राजधानीबाट प्रकाशित

भित्रभित्रै चुनावको तयारीमा मधेसवादी दल

मधेसवादीले मोर्चा कसेर स्थानीय निकायको निर्वाचन बहिष्कार गरिरहेका छन् । उनीहरूलाई पहिचानवादीले पनि साथ दिएका छन् तर स्थानीय रूपमा भने मोर्चाका नेताकार्यकर्ता नै चुनावको मिति कुरेर बसेका छन् । कुरा मिलेर चुनाव भए भाग लिने नत्र हुन नदिने यस्तै रणनीति छ उनीहरूको । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्वसांसद जयराम यादव..

रेस्टुरेन्टमा सर्भिस चार्ज नलिन आदेश

भारतको दिल्ली सरकारले सोमबार होटल र रेस्टुराँलाई उपभोक्ताबाट सेवा शुल्क नलिन आदेश दिएको छ । सेवा करलाई स्वैच्छिक करको रूपमा राख्न सरकारले निर्देश दिएको छ । गत जनवरीमा उपभोक्ता मामिला मन्त्रालयले खानाको बिलमा सेवा शुल्क अनिवार्य नभएको स्पष्ट पारेको थियो । उपभोक्ताले आफू सन्तुष्ट भएर चाहेमा उक्त शुल्क दिन सक्ने बताएको थियो । सरकारको..

खानेपानीको बील नतिर्नेहरु शीतलनिवास र बालुवाटारदेखि सर्वोच्च अदालतसम्म

राष्ट्रपति कार्यालयदेखि सर्वोच्च अदालतसम्मले खानेपानीको महसुल तिर्न अटेर गरेको पाइएको । खानेपानीको महसुल नतिर्ने कोको हुन् भन्नेबारे आजको कारोबार दैनिकले विस्तेतमा समाचार प्रकाशित गरेको छ । खानेपानीको महसुल नतिर्ने सरकारी निकायहरुमा राष्ट्रपति कार्यालय शीतलनिवास, प्रधानमन्त्री कार्यालय सिंहदरबार, संसद, सर्वोच्च अदालत,..

मानव तस्करको नयाँ रुट, अमेरिका छिर्न ६५ लाखसम्म खर्चँदै नेपाली

मानव तस्करले लाखौं रुपैयाँ लिई नेपालीलाई अवैध तरिकाले ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गराउन नयाँ बाटो प्रयोग गर्न थालेका छन्। नयाँ बाटो प्रयोगसँगै तस्करलाई लाखौं रुपैयाँ बुझाई अवैध तरिकाले अमेरिका प्रवेश गर्ने नेपालीको संख्या बढेको छ। ल्याटिन अमेरिकी राष्ट्र निकारागुवाले नेपाली पासपोर्ट वाहकलाई पनि 'अन अराइभल' भिसा..

नगर विकास कोषलाई अनुदान रोक्ने दाता जर्मन विकास बैंकको चेतावनी

सरकारले सम्झौताविपरीत निर्माण व्यवसायीलाई नगर विकास कोषको सञ्चालक समिति अध्यक्षमा नियुक्त गरेको भन्दै दाता जर्मन विकास बैंकले अनुदान रोक्ने चेतावनी दिएको छ । स्थापनाको २९ औं वर्षमा पहिलोपटक कोषमा निर्माण व्यवसायी ध्रुव रिजाललाई मन्त्रिपरिषद्को फागुन ९ को बैठकले अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । रिजालले मंगलबार पदबहाली..

समाहितीकरण या सहअस्तित्व ?

गत साता बागबजारमा भेट भएका वेला एमालेभित्र सबैभन्दा उज्यालो भविष्य देखिएका नेता योगेश भट्टराईसँग समसामयिक राजनीतिका विषयमा छोटो संवाद भएको थियो । स्थानीय तहको निर्वाचनको सन्दर्भमा कुरा हुँदै गर्दा मैले पार्टीका अफिसियल विचारसँग सहमत हुन नसक्ने मत राखेकोे थिएँ । योगेशले फ्याट्टै भन्नुभो ‘यी दाइ त मेरो विचार पनि मन पराउन्नन् ।..

मधेशवादी नेताले शहीद परिवारबाट लिएको सापट रकम फिर्ता गरेनन्

सिरहा- लहाननजिकैको मोहनपुर टोलकी रामपरीदेवीको उमेर ३८ वर्ष पनि पुगेको छैन। तर, चाउरिएको मलिन अनुहार हेर्दा उनी वृद्धजस्तै देखिन्छिन्। बिहे गरेको नौ वर्ष नपुग्दै पति गुमाएकी उनलाई एक्लै चार सन्तान हुर्काउने भार पर्‍यो। उनले हुर्किसकेकी छोरी बिभाको जसोतसो गत फागुन २२ गते विवाह गरिदिइन्। अहिले बिहेको ऋणले थलिएकी छन्। अरू दुई छोरी र एक..

विमानस्थलमै वरिष्ठता विवाद

उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापामध्ये वरीयतामा को माथि भन्ने विवाद बुधबार विमानस्थलमा समेत लज्जाजनक रूपमा देखिएको छ । चीन भ्रमण सकेर फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाललाई त्रिभुवन विमानस्थलमा स्वागत गर्ने क्रममा उपप्रधानमन्त्रीद्वयबीच वरीयताको विवाद प्रस्ट रूपमा देखियो । प्रधानमन्त्री दाहाललाई अति विशिष्ट..

मधेसी मोर्चाको दोहोरो चरित्र

 स्थानीय तह निर्वाचनमा भाग लिन दल दर्ता गराएर चुनाव प्रक्रियामा सामेल भइसकेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरू चुनावकै विरोधमा जिल्ला निर्वाचन कार्यालय घेराउ गर्न थालेका छन्। दुई नम्बर प्रदेशअन्तर्गतका बाराबाहेक सबै जिल्लामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध मधेस केन्द्रित दल निर्वाचन कार्यालयमा दर्ता..

सहकारीद्वारा ऋणीको करोडौं ठगीः किर्ते कागजमा जग्गा जफत

ललितपुरको गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीले किर्ते कागजात बनाएर एक दम्पतीको ऋणभन्दा पाँच गुणा बढी मूल्यको जग्गा जफत गरेको स्वयं नियामक निकाय सहकारी डिभिजन कार्यालय ललितपुरले जानकारी दिएको छ । राई दम्पती नारायणप्रसाद र शोभाको ऋण असुल्ने नाममा जग्गा लिलामी गर्ने क्रममा गोरखा सहकारीले डिभिजन कार्यालयमा पेस गरेको डकुमेन्टमै त्रुटि..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना