राजधानीबाट प्रकाशित

मधेसको ‘सुक्ष्म अन्वेषण’ गर्दै नेपाली सेना, प्रधानसेनापति क्षत्री धनुषामा

सप्तरी घटनापछि पहिलो पटक प्रधानसेनापति राजेन्द्र क्षत्री सर्लाही, सप्तरी र धनुषामा रहेका गणको निरीक्षण भ्रमणमा निस्किएका छन्।सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार आईतबार प्रधानसेनापति क्षत्रीले सर्लाही जिल्लामा रहेको रणशेर गण, सप्तरी जिल्लाको एक नम्बर वन तथा पर्यावरण गणको अमाह पोष्ट र धनुषा जिल्लाको गोरखनाथ गणको निरीक्षण भ्रमण..

पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्स : मानिसमा सर्ने खतरा

पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण भएको पाइएको छ । केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले यस्तो देखाएको हो । -३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण देखिएको थियो । विश्वविद्यालयले पहिलो समूहमा १२, दोस्रोमा ११..

चैत ३ भित्रै स्थानीय तहमा कर्मचारी पठाउन सरकारलाई निर्देशन

निर्वाचन आयोगले ७ वटै ४४ स्थानीय तहमा चैत ३ भित्र कार्यस्थलमै पुग्ने गरी तत्काल कर्मचारी खटाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले वैसाख ३१ मा हुने चुनावका लागि स्थानीय तहमा अनिवार्य रूपमा कर्मचारी आवश्यक पर्ने उल्लेख गर्दै चैत ३ भित्र कार्यस्थलमा पुग्ने गरी कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको खबर आजको कान्तिपुरमा छ । ७ सय ४४..

सेनाद्वारा माओवादीविरुद्ध उजुरी, हराएका आठ सैनिक खोजिदिन आग्रह

सैनिक मुख्यालयले आफ्ना ८ जना सैनिकहरू माओवादीले बेपत्ता पारेको उल्लेख गर्दै उनीहरूको अवस्था पत्ता लगाउन माग गर्दै बेपत्ता आयोगमा उजुरी गरेको पाइएको छ। आयोग स्रोतले दिएको जानकारीअनुसार माओवादीबाट बेपत्ता पारिएका भनिएकाहरूमा मुसेपानी वडा नं ७ डडेलधुराका मानबहादुर साउद तथा पञ्चमूल स्याङ्जाका पदमप्रसाद तिवारीलगायतको अवस्था पत्ता..

चार सय अधिकृत तत्काल अभाव

सरकारले नयाँ संचरनाअनुसार स्थानीय चुनाव गर्ने निर्णय गरेसँगै देशभरका गाउँपालिकाका लागि ४ सय शाखा अधिकृतको तत्काल अभाव देखिएको छ । सरकारले ७ सय ४४ स्थानीय तह बनाउने निर्णय गरेसँगै देशभरका गाउँपालिकामा पनि शाखा अधिकृत स्तरको कर्मचारीलाई कार्यकारी अधिकृत बनाएर पठाउनुपर्ने भएकाले एकैपटक धेरै संख्यामा कर्मचारी अभाव भएको हो । सरकारले..

दुगड ग्रुप ठगी प्रकरण मिलेमतोमा उन्मुक्ति,अदालतले कानुनविपरीत गुपचुप रिहा गरेको खुलासा

भूकम्प र नाकाबन्दीको मौका छोपी खाने तेलमा कालोबजारी र ठगी गरेका केएल दुगड ग्रुपका सञ्चालक र कर्मचारीलाई जिल्ला अदालत काठमाडौंंले प्रभावमा परेर गुपचुपमै धरौटीमा रिहा गरिदिएको तथ्य खुलेको छ । नाकाबन्दीका बेला काठमाडौंंलगायतका गोदाम र बिक्री केन्द्रबाट प्रचलित बजार मूल्यभन्दा प्रतिलिटरमै १ सय १९ प्रतिशतसम्म बढी रकम असुली तेल बिक्री..

झारफुकमा भर पर्दा ज्यान गयो

जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दा बिरामीको उपचारमा अझै पनि धामीझाँक्रीको भर पर्ने गरेका छन् । धामीझाँक्रीको झारफुकमा विश्वास गर्दा बिरामीले अकालमै ज्यान गुमाउनु परेको छ । पेट दुखेर सिकिस्त बिरामी भएकी आङ्ना ३ की आठ वर्षीया एक बालिकाको उपचारमा धामीको भर पर्दा मृत्यु भएको छ । बलबहादुर तामाङ र सरिता तामाङकी जेठी छोरी अञ्जुको उपचारमा..

स्थानीय तहमा संवैधानिक प्रश्न : मन्त्री जोशीले हस्ताक्षर गरेनन्

स्थानीय तहको सिमाना र संख्या निर्धारण गर्ने आयोग र त्यसलाई फेरबदल गर्ने सरकारी निर्णयमाथि संवैधानिक प्रश्न उठेको छ । आयोगले अपूरो प्रतिवेदन दिन नमिल्ने र सरकारले त्यसलाई फेरबदल गर्न नसक्ने संवैधानिक प्रावधान भएको कानुनविद्हरूको भनाइ छ । – -संविधानको धारा २९५ को उपधारा ३ अनुसार स्थानीय तह पुनर्संरचना आयोग गठन भएको हो । सो धारामा..

कर्णालीको नाममा दर्जन परियोजना, उपलब्धि शून्य

विभिन्न दातृ निकायको सहयोगमा सरकारले सञ्चालनमा ल्याएको कर्णाली र दुर्गम क्षेत्र केन्द्रित कार्यक्रमको उपलब्धि अपेक्षाकृत देखिएको छैन । कारोबार दैनिकले कर्णालीका नाममा दर्जन परियोजना, उपलब्धि शून्यलाई मुख्य समाचार बनाएको छ । पाइलटको भत्ता बढाउने प्रस्ताव अर्थबाट फिर्तालाई पनि कारोबारले उल्लेख गरेको छ । पश्चिम सेतीमा फेरि अलमल..

गोलीले मलेठ गाउँ स्तब्ध, मारिने तीनैजना राजनीतिबाट टाढा

सप्तरी घटनाका मृतक मृतक तीनैजनाको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छ । अन्त्येष्टि कहिले हुने हो थाहा छैन, नभएसम्म घरमा चुलो बल्दैन । र, मृतकह तीनै जना राजनीतिबाट टाढा थिए । -स्थानीय पसले सञ्जन मेहताको बिहे नौ महिनाअघि मात्रै भएको थियो । बेहोस भएकी श्रीमतीको राजविराज अस्पतालमा उपचार भइरहेको छ, दाजुलाई हृदयाघात..

Exchange Rate

Nepali Patro