राजधानीबाट प्रकाशित

सरकारले सहुलियतमा दिएको करोडौंको इन्धन भारत तस्करी

भारतीय सीमा नजिकै पर्ने पर्साको धोबीनीमा रहेको इश्लाम आयल पेट्रोल पम्पले चैतको पहिलो सातामा १२ हजार लिटर डिजेल बेचेको छ। त्यही पेट्रोल पम्पले अघिल्लो वर्षको चैतको पहिलो सातामा भने ६ हजार लिटर डिजेल मात्रै बेचेको थियो। भारतीय सीमासँगै जोडिएको बाराको इनर्वामालमा रहेको यश आयल पेट्रोल पम्पले चैतको पहिलो सातामा तीन हजार लिटर डिजेल बिक्री..

अनलाइन निर्देशिकाको विरोध, महासंघद्वारा आन्दोलनको चेतावनी

नियमनको आवरणमा नियन्त्रण र हस्तक्षेप गर्ने प्रावधान राखेर सरकारले ’अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३’ ल्याएको छ। सञ्चारमाध्यम नियमन गर्ने सञ्चारसम्बन्धी ऐन नियम छाडेर सरकारले सुशासन सम्बन्धी ऐनमा टेकेर निर्देशिका ल्याएको हो। बिहीबार राजपत्रमा प्रकाशित भएको निर्देशिकामा न्यायिक परीक्षण नगरी सञ्चार माध्यम सञ्चालनमा..

पाँच सय कन्टेनर दुई महिनादेखि केरुङमा किन रोकिए ?

चीनबाट काठमाडौंको लागि सामान लिएर आएका करिब पाँच सय कन्टेनर साढे दुई महिनादेखि रसुवागढी नाका नजिकै केरुङमा रोकिएको छ ।चीनको ग्वान्जाउबाट अर्बौं मूल्यका सामान लिएर आएका कन्टेनर रोकिएपछि व्यापारी मर्कामा परेका छन् । लामो समय कन्टेनर रोकिँदा लाखौंका सामान कुहिएर नष्ट भएको सम्बद्ध व्यवसायीले बताएका छन् । भन्सार कर्मचारी र एजेन्टको..

संवैधानिक इजलास चाँडो गठन गर्न प्रधानन्यायाधीशलाई सर्वोच्चको परमादेश

सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले चाँडो संवैधानिक इजलास गठन गर्न न्यायपरिषद् र परिषद् अध्यक्ष रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई बिहीबार परमादेश दिएको छ । लामो समयसम्म संवैधानिक इजलास गठन नहुँदा संविधान कार्यान्वयन र संवैधानिक कर्तव्य पूरा नभएको भन्दै दायर रिटमा सर्वोच्चका न्यायाधीश जगदीश शर्मा पौडेल, केदारप्रसाद चालिसे,..

एक महिना नपुग्दै बिग्रेर थन्कियो निगमको नयाँ विमान एमए–६०

नेपाल वायुसेवा नियमले हालै खरिद गरी ल्याएको नयाँ चिनियाँ जहाज ‘मोडर्न आर्क’ एमए–६० त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा थन्किएको छ । सम्बद्ध स्रोतका अनुसार कलसाइन ९एन–एकेआर भएको यो जहाज ‘नोज ल्यान्डिङ गियर’को हाइड्रोलिक लिकेज भएपछि थन्किएको छ । यो जहाज गत माघ १३ गते काठमाडौँ आएको थियो ।आजको नागरिक दैनिकमा खबरछ । ‘नयाँ वाई १२–ई..

नेपालको जलस्रोत कब्जा गर्ने भारतीय रणनीतिप्रति सरकारको आपत्ति

नेपालका नदीनालामा भारतीय सरकार र उसको निजी क्षेत्रको मात्र आधिपत्य हुने गरी तयार गरेको ‘सीमापार विद्युत् व्यापारसम्बन्धी निर्देशिका २०१६’ प्रति सरकारले गम्भीर आपत्ति जनाएको छ ।सन् २०१४ मा भएको नेपाल-भारत विद्युत् व्यापार सम्झौताको मर्मअनुसार हुनुपर्ने उल्लेख गर्दै उक्त निर्देशिकाप्रति सरकारले औपचारिक रूपमा पहिलोपटक आपत्ति..

६६वर्षमा कति मिच्यो भारतले नेपाली भुमी ?

भारतसँग जोडिएका २६ जिल्लामध्ये २३ जिल्लाका ७१ भन्दाबढी ठाउँमा नेपाली भू-भाग मिचिएको छ ।भारतसँग जोडिएका चार जिल्लाहरु महोत्तरी, धनुषा, डडेलधुरा र बैतडी मात्र अहिलेसम्म अतिक्रमणबाट चोखा रहेका छन् । भारतबाट एकतर्फी रुपमा लगभग ६० हजार हेक्टरभन्दा बढी पछिल्लो दाङ र बाराबाहेक भूभाग मिचिएको अनुमान गरिएको छ । यसमध्ये कालापानी-लिम्पियाधुरा..

प्रधानन्यायाधीशप्रति महान्यायाधिवक्तासहित दर्जन वरिष्ठ अधिवक्ताको आपत्ति: प्रधानन्यायाधीश ‘स्वेच्छाचारी’

प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दालगायत कतिपय विषयमा प्रधानन्यायाधीश सुशीला कार्कीमा कार्यक्षमताको अभाव देखिनुका साथै उनले विधि, विधान र ऐन÷कानुनभन्दा आफ्नो स्वेच्छाचारिताका आधारमा फैसला गर्ने गरेको आरोप लगाउँदै महान्यायाधिवक्तासहित एक दर्जन वरिष्ठ अधिवक्ताले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर..

प्रधानमन्त्रीले लेखा समितिलाई ढाँटे, समिति सभापति आक्रोशित

गत बिहीबार एनसेल कर प्रकरणमा व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बोलाउने निर्णय गरेकोमा समितिका सभापति डोरप्रसाद उपाध्याय र सचिवले प्रधानमन्त्रीलाई गत शुक्रबार भेटे । उनीहरुले प्रधानमन्त्रीलाई भेटेरै हातमा चिठी थमाए । प्रधानमन्त्रीले पनि चैत ८ वा ९ गते लेखा समितिको बैठकमा आउने..

राप्रपा र निर्बाचन आयोगबीच जुहारी

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट हिन्दूराष्ट्र र राजसंस्थाबारे उसका धारणा हटाउने निर्णय गरेपछि कार्यान्वयन हुँदै गरेको नेपालको संविधानमा जटिलता देखिन थालेका छन् । यही निहुँमा भए पनि हामीले परिकल्पना गरेको संवैधानिक व्यवस्था र त्यसको कार्यान्वयन गर्ने निकाय तथा राजनीतिक दलका भूमिकाका सन्दर्भमा पनि विवाद र..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना