृत्वकै कारण पार्टीमा गुटबन्दी बढ्दै गएको आरोप लगाएका छन्। अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा फरक मत राख्दै गौतमले पार्टी नेतृत्वमाथि गुटबन्दी गरेको तथा एकताको भावनाविपरीत काम गरेर पार्टीको छवि धुमिल बनाएको आरोप लगाएका..

जातीय उत्पीडन : दलित समुदायभित्रै छुवाछूत

सिरहा : धनगढीमाई नगरपालिका–११ नैनपुरकी उमीदेवी दास (तत्मा)ले छोरीको विवाहमा इष्टमित्रलाई भोज खुवाउने सोच बनाएकी थिइन्। तर, छिमेकी राम समुदाय सँगै भोज खान तयार नहुँदा उनी खिन्न भएकी छन्। ‘छिमेकीले नै छुवाछूत गर्दा दुःख लाग्यो’, उनले भनिन्, ‘बाहिरबाट खाना बनाउने मान्छे ल्याएका थियौं। तैपनि, राम समुदायले भोजमा छोइन्छ भनेर सँगै खान..

नेपाली सेनामा विभेद : पहुँचवालाले नियम तोडे अवसर, सानालाई सिधै बर्खास्ती

नेपाली सेनामा कार्यसम्पादन सरुवा, बढुवासम्ममा ठूला र पहुँच भएकालाई काखी च्याप्ने तर तल्लो दर्जा र पहुँच नभएकालाई पाखा लगाउने गरेको पाइएको छ । तल्लो दर्जा र पहुँच नभएकाले गल्ती गर्नासाथ कारबाहीको भागीदार बन्नुपरे पनि पहुँचवालले नियमविपरीत काम गर्दा पनि कारबाही नहुने गरेको स्थिती सेनाभित्र रहेको हो । नेपाली सेनाले केही दिनअघिमात्र..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro