भिडियो समाचार

मार्छौँ कि मर्छौँ अब : गीता भट्टराई संगीतप्रेमी

कविता : शीर्षक मार्छौँ कि मर्छौँ अब छन्द शार्दूलविक्रीडित रचना अन्चल बान्तवा वाचन गीता भट्टराई संगीतप्रेमी रुन्छन् आज कठै गुराँस वनका,पातै र थुङ्गा सबै ट्वाल्लै छन् लिपुलेकमा हुकुमका,माटो र ढुङ्गा सबै नाचे सर्प जसै घिचेर भतुवा,पाए सपेराहरु मेरा आँत सबै सुके मुलुकका,भन्छन् पखेराहरु गर्छौं देश रहे रहिन्छ म युवा,त्यो दुष्टको..

पोखराको बाटुलेचौरका जनतामाथि प्रहरीद्वारा निर्मम तरीकाले लाठी तथा मुक्का प्रहार (हेर्नुस भिडियो)

पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरका जनतालाई प्रहरीले बुधबार दिउँसो निर्मम तरीकाले मुक्का प्रहार गर्नुका साथै लाठी प्राहर गरेको छ। जातीय भेदभाव गरेको अभियोगमा पक्राउ परेका आफन्त तथा छिमेकी रहेका उनीहरुलाई प्रहरीले निर्मम तरीकाले लखेटी लखेटी लाठीचार्ज गरेको थियो। पोखरा-१६ कै मोहन सुनारको उजुरीका आधारमा जातीय भेदभाव गरेको..

प्रहरीमा सुरक्षा माग्न गएका विद्यार्थीमाथि सडकमा निर्मम कुटपिट (भिडियो सहित)

सहकर्मी सुरक्षाको माग गर्दै कीर्तिपुर प्रहरी कार्यालय गएका विद्यार्थीलाई अज्ञात समूहले कुटपिट गरेको छ । बीच सडकमा लडाएर विद्यार्थीहरुलाई टाउकोमा कुल्चेको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ । निर्घात कुटाइ खाने विद्यार्थी त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अध्ययनरत ललितजंग रावत रहेको बुझिएको छ । उनलाई अहिले..

उद्योग संचालनमा ब्यबस्थापनको लापरवाही :स्थानीय प्रशासन बेखबर, पोखरा औद्योगिक क्षेत्र पोखरामा कोरोना फैलाउने मूलथलो बन्ने सम्भावना

स्थानिय सरकार र प्रशासनको असावधानीकाकारण पोखरा औद्योगिक क्षेत्रका केही उद्योगहरु पोखरामा कोरोना भाइरस संक्रमण फैलाउने मूलथलो बन्ने सम्भावना देखिएको छ। कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले भिडभाड हुने उद्योगधन्दा, कलकारखाना, शैक्षिक संस्था, सिनेमा हल सबै बन्द गरेर जनतालाई घर भित्र बस्न भनेको छ।  तर यस लकडाउनका अवधिमा पनि पोखरा..

औषधि लिएर फर्किएका मानिसमाथि प्रहरीद्वारा निर्मम कुटपिट (भिडियो सहित)

औषधि लिएर फर्कदै गरेका तीन जनालाई प्रहरीले लाठी भाँचिने गरी निर्मम तरीकाले कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ। काठमाडौंको कलंकीमा औषधि लिएर घर फर्कदै गरेका तीन जनालाई प्रहरीले निर्मम तरीकाले लाठी प्रहार भएको भिडियो सार्वजनिक भएको हो।  सो भिडियो हेल्थपाटी नामको युत्युब च्यानलले सार्वजनिक गरेको हो। सार्वजनिक भिडियोमा देखिए अनुसार,..

राहत वितरण प्रकृया प्रति असन्तुष्टि जनाउदै वडाध्यक्ष मण्डलमाथि कुटपिट (भिडियो सहित)

राहत वितरणको विषयलाई लिएर स्थानीयले इनरुवा नगरपालिकाको वडा नम्बर ८ का अध्यक्ष रविन्द्र मण्डलमाथि हातपात गरेका छन् । वडा कार्यालयले थालेको राहत वितरण प्रकृया प्रति असन्तुष्टि जनाएको समूहले वडाध्यक्ष रविन्द्र मण्डलमाथि हातपात गरेको हो । इनरुवा-८ को गणेश नेरा आधारभुत विद्यालयमा राहत वितरण जारी रहँदा स्थानीय युवा सहितको टोलीले..

लकडाउनमा अनावश्यक हिँड्नेलाई उर्लाबारीका मेयरको भाटे कार्वाही (हेर्नुस भिडियो)

कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन गर्दासमेत अटेरी गरी अनावश्यक हिँड्नेलाई भाटे कार्वाही सुरु गरिएको छ । लकडाउनको दोश्रो दिन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, इलाका प्रहरी कार्यालय उर्लाबारी, नगर प्रहरीसहितको टोलीले भाटे कार्वाही सुरु गरेको हो । पास लिएका र अत्यावश्यक काममा हिँड्न भने छुट दिएको छ । तर, अनावश्यक..

लकडाउन उल्लंघन गरेको भन्दै साइकलयात्रीमाथी प्रहरीद्वारा निर्मम तरीकाले कुटपिट (भिडियोसहित)

दुईजना प्रहरीले एक साइकल यात्रीलाई निर्मम तरीकाले लाठी प्रहार गरेको भिडियो आज बिहानैदेखि सामाजिक संजालमा भाइरल बनिरहेको छ।  त्यो भिडियो सुनसरी जिल्लाको इटहरी उपमहानरगपालिका अन्तरगत पर्ने खनारको हो, जसमा लकडाउन उल्लंघन गरेको भन्दै साइकलमा हिँडिरहेका एक युवकलाई प्रहरीले निर्मम तरीकाले कुटिरहेका छन् । कोरोना रोकथामका लागि सरकारले..

नेपाल छिर्न नदिएपछि धनगढ़ीको गौरीफन्टा नाकामा तनाब (हेर्नुस भिडियो)

नेपाल सरकारले आइतबारदेखि भारतको सीमा नाका बन्द गरेपछि धनागढ़ीको गड्डाचौकी नाकामा अलपत्र परेका नेपालीले " हाम्रो नागरिकता खोस, नत्र नेपाल जान देउ" भनेर होहल्ला गर्दे सीमावारी आएका छन्। उनीहरुले नेपाल छिर्न रोक्ने प्रहरीलाई केही बेर ढुंगामुडा समेत गरे।  प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही बेर लाठी चार्ज गर्यो। सोमबार रातिसम्म..

जनतालाई कोरोनाको त्रास : कञ्चनपुरको लालझाडी गापा अध्यक्ष मदन बडायकलाई मोजमस्ती (हेर्नुस भिडियो )

देश कोरोना भाइरसको संक्रमणले त्रासमय बनिरहेको बेला कंचनपुर जिल्लाको एक गाउपालिका अध्यक्ष पिकनिकमा मोजमस्ती गरिरहेको भिडियो भाइरल बनिरहेको छ। कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष मदन बडायक गाउँपालिकाको बजेटमा आयोजित पिकनिकमा मोजमस्तीमा रमाइरहेको भिडियो भाइरल बनिरहेको हो । भिडियोमा अध्यक्ष बडायकले  लगाइरहेको कमिज फुकालेर एक..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना