खोजी/अनुसन्धान

मूल्य न्यून देखाएर अर्बौं राजस्व छलिँदै

सरकारी उदासीनताले महँगा मूल्यका घरजग्गा किनबेच गर्दा वास्तविक मूल्य लुकाउने प्रवृत्ति बढ्दो छ। यसले बर्सेनि अर्बौं राजस्व चुहावट हुँदै आएको छ। मुलुकभरका सहरी क्षेत्र, तराई र काठमाडौं उपत्यकामा घरजग्गाको भाउ अकासिएका बेला राजस्व छल्न किनबेचको यथार्थ मूल्य नदेखाउने प्रवृत्ति बढेको हो। घरजग्गा कारोबारमा अहिले चार प्रतिशत राजस्व..

ट्रंपको आगमनले त्रासमा आप्रवासी नेपाली

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ खाने दिन (जनवरी २०) नजिकिँदै गर्दा अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीमा चिन्ता बढ्दो छ। निर्वाचन जित्नेबित्तिकै ट्रम्पले दोहोर्‍याएको 'आपराधिक गतिविधिमा संलग्न गैरकानुनी आप्रवासीलाई डिपोर्ट गर्ने' घोषणाले उनीहरुको ध्यान खिचेको छ। राष्ट्रपतिको पदभार ग्रहण गरेकै दिनदेखि..

लहान–ठाडी सडक : कागजमा कालोपत्रे देखाएर तीन करोड घोटाला

सिरहाको लहान बजारलाई भारतसँग जोड्ने लहान–ठाडी सडकमा कागजमा कालोपत्रे देखाएर करोडौँ भ्रष्टाचार गरिएको छ । लहान अस्पताल चोकदेखि १८ किलोमिटर लम्बाइको सो सडकको पाँच किलोमिटर खण्ड तीन वर्षअघि कालोपत्रे गरिएको सडक डिभिजन कार्यालय लहानको रेकर्डमा छ । वास्तविकता भने अर्कै छ । सो खण्डको एक किलोमिटर सडक हालसालै कालोपत्रे गरिएको छ भने अन्य भाग..

५० करोड कमिसन नपाएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्याैलमा

दुई देशबीच औपचारिक सम्झौतापछि गर्नुपर्ने र हुनुपर्ने प्राय सबै काम सम्पन्न भइसकेका छन् । चिनियाँ प्राविधिक टोली पोखरा आइसकेको छ । शुक्रबारदेखि उनीहरुले काम थालेका छन् । त्यसको ठिक २४ घण्टाअघि पोखरामै आएर नेपाल सरकारका पर्यटन तथा नागरिक उड्डययन मन्त्री जीवनबहादुर शाही बोले, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा..

खोटाङ कारागारका कैदीबन्दी कुहिएको चामल खान बाध्य

जिल्ला कारागार खोटाङका कैदीबन्दी लामो समयदेखि कुहिएको चामल खान बाध्य भएका छन् । नेपाल खाद्य संस्थान, डिपो कार्यालय दिक्तेलबाट खरिद गरेर कैदीबन्दीका लागि लगिएको चामल कुहिएको पाइएको हो । संस्थानबाट कारागार लगिने चामल आर्थिक वर्ष २०७१÷७२ मा प्याकिङ गरेको पाइएको छ । “सडिएर अमिलो भइसकेको चामल खुवाएपछि हामीले सम्बन्धित निकायमा पटकपटक कुरा..

पोखरामा सार्वजनिक जग्गा अतिक्रमण व्यापक

नगर विकास समितिबाट निवृत्त सिनियर इन्जिनियर किसानसिंह गुरुङलाई याद छ– पोखरामा ६ सयभन्दा बढी चौतारा थिए । ‘अहिले गन्दा ५० वटा पनि छैनन्,’ उनी भन्छन्, ‘मिच्दा–मिच्दा सकिन लागे ।’ चौतारा त मिचिए भने ठूला–ठूला फाँटहरू के भए होलान् ? ‘के बाँकी राख्थे,’ उनले भने, ‘मिच्ने मात्रै छन्, खोज्ने कोही छैनन् ।’ पोखराका सार्वजनिक जग्गा अतिक्रमण..

छिनमै हराउँछ मन्दिरबाट भेटी

गोरखा जिल्लाका प्रसिद्ध धार्मिक स्थल मनकामना, गोरखकाली र गोरखनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी छिनमै हराउँछ। भेटी चढाएर भक्तजन ओझेल परिनसक्दै नगदा तथा गरगहना पुजारीको खल्तीमा पुग्छ। मनकामनामा कति भक्तजनले दर्शन गरे भन्ने यकिन तथ्यांक नभए पनि मनकामना दर्शन प्रालिले वर्षमा कतिजना केबुलकार चढ्छन् भन्ने तथ्यांक राख्छ। प्रालिका अनुसार..

भागबन्डाको दबाबले निर्णयविहीन बन्दै त्रिवि

विभिन्न आन्दोलन तथा दलीय भागबन्डाको दबाबका कारण त्रिभुवन विश्वविद्यालय निर्णयविहीन हुँदै गएको छ । पछिल्लो समय डा. गोविन्द केसीको आमरण अनशन तथा प्राध्यापकहरूका संघ–संगठनले भागबन्डाका लागि दबाब दिइरहेका कारण त्रिविले महतवपूर्ण निर्णय गर्न सकेको छैन । त्रिविले विभिन्न संकाय तथा अध्ययन संस्थानमा पूर्णकालीन डिन नियुक्त गर्न सकेको छैन ।..

डिजेलमा बदमासी : काठमाडौं ल्याएको डिजेल फेरि भारत पुग्यो

पछिल्लो समय काठमाडौंमा न लोडसेडिङ छ, न नाकाबन्दी । तर, डिजेलको माग दिन दुई गुणा रात चारगुणाले बढ्दै गयो र, आइतबार १८ लाख लिटर पुग्यो । यसले ट्यांकरहरुले नेपाल ल्याएको तेल पेट्रोल पम्पहरुमा नखन्याइ भारतमा नै फर्काएर बेच्न थालेका त होइनन् भन्ने आशंका जन्मायो । र, सरकारले बजार अनुगमन बढायो । अनुगमनसँगै काठमाडौंमा डिजेलको दैनिक माग घटेको छ ।..

पर्यटनमन्त्रीले चीनसँगकाे सम्झाैता ‘राष्ट्रघाती’ भनेपछि पोखरा विमानस्थल निर्माण अलपत्र हुने अाश‌ंका

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण गर्ने काममा फेरि कालो बादल मडारिएको छ । सरकारकै पक्षबाट बखेडा झिक्न सुरु गरिएपछि चिनियाँ सहयोग र ऋणबाट बन्ने आयोजना अवरुद्ध भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १ मा भव्य समारोहबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यको शिलान्यास गरेका थिए । शिलान्यास समारोहमा..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना