दस्ताबेज

फिलिपिन्समा शक्तिशाली विष्फोटपछि सेना परिचालन

फिलिपिन्समा शक्तिशाली विष्फोटपछि राष्ट्रपति रोड्रिगो डुटेर्टेले प्रहरीलाई सहयोग गर्ने भन्दै सेना परिचालनको निर्णय गर्नुभएको छ । अतिवादी समुह अबुसैय्फले राष्ट्रपति गृहनगर भ्रमणमा पुगेका बेला शक्तिशाली विष्फोट गराएपछि अराजकताको स्थिति सृजना भएको घोषणा गर्दै सेना परिचालनको निर्णय भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्..

ब्राजिलमा नयाँ राष्ट्रपति निर्वाचित, बाहिरिइन रुसेफ

ब्राजिलको संसद सिनेटले अन्तरिम राष्ट्रपति पदमा कार्यरत माइकल टेमरलाई राष्ट्रपति पदमा निर्वाचित गरेको छ । पूर्वराष्ट्रपति डिल्मा रुसेफलाई भ्रष्टाचारजन्य महाभियोग लागी निलम्बित भएपछि टेमरले कार्यवाहक राष्ट्रपतिको रुपमा काम सम्हाल्दै आएका थिए । निलम्बित पूर्व राष्ट्रपति डिल्मा रुसेफको सट्टामा गत मे महिनादेखि राष्ट्रपति पद..

सेक्स टेप सार्वजनिक, खुस्कियो मन्त्रीको पद

भारतको दिल्ली सरकारका एक मन्त्री सेक्स टेपमा देखिएका छन् । दिल्ली सरकारका क्याबिनेट मन्त्री सन्दीप कुमार सेक्स टेपमा देखिएको हुन्। यसलगतै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बुधबार अबेर राति महिला तथा बालबालिका कल्याण मन्त्री सन्दीप कुमारलाई मन्त्रिमण्डलबाट हटाएको घोषणा गरेका छन् । मुख्यमन्त्री केजरीवालले ट्वीट गरेर यसबारे..

आइएस प्रवक्ता अल अदनानी मारिए

रूसी रक्षा मन्त्रालयले आतंकवादविरुद्ध मंगलबार सिरियामा गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट (आइएस) का प्रवक्ता तथा प्रमुख रणनीतिकारको मृत्यु भएको जनाएको छ । रूसी रक्षा मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी आफ्नो गुप्तचर संस्थाले रूसद्वारा अलेप्पोमा गरेको हवाई आक्रमणमा आइएसका ४० जना लडाकुसहित यसका प्रवक्ता अबु मोहम्मद अल अदनानी..

रकमको अभाबमा श्रीमतीको शब् बोकेरै १२ किमी यात्रा

टि.बि रोगले जिबनको अन्तिम अबस्थामा पुगेको आफ्नी श्रीमती अमांग बाच्लिनकि भन्ने झिनो आस लिएर सदरमुकाम देखि ६० किलोमिटर टाढा दुरदराजको ईलाकामा बस्ने आदिबासी दाना माझिले भवानी पटनाको अस्पतालमा भर्ना गराएका थिए । उपचार गर्दागर्दै श्रीमतीको मृत्यु भयो । अस्पतालको कर्मचारीहरुले लास अस्पतालबाट हटाउने आदेस दिए । आफ्नो जातीय परम्परा अनुसार..

बालुचिस्तानमा दख्खल नदिन भारतलाई चीनको चेतावनी

भारतले पाकिस्तानको बालुचीस्तानमा आफ्नो प्रभाव देखाउँदै दख्खल दिए आफूहरु चुप लागेर नबस्ने चीनले चेतावनी दिउको छ। चीनको एक प्रभावकारी संस्थाले चीन र पाकिस्तानबीच हुन लागेको करिब ४६ अरब डलरको सहयोग सम्झौता सिपीइसीमा बाधा पुर्याउन खोजे चीन चुप लागेर नबस्ने बताएको हो । उसले चीन–पाकिस्ताको सम्झौतामा बाधा पुर्याउने षड्यन्त्रमा नलाग्न पनि..

४ वर्षको बालिका ९ कक्षाको बिद्यार्थी, अर्को वर्षको बोर्ड परीक्षा दिदै

बिश्वास हुनलाई गार्हो हुन् सक्छ तर एक ४ वर्षको बालिका ९ कक्षाको बिद्यार्थी बनेकी छन् । भारतको अनन्या नाम गरेकी ४ वर्षको यी बालिका अहिले कक्षा ९ मा पढिरहेकी छन आउदो वर्ष बोर्ड (एस.एल.सी. सरह) परीक्षा दिने  तयारीमा छन । यूपीको राजधानी लखनऊको ४ वर्ष ८ महिना २१ दिनको यी बालिकाको बारेमा सुन्दा पनि अचम्म लाग्छ किन भने भर्खर पढ्न सिक्ने उमेरमा उनी..

प्रहरीले महिलाको बुर्किनी उतारेपछि..

फ्रान्समा सशस्त्र प्रहरीले एक महिलाको बुर्किनी खोल्न लगाउँदै गरेको तस्बिर सार्वजनिक पछि यसको विरोध भएको छ । बुर्किनी पौडी खेल्दा लगाइने पोसाक हो । यो कपडा लगाउँदा पूरै शरीर छोपिएको हुन्छ । यो पोसाक मुस्लिम महिलाबीच निकै लोकप्रिय छ । केही समययता कान्सका मेयर डेभिड लिसनार्डले त्यस सहरमा बुर्किनी लगाउन प्रतिबन्ध लगाएका छन् । फ्रान्सका..

टर्कीको प्रहरी मुख्यालमा बम बिस्फोट हुँदा ११ प्रहरीको मृत्यु, ७८ घाइते

टर्कीको दक्षिण पूर्वी सिज्र शहरस्थित प्रहरी मुख्यालयमा शक्तिशाली कार बम विष्फोटमा हुँदा ११ प्रहरीको मृत्यु भएको छ । ७८ जना घाईते भएको बीबीसीले जनाएको छ । बिस्फोटको जिम्मा अहिलेसम्म कसैले नलिएपनि प्रतिबन्धित कुर्दिस वर्कर्स पार्टिले गराएको स्थानीय सञ्चारमाध्यले दाबि गरेका छन् । टर्कीमा कुर्दिस पार्टी र सरकारबीच पछिल्लो समय द्वन्द..

भारतद्धारा पाकिस्तानको वार्ता प्रस्ताव अस्वीकार

भारतले पुनः दोस्रो पटक पाकिस्तानको वार्ताको प्रस्ताव अस्वीकार गरेको छ । विवादास्पद क्षेत्र काश्मिरको विषयलाई लिएर विदेश सचिवस्तरको वार्ताका लागि पाकिस्तानले प्रस्ताव गरेको बताइएको छ । स्रोतका अनुसार बिहीबार भारतीय विदेश सचिव एस जयशङ्करले पाकिस्तानी समकक्षी एैजाज अहमद चौधरीद्वारा हालै गरेको वार्ताको प्रस्तावलाई अस्वीकार गरेका..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना