खोजी/अनुसन्धान

प्रहरीमा भ्रष्टाचारको आशंका, लेखाले देखायो चासो

संसदको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीका लागी आवश्यक लत्ताकपडा लगायतका सामान खरिदमा अनियमिता भएकोबारे चासो देखाउँदै गृहमन्त्रालयसँग विवरण माग गरेको छ । प्रहरी प्रमुख उपेन्द्रकान्त आर्याल तथा एआईजीहरु विरेन्द्रबावु श्रेष्ठ र रमेश शेखर बज्राचार्यले कमिशन खाएर सार्वजनिक खरिद ऐन २०६३ विपरीत पार्का ज्याकेट, कटन झुल, पाईन्ट..

कामै नगरी भारतीय जिएमआरलाई ६७ अर्ब ५० करोड छुट

व्यवासायिक कारोबारको कागजात भन्दै लगानी बोर्डले सार्वजनिक नगरेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको आयोजना विकास सम्झौता(पिडिए) राष्ट्रिय सूचना आयोगको निर्देशनमा सोमबार सार्वजनिक गरिएको छ । जलस्रोत क्षेत्रका जानकार रतन भण्डारीले उक्त पिडिए उपलब्ध गराइदिन लगानी बोर्डलाई आग्रह गर्नुभएपनि व्यापारिक विषय भन्दै उपलब्ध गराउन मानेको..

माओवादी खेलकुद महासंघको हरिबिजोग, पेरिस डाँडामै प्रचण्डको अपमान, युवराज लामा भागे

एमाओवादीनिकट अखिल नेपाल खेलकुद महासंघभित्रको विवाद चर्किएर गएको छ । गत फागुन २३ एमाओवादी अध्यक्ष प्रचण्डले टिकेप्रथाबाट नयाँ नेतृत्व छनोट गर्न खोजेपछि महासंघको विवाद सतहमा आएको हो । फागुन २३ गते महासंघको पहिलो राष्टिय सम्मेलन कार्यक्रममा प्रचण्डले एकलौटी रुपमा युवराज लामालाई अखिल नेपाल खेलकुद महासंघको अध्यक्ष घोषणा गरेपछि यसको..

पाँच महिना बिजुली, वर्षैभरि भाडा

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा स्विच थिचेर नेपालतर्पm पठाइएको बिजुली जम्मा पाँच महिनाका लागि रहेको तर प्रसारण लाइनको भाडा भने वर्षैभरि तिर्नुपर्ने सम्झौता गरिएको खुलेको छ । पाँच महिनाका लागि ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनबाट ८० मेगावाट बिजुली आयात भए पनि नेपालले उक्त प्रसारण लाइन उपयोग गरेबापत हरेक महिना साढे आठ करोड..

नेपाली भूमिमा चिनियाँ सीसी क्यामेरा

सरकारले चीनसँग किमाथांका नाका सञ्चालनमा ल्याउने सहमति गरेसँगै चीन प्रशासनले त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता बढाएको छ । नाका आसपास चहलपहल तीव्र भएपछि सतर्कता बढाएको हो । चीन प्रशासनले कामुखोलामा रहेको मितेरी पुलनजिक नेपाली भूमितर्फ सीसी क्यामेरा जडान गरेको  आजको अन्नपूर्णमा समाचार छ । केही समयअघिसम्म खुला रहेको नाका हिजोआज भने..

सेनाले भन्यो–देश टुक्राउन खोज्नेलाई छोड्दैनौं, ‘सैनिक शासन’ लागू गर्ने संकेत

केही समयता देशका तराई तथा अन्य क्षेत्रमा राष्ट्रिय अखण्डताविरोधी क्रियाकलाप नियन्त्रण गर्न कडारुपमा प्रस्तुत हुने संकेत नेपाली सेनाले दिएको छ । आइतबार सम्मपन्न पृतनापतिहरुको समन्वयात्मक बैठकमा मन्तब्य दिँदै प्रधान सेनापति राजेन्द्र क्षेत्रीले देश टुक्राउन खोज्ने दल र समूहविरुद्ध सेना कडारुपमा प्रस्तुत हुने संकेत दिएका हुन्..

प्रधानमन्त्री ओलीको भ्रमणमा भारतले राखेको ‘खतरनाक’ प्रस्ताव सार्वजनिक,

प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न भारत भ्रमणको क्रममा नेपाली प्रतिनिधिमण्डललाई भारतीय पक्षकोतर्फबाट नेपाल टुक्राउने धम्की दिइएको रहस्य सार्वजनिक भएको छ । भ्रमणसँगै गएका सांसदसहितको प्रतिनिधि मण्डललाई भारतीय सेना र खुफिया विभागका अवकाश प्राप्त अधिकारीसहितको भारतीय कुटनीतिज्ञको टोलीले नेपाललाई पूर्वी पाकिस्तान जस्तो..

अकुत सम्पत्ति कमाएको आरोपमा उच्च पदस्थ ६३ माथि अख्तियारको छानविन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति कमाएको आरोपमा ६३ उच्च कर्मचारीमाथि छानविन थालेको छ। नेपाल सरकारका ५ सचिवसहित विशिष्ट श्रेणीका १५ जना, सात महानिर्देशकसहित प्रथम श्रेणीका २० जना र द्वितिय श्रेणीका २८ जना उच्च पदस्थ कर्मचारीले अकुत सम्पत्ति कमाएको आरोपमा छानबिन थालिएको हो। नयाँ पत्रिका दैनिकमा समाचार छ। एकैपटक यति..

म्यानपावर अनुगमनमा क्लिन चिटका लागि मागियो पाँच लाख

श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनी अनुगमन सुरु गरेको छ । सरकारले २९ जेठमा निर्णय गरेर २१ असारदेखि फ्रि भिसा, फ्रि टिकटको निर्णय लागु गरे यता म्यानपावर व्यवसायीले रोजगारीका लागि विदेश जाने कामदारसँग बढी पैसा लिएको गुनासो बढ्न थालेपछि मन्त्रालय र विभागले अनुगमन बढाएको जनाएको छ । हाल मन्त्रालय अन्तर्गत..

काठमाडौं उपत्यकामा नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ

काठमाडौं उपत्यकामा नक्कली सवारी चालक अनुमति पत्र लाइसेन्स बनाउने गिरोहलाई दरबारमार्ग प्रहरीले पक्राउ गरेको छ। रसुवा धैबु २ घर भइ बागबजारमा बुद्ध स्क्रिन प्रिन्ट सञ्चालन गर्ने लालबहादुर तामाङ, गुल्मी हर्दिनेटा ५ घर भइ भक्तपुर बस्ने साजन न्यौपाने र काठमाडौं विशालनगरका जितेन्द्र खड्कालाई पक्राउ गरेको हो। नक्कली लाइसेन्स बनाएर हिड्ने..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना