पोखराबाट प्रकाशित

रिभानमा भिषण वाढी पहिरो, १३ घर वगे,समयमै सचेत वन्दा मानविय क्षति हुन पाएन

कृष्ण दवाडी,  पोखरा, २५ साउन । कास्कीको माछापुच्छ्रेगाउँपालिका वडा नं ५ रिभानमा मंगलवार रातीको पहिरोले १३ घरमा पूर्ण क्षति पुगेको छ । भिषणा पहिरो सहित आएको वाढीले रिभानका हुम्दी डाँडा गाउँ र लाम्पाटाका १३ घर वस्न नमिल्ने गरि क्षति पुगेको रिभानवाट देवीलाल लामिछानेले जानकारी दिए । गाउँभन्दा माथि लेकमा रहेका गोठालाहरुले पहिरो गएको र..

करोडौं कुम्ल्याएर कैलाश विकास बैंकका म्यानेजर फरार

पोखराको लामाचौरस्थित कैलाश  बैंक शाखाका प्रबन्धक रविचन्द्र खनाल वैशाख १ मा भागेका हुन् । उनले नेपाल छाडिसकेका छन् । लायन्स क्लबको कार्यक्रमका सिलसिलामा एकपटक अमेरिका घुमेर फर्केका उनीसँग उक्त देशको ५ वर्षको भिसा रहेकाले उतै गएको अनुमान छ । ६ महिनाअघिमात्रै लामाचौर शाखा प्रबन्धक भएर गएका खनालले बैंकका ग्राहकको खाताको पैसा लिएको..

कास्कीको स्थानीय तह चुनावमा कुन तहमा कसको दाबी ?

सरकारले स्थानीय तहको चुनाव मिति घोषणा गरेसँगै कास्कीमा चुनाव केन्द्रित गतिविधि बढ्न थालेको छ । खुलेर उम्मेद्वार आफ्ना प्रचारमा नलागे पनि माउ पार्टीँगको आन्तरिक छलफलमा ब्यस्त छन्। केही उम्मेद्वारले पत्रपत्रिकामार्फत आफ्नो उम्मेद्वारीको घोषणासमेत गरेका छन् । यद्यपि आकांक्षीको ठूलो भीडबाट एक एक जना उम्मेद्वार चयन गर्न त्यति सजिलो..

सांसद रवीन्द्र अधिकारीकाे निष्कर्षः तीन सय ५० गाउँपालिकामा तलब खुवाउन गाह्रो

संवैधानिक व्यवस्थानुसार स्थानीय तह, प्रदेश र सङ्घलाई बलियो नबनाए सङ्घीयता अघि बढ्न नसक्ने सुझाव सांसदहरुले दिनुभएको छ । व्यवस्थापिका–संसद्, विकास समितिको आयोजनामा धुलिखेलमा सम्पन्न दुईदिने अन्तक्र्रियामा सांसदले स्थानीय तहलाई प्रभावकारी बनाउन कानुनी व्यवस्था बलियो बनाइनुपर्नेमा जोड दिनुभयो । स्थानीय तह सञ्चालनसम्बन्धी ऐन..

रकम बुझाएपछि प्रहरीकै संरक्षणमा चल्दैछ यौन व्यापार

प्रहरीले बागलुङ बसपार्क क्षेत्रका होटल, रेस्टुरेन्टबाट यौन व्यवसाय हटाउन सफल भएपछि त्यस क्षेत्रले रुपै फेरेको छ । यौन व्यवसाय मौलाएको अखडै नरहे पनि पोखराका अरु ठाउँमा भने यो व्यवसाय चालु रहेको गाइँगुइँ चल्दै आएको हो । त्यस्तै गाइँगुइँका बीच प्रहरीकै संरक्षणमा यौन व्यवसाय चलिरहेको आरोपसहितको अडियो फेला परेको छ । एक यौनकर्मी युवतीले..

गैची, बेल्चा उचालेर सिंगापुरे विद्यार्थी पुम्दीमा घर बनाउँदै

पोहोर साल भैंचालो जाँदा छिमेकका २ घर चकनाचुर भए । ती घरका मान्छेलाई वरपर ओत लाग्ने ठाउँ पनि भएन । शिक्षक मातृका बराललाई लाग्यो, ‘ठूलै प्रकोप भएर गाउँका धेरै घर भत्किएका भए मान्छे कहाँ बस्थे होलान् ?’ त्यसपछि उनलाई जुक्ति फुर्‍यो, सामुदायिक भवन बनाउने । त्यसका लागि अलिकति जग्गा छुट्याएर काम थाले । गैची, बेल्चासँगै उनीहरु भित्ता खार्ने,..

बिना संरचना स्थानीय तह

जिल्ला विकास समिति र गाउँ विकास समिति भंग भएपछि जिल्लामा घोषणा गरिएका कास्कीका पाँचवटै स्थानीय तहले सोमबारदेखि जिम्मेवारी सम्हालेका छन्। गाउँपालिका र नगरपालिकाको रुपमा विभाजन गरिएपछि सबै स्थानीय तहका कार्यकारी अधिकृतहरुले सेवा सुरु गर तर गाउँपालिकाहरुमा आवश्यक कर्मचारी र भौतिक संरचना भने छैन। हाल गाविस कार्यालय रहेका ठाउँबाट..

महानगर र ३३ गाउँपालिकामा कर्मचारी खटिए (हेर्नुहाेस् कुन वडामा काे सचिव पुगे)

महानगरपालिका घोषणा भएसँगै कास्कीकोटका जीवन सुवेदीले फेसबुकमा लेखे, ‘अब पोखरा जानै पर्दैन बुबा, पोखरा घरमै आइसक्यो ।’ सुवेदीजस्तै धेरैजना गाविसबाट महानगरपालिकाबासी भएकोमा खुसी र उत्साही देखिए । कास्कीकोट, मौजा, चापाकोट, भदौरेतमागी, माझठाना, कालिका लगायत साविकका गाविस महानगरपालिकामा परपछि त्यहाँका सेवाग्रहीलाई यसको अनुभूति..

पृथ्वीनारायण क्याम्पसबाट हराएको आईडी कार्ड ‘क्रान्तिकारी नेता’ नै बस्ने घरमा

पृथ्वीनारायण क्याम्पसबाट हराएको विद्यार्थी परिचयपत्र भेटिएको छ । गत फागुन १४ गते शनिबार राति क्याम्पसको विज्ञान संकाय प्रशासन कार्यालको ताला फोडी विद्यार्थीको आईडी कार्ड चोरी भएको भनिएको थियो । सो कार्ड पोखरा ११ तुल्सीमार्ग स्थित एक घरमा विहिबार भेटिएको हो । प्रहरीले सूचनाका आधारमा एक सय ५९ वडा कार्ड नियन्त्रणमा लिएको छ । कार्ड चोरी..

गृहजिल्लामा मनलाग्दी पैसा बाँड्दै अर्थमन्त्री

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो गृह जिल्ला रोल्पामा ६६ करोड रुपैयाँ थप बजेट पठाएका छन्। रोल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित महराले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत पठाएको ६६ करोडमध्ये २२ करोड ८० लाख रुपैयाँ जिल्लामा सञ्चालित ३२ वटा सडक योजनाका लागि हो। बाँकी ४३ करोड रुपैयाँ भने वर्षको बीचमा..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना