दस्ताबेज

नेपालभित्रको सामाजिक दलाल पुँजीवादका विशेषताहरु : विप्लव

हामीले केपी—प्रचण्डहरूलाई ‘सामाजिक दलाल पुँजीवादी’ र उनीहरूले नेतृत्व गरेको सरकारलाई सामाजिक दलाल पुँजीवादी सरकार भनेपछि स्वाभाविक रूपमा सबैमा जिज्ञासा पैदा हुन्छ– के त्यस्ता ठोस कारणहरू रहेका छन् जसले केपी–प्रचण्डहरूलाई सामाजिक दलाल पुँजीवादी भन्न सकिन्छ ? यो कुरा सही हो– कुनै पनि निष्कर्ष र निचोडहरूमा पुग्नका लागि त्यसलाई साबित..

नेपाल-भारत बीचको सिमा सुरक्षा बैठक पोखरामा हुँदै : भारतले मिचेको नेपाली भुमि कालापानी बारे छलफल नहुने

भारतले मिचेको नेपाली भुमि कालापानी फिर्ता गर्न भारतसंग पहल गर्न रास्ट्रिय सहमति पाएको वर्तमान दुई-तिहाईको कथित कम्युनिष्ट सरकारले नेपाल-भारत बीच पोखरामा हुन लागेको सिमा सुरक्षा सम्बन्धी बैठकमा भारतले हालै जारी गरेको विवादित नक्सा र भारतद्वारा अतिक्रमित नेपाली भूमिबारे छलफल नगर्ने भएको छ। आउँदो मंसिर ४ गतेदेखि ६ गतेसम्म पोखरामा..

बिप्लव नेतृत्वको ने.क.पा.भित्र ब्यापक मात्रामा सरकारी सुराकी !

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा ब्यापक मात्रामा सरकारी सुराकीहरु छिरेको चर्चा चलिरहँदा दाङको राजापुरमा चलिरहेको राप्ति ब्युरो बैठकबाट मध्यपश्चिम कमाण्ड इन्चार्ज बिरजंगसहित २१ जना नेता तथा कार्यकर्ता गिरफ्तारीमा पार्टी कार्यकर्ताको रुपमा काम गरिरहेका सरकारी सुराकीको हात रहेको तथ्य बाहिर आएको छ। युवा संगठन नेपालको..

भारतद्वारा नेपाली रास्ट्रियतामाथि धावा : नेपाली भुमी लिपुलेक र कालापानी भरातको नक्शामा

भारत सरकारले जम्मू–कश्मीरलाई केन्द्र शासित प्रदेश बनाएपछि जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपाली रास्ट्रियतामाथि धावा बोलेको छ। भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको नक्सासमेत समावेश गरिएको छ र नेपाल–चीन सीमाना समेत कोर्ने प्रयास गरिएको छ । भारतीय नक्सामा पाकिस्तानलाई पनि समेटिएको छ ।..

संसदीय समितिले नै ठुला भ्रस्टाचार काण्डका प्रतिबेदन लुकाउन थाले, न्यारोबडी जहाज खरीदको प्रतिबेदन “गोप्य”

ठुलठुला भ्रस्टाचार काण्डहरु उजागर हुन थालेपछि व्यबस्थापिका संसद मातहतका संसदीय समितिहरुले पनि त्यस्ता काण्ड उजागर हुन नदिन प्रतिबेदन नै लुकाउन थालेका छन्। पछिल्लो पटक व्यबस्थापिका संसद अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमार्फत बनेको  उपसमितिले नेपाल वायुसेवा निगमको न्यारो बडी विमान खरिदमा  एक अर्ब २० करोड घोटाला ठहर गरेको ..

प्रदेश ५ मा किसानका लागि वितरित अनुदान बीस प्रतिशत कमिशन लिएर कर्मचारीले गैरकिसानलाई दिए

प्रदेश ५ सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षमा किसानका लागि वितरण गरेको करीब पौने २ अर्ब अनुदानमध्ये करोडौं अनुदान रकम दुरुपयोग भएको छ भने वितरित अनुदान रकममा  अधिकांश रकम वास्तविकभन्दा पनि गैर किसानलाई वितरण गरेको  पाइएको छ। प्रदेशसभाको कृषि, वन तथा वातावरण समितिले गरेको अनुगमनमा कैयन् फर्जी किसान..

सरकारसंग वार्ताका लागि बिद्रोही ने.क.पा.द्वारा दुई पुर्वशर्त प्रस्तुत : नि:शर्त वार्ताको हौवा फैलाएर जेलमुक्त हुने पोलिटब्युरो सदस्यदेखि जिल्ला कमिटि सदस्यलाई कारवाहीको घोषणा

सरकार र बिद्रोही ने.क.पा.का बीच वार्ता हुन् नसकिरहेको अवस्थामा बिद्रोही ने.क.पा.ले सरकारसंग वार्ताका लागि दुई वटा शर्त अघि सारेको छ।  नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको हालै सम्पन्न आठौँ पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न पार्टी महासचिव विप्लवले आज जारी गरेको विज्ञप्तिमा आफ्नो पार्टी सरकारसंग वार्तामा बस्नुपुर्व सरकारसंग..

ब्यापक गिरफ्तारीकाबिरुद्ध प्रतिरोध गर्ने बिप्लवको चेतावनी, सरकारी दमनकाविरुद्ध जागरुक हुन अपिल

आफ्नो पार्टीको राप्ती ब्युरो बैठकमा हस्तक्षेप गरी मध्ये पश्चिम कमाण्ड इन्चार्ज बिरजंगसहित २१ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएपछि आक्रोशित बनेका ने.क.पा.का महासचिव विप्लवले गिरफ्तार नेता कार्यकर्तालाई तत्काल रिहा नगरिए कडा प्रतिरोध गरिने चेतावनी दिएका छन् । महासचिव बिप्लवले आज एक प्रेस बक्तब्य जारी गर्दै सरकारी पक्षलाई..

रेडियो नेपाल दिपायल प्रसारण केन्द्रबाट निस्कासित तीन पत्रकार पुनर्वहालीकाे आन्दोलनप्रति नेपाल पत्रकार महासंघका छ पुर्व सभापतिहरुको ऐक्यवद्धता

रेडियो नेपाल दिपायल प्रसारण केन्द्रबाट निस्कासित तीन जना पत्रकारहरुलाई तुरुन्त पुनर्बहाली गर्न नेपाल पत्रकार महासंघले गरेको आन्दोलनप्रति महासंघका छ जना पुर्व सभापतिहरुले ऐक्यवद्धता प्रकट गरेका छन् ।  नेपाल पत्रकार महासंघका ६ जना पुर्व सभापतिहरु तारानाथ दाहाल, डा.सुरेश अाचार्य, हरिहर विरही, विष्णु निष्ठुरी, किशाेर नेपाल र धर्मेन्द..

ओली, सी र समाजवाद : गुणराज लोहनी

लोकतान्त्रिक गणतन्त्रात्मक भनिएको संविधान घोषणा भएको चार वर्ष पुग्यो । यी वर्षमा सुशील कोइराला, खड्गप्रसाद ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवा र फेरि खड्गप्रसाद ओली गरी पाँच पटक प्रधानमन्त्री परिवर्तन भैसकेका छन् । खड्गप्रसाद ओलीको पछिल्लो पदभार संविधानत: सबै तहको निर्वाचन भएर संघीय संसदले गरेको छनोटबाट भएको हो । ओलीले पदभार ग्रहण..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना