राजधानीबाट प्रकाशित

न चन्द न सिलवाल अाइृजी हुने भए अर्याल

डिआइजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउन सत्ताधारी घटकबीच सहमति भएको छ। सरकारमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखबीच भएको छलफलमा अर्याललाई आइजीपी बनाउन सहमति भएको हो। सरकारले फागुन १ मा प्रहरी महानिरीक्षक तोकेका डिआइजी जयबहादुर चन्दको नियुक्ति सर्वोच्च अदालतले खारेज गर्न आदेश..

जन्ती मलामी बोक्नमै संसदका गाडी व्यस्त

व्यवस्थापिका संसद सचिवालयमा रहेका २२ वटा सवारीसधानलाई नेता तथा कर्मचारीहरुले व्यापक दुरुपयोग गरेको पाइएको  छ । सचिवालयमा पुलका रुपमा राखिएका २२ वटा सवारीसधान नेता र कर्मचारीहरुलाई छाड्न विमानस्थल, बसपार्क जानेदेखि जन्ती, मलामी, भोजदेखि कर्मचारीको घरमा तरकारी खरिदका लागि समेत प्रयोग गरिएको हो । खबर आजको राजधानीमा छ । संसदको..

१५ अर्बको बिजुली भारतबाट आयात : २०७५ मंसिरपछि वर्षकाे ६ महिना बिजुली बेच्ने अवश्थामा पुग्छाैं’ : कुलमान घिसिङ

विद्युत्भार कटौती मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले करिब रु १५ अर्ब बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ । हालसम्म प्राधिकरणले रु. ९ अर्ब ६ करोड ८४ लाख बराबरको विद्युत् आयात गरेकामा बाँकी रहेको तीन महिनामा थप रु ६ अर्ब बराबरको विद्युत् आयात हुने प्रक्षेपण गरिएको हो । प्रक्षेपण गरिएकोभन्दा कम पनि हुनसक्ने प्राधिकरणको..

जनस्वास्थ्यमा खेलबाडः परीक्षणका नाममा विदेशिएको जीनको दुरुपयोग

परीक्षणका नाममा जथाभाबी रगत वा दिसापिसाब, खकार तथा शरीरका विभिन्न भागका नमुना (स्याम्पल) विदेश पठाउन नपाइने भएको छ । मनपरी रुपमा रगतलगायत नमूना विदेश पठाउँदा व्यक्तिको जीनसँग सम्बन्धित (अणुवाशिंक) सम्पतिको दुरुपयोगसँगै नेपालमै हुने परीक्षण बाहिर लगेर गर्दा ठूलो रकम बाहिरिएको भन्दै स्वास्थ्य मन्त्रालयले रोक लगाएको हो । व्यवस्थित..

सरकार-मोर्चाबीच दूरी बढ्दो

चीन भ्रमणबाट फर्केपछि सुस्ताएका प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी दलहरूसँगको वार्ताका लागि कुनै तयारी गर्न सकेका छैनन् । चीनबाट फर्केपछि दलहरूबीच सहमति हुने बताएका प्रधानमन्त्री दाहालले अहिले वार्ताका लागि कुनै पहलसम्म गरेका छैनन् । गत आइतबारको बैठकमा मधेसी मोर्चाले दुईवटा नयाँ माग थपेपछि वार्ता सकारात्मक रूपमा अघि बढ्ने..

दुर्इ चरणमा निर्वाचन गर्ने छलफलप्रति अायाेग असन्तुष्ट

स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग दुई चरणमा निर्वाचन गर्ने छलफल अघि बढाएपछि आयोगले असन्तुष्टि जनाएको छ । मतपत्र छपाइ कामसमेत अन्तिम चरणमा पुगिसकेका बेला एकाएक प्रधानमन्त्रीबाट दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव आएपछि आयोग असन्तुष्ट बनेको हो । आयोग..

अन्तर्राष्ट्रिय नियमविपरित दसगजा मिचेको सडकलाई भारतको मान्यता

दसगजा क्षेत्र र नेपाली भूमि मिचेर मोरङको मझारे ९ तारेगामास्थित नेपाल-भारत सीमा क्षेत्रमा निर्माण गरिएको पक्की सडकलाई भारतीय पक्षले मान्यता दिएको छ । नेपालको मझारेस्थित तारेगामा र भारतको अररियास्थित सुनामनी गुदामको सिमानामा निर्माण गरिएको डेढ किलोमिटर लामो सडक भारतीय पक्षले मान्यता दिएर प्रयोगमा ल्याएको छ । दुई महिनाअघि दसगजा..

यातना र जघन्य अपराधसम्बन्धी प्रतिबेदन १२ बर्षसम्म नबुझाएपछी नेपाल संयुक्त राष्ट्रसंघको कालो सूचीमा

सरकारले यातना र जघन्य अपराधसम्बन्धी गम्भीर घटनाका विषयमा संयुक्त राष्ट्रसंघमा बुझाउनु पर्ने नियमित प्रतिवेदन १२ वर्षसम्म बुझाएको छैन। पटक—पटक ताकेता गर्दा पनि सरकारले प्रतिवेदन नबुझाएपछि यातनाविरुद्ध अन्तर्राष्ट्रिय महासन्धिको कार्यालयले प्रतिवेदन नुबझाउनुको  कारण सोध्दै सरकारलाई पत्राचार गरेको थियो। सरकारले विभिन्न बाहना..

अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गरिरहेका खेलाडीको गुनासो : भत्ता थोरै हुँदा टिक्नै गाह्रो

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय टिमको तयारी सुरु गरेको छ । १२ औं दक्षिणएसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणका कारण स्थगित भएको राष्ट्रिय टिम तयारी राखेपको वार्षिक कार्यक्रमअनुसार फागुन २६ देखि सुरु भएको हो । तर अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी अघि बढाइएको टिम..

टेलिभिजन अन्तर्वार्ताकारण निर्दोषहरुले पाएको यातना

केही महिनाअघि एउटा टेलिभिजन च्यानलमा प्रसारित अन्तर्वार्ताबाट सामाजिक सञ्जाल र सञ्चारमाध्यममा विवादास्पद बनेकी कञ्चन शर्मालाई उनका पूर्वपति मोहन रेग्मीले ११ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । नेपाल पत्रकार मञ्चको रोहबरमा सहयोग रकम कञ्चनकी ७९ बर्से आमा छत्रछायाँ न्यौपानेलाई रेग्मीले आइतबार साँझ हस्तान्तरण गरेका हुन् । २०४७..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना