राजधानीबाट प्रकाशित

उखु किसान फेरी ठगिए : निर्धारित समयमा पुरा भुक्तानी पाएनन, सरकारले पनि अनुदान बाँडेन

किसानको बक्यौता रकम तिर्न सरकारले चिनी उद्योगीहरूलाई दिएको म्याद मंगलबार सकिएको छ । सरकारले दिएको ७ माघको म्यादभित्र जम्मा १४ प्रतिशत बक्यौता भुक्तान  गरेका छन् भने उद्यमीबाट पैसा उठाइदिने सहमति गरेको सरकार आफैंले दिनुपर्ने अनुदानसमेत वितरण गरेन । तर, किसानले अझै एक अर्ब पाएका छैनन् । त्यति मात्रै होइन, अनुदानबापत सरकारबाट..

नियम विपरीत, राजतन्त्र फेरी ल्याउनुपर्छ भन्ने कालिदासजी महाराजलाई बिमानस्थलको भिभिआईपी कक्ष

राज्यका उच्च पदस्थ र विशिष्ट व्यक्तिहरुले मात्र प्रयोग गर्न पाउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष (भीआईपी) कक्ष राजतन्त्र फेरी ल्याउन सक्रिय रहेका आफूलाई गुरु बताउने कालिदास महाराजलाई प्रयोग गर्न दिइएको समाचार सार्वजनिक भएको छ। विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न क–कसले पाउँछन् भनेर स्पष्टमा व्यवस्था छ ।..

एनजिओमा अपारदर्शी र अनुत्तरदायी क्रियाकलाप : सम्झौताभन्दा एक खर्ब बढी रकम प्राप्त, कार्यक्रम स्वीकृत नै नगरी साढे ६ अर्ब खर्च

महालेखा परीक्षक कार्यालयले नेपालमा सञ्चालित गैरसरकारी संस्था (एनजिओ)ले कार्यक्रम स्वीकृत नै नगरी साढे ६ अर्ब खर्च गरेको जनाएको छ । महालेखाको लेखापरीक्षण प्रतिवेदनमा ‘पछिल्लो समय स्थापित गैरसरकारी संस्थाहरूले आर्थिक पारदर्शिता अपनाउन नसकेको’ उल्लेख छ । आर्थिक वर्ष ०७२/७३ देखि ०७४/७५ सम्म तीन वर्षको अवधिमा समाज कल्याण..

यी हुन् किसानको नाममा प्रधानमन्त्री कृषि परियोजनाको एक अर्ब अनुदान पाउने पहुँचवाला दश निजी कम्पनी

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १०–१० करोड अनुदान पाउनेमा किसान होइन, नेता र पहुँचवाला व्यापारी । शतप्रतिशत स्वामित्व व्यक्तिको हुने शीतभण्डारमा ७० प्रतिशतसम्म सरकारी अनुदान, दुई करोडसम्म पेस्की लगेका कतिले जगसमेत खनेका छैनन् । तत्कालिन एमालेको तर्फबाट नुवाकोटबाट प्रदेश सभामा निर्वाचित सांसद बद्री मैनालीले पहुँचका..

थप पांच मुलुकमा सैनिक सहचारी/सल्लाहकार थप गर्न सरकारसमक्ष सेनाको प्रस्ताव

नेपाली सेनाले विदेशस्थित कूटनीतिक नियोगमा सैनिक सहचारी/सल्लाहकार थप गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ। सेनाले रक्षा मन्त्रालयमार्फत थप पाँच स्थानमा सैन्य सहचारी तत्काल आवश्यक रहेको र मुलुकको कूटनीति समन्वयमा पनि मद्दत पुग्ने भन्दै माग गरेको हो। सेनाले अहिले भारत, चीन, पाकिस्तान, बंगलादेश, बेलायत र अमेरिका गरी ६ मुलुकमा सैनिक सहचारी र..

सरकारी कर्मचारीलाई प्रलोभनमा पारेर ललिता निवास व्यक्तिको नाममा गरिएको सीआईबिको निष्कर्ष : १५ रोपनी जग्गा ‘घूस’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चरणबद्ध रूपमा सरकारी कर्मचारीलाई प्रलोभनमा पारेर ललिता निवासको करिब १ सय १४ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको निष्कर्ष निकालेको छ । करिब १० महिना लामो अनुसन्धानपछि सीआईबीले सुरुमा राणा परिवारले मालपोतका कर्मचारीहरूलाई मिलाएर जग्गा हात पारेको, नक्कली मोही खडा..

माथिल्लो पदका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र सलामी नगर्ने ३० सैनिकमाथि कारबाही

  नेपाली सेनाले बिगत सात महिना अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारबाही गरेको छ । आफूभन्दा माथिल्लो पदमा रहेका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र देखेर पनि सलामी नगर्ने ३० जनामाथि वैशाखयता कारबाही भएको सैनिक मुख्यालयले जनाएको छ। उनीहरूलाई सैनिक नियमअनुसार अनुशासनविपरीत आचरण गरेको भन्दै सचेत..

कृपया सहयोगको लागि यो पोस्टलाई सक्दो सेयर गरौ ठगी गर्ने व्याक्ति बाट आफू पनि बाचौ , अरुलाई पनि बाचौ ।

ठगी गर्ने व्याक्तिको नाम :-दिल्ली बहादुर श्रेष्ठ अर्थात गाउघरमा काईला पनि भनिन्छ जिल्ला :- (मोरङ ) (नागरिकता नम्बर :- ३९८८-१९०७)   विगत लामो समयदेखि रोजगारीको सिलसिलामा मलेसिया पुगेर,आइस कम्पनी काम गरेको र सोही कम्पनीमा संगै काम एकजना नेपाली साथी को तलब आएको मौका छोपि बैंक ATM बाट RM दुई हजार रिंगेट पैसा चोरी गरि,मलेसिया पुलिसले नियन्त्रणमा..

संसदीय समितिले नै ठुला भ्रस्टाचार काण्डका प्रतिबेदन लुकाउन थाले, न्यारोबडी जहाज खरीदको प्रतिबेदन “गोप्य”

ठुलठुला भ्रस्टाचार काण्डहरु उजागर हुन थालेपछि व्यबस्थापिका संसद मातहतका संसदीय समितिहरुले पनि त्यस्ता काण्ड उजागर हुन नदिन प्रतिबेदन नै लुकाउन थालेका छन्। पछिल्लो पटक व्यबस्थापिका संसद अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमार्फत बनेको  उपसमितिले नेपाल वायुसेवा निगमको न्यारो बडी विमान खरिदमा  एक अर्ब २० करोड घोटाला ठहर गरेको ..

नेपाली सेनामा अनियमितता छानबिन गर्न बन्यो संयन्त्र, २४ सैनिक अड्डा निगरानीमा

सैनिक अड्डाको आर्थिक कारोबार पारदर्शी नहुने भन्दै आलोचना भइरहेकोबेला प्रधानसेनापति पूर्णचन्द्र थापाले आर्थिक पारदार्शिता कायम गर्न कडा कदम चालेका हुन्। भ्रष्टाचार गर्ने जोकोही सैनिक अधिकारीमाथि कारबाही गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका प्रधानसेनापति थापाले नेपाली सेनामा ब्यापक अनियमितता भएको भन्दै समाचारहरु सार्वजनिक हुन..

Exchange Rate

Nepali Patro