खोजी/अनुसन्धान

प्रसारण लाइन निर्माणमा एमालेको अवरोध

मुलुकलाई उज्यालो बनाएको नपचाउने एक संगठित गिरोह जसरी भएपनि लोडसेडिङ गराउने धन्दामा लागेको पाइएको छ । सुख्खायाममा भारतबाट विद्युत् आयात गर्ने लक्ष्यका साथ निर्माण भइरहेको रक्सौल परवानीपुर अन्तरदेशिय प्रसारण लाइन निर्माणमा एमालेका नेता एवम् पूर्व यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडललगायतको समूहले अवरोध गरेको पाइएको आजको..

हायात होटलको अर्बौंको सरकारी सम्पत्ति भारतीयको कब्जामा

काठमाण्डौंको जोरपाटी वौद्धस्थित हायात होटलमा भएको नेपाल सरकारको अर्वाैंको लगानी भारतीय व्यवसायीहरुको कब्जामा जाँदै गर्दा सरकारी छानबिन टोली यसमा अध्ययन गर्नसमेत असफल भएको छ । हायत होटलले नेपाल सरकारको १५० रोपनी जग्गा उपयोग गरेको लगभग २४ वर्ष पुगेको छ । ठूलाबडाले आफ्नो प्रभावको प्रयोग गरेर कसरी सरकारी सम्पत्तिको दुरुपयोग गर्छन्..

फेरि व्यूँतियो ओलम्पिक कमिटीको विवाद, रोकियो साधारणसभा

डेढ वर्ष अघि समाधान भयो भन्ने ठानिएको नेपाल ओलम्पिक कमिटीको विवाद पुनः व्यूँतिएको छ । र, बिहीबारका लागि तय भएको साधारणसभा रोकिएको छ ।अन्तराष्ट्रिय मान्यता प्राप्त ध्रुवबहादुर प्रधान नेतृत्वको कमिटी र राष्ट्रिय मान्यता प्राप्त रुक्मशम्शेर राणा नेतृत्वको ओलम्पिक कमिटीको नाममा झण्डै ८ वर्ष विवाद चलेको थियो । तर, गत वर्ष भदौमा दुबै..

शारीरिक सम्पर्कपछि पैसा विवाद नमिल्दा ट्याक्सी चालकको मृत्यु

जोरपाटीका ट्याक्सी चालक राजकुमार लामाको स्वभाविक मृत्यु नभएर इँटा प्रहार गरी हत्या गरिएको रहस्य खुलेको छ । नयाँबस्ती प्रहरी बिट अगाडिको भट्टी पसलमा मदिराले मातिएका लामालाई इँटा प्रहार गरेर हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे छर्तीछापकी सरिता तामाङ (नाम परिवर्तन), सोलु काँकुकी संगीता राई, मागधन..

‘लोकमानको आड’मा यसरी हुँदैछ हेलिकोप्टर खरिदमा भ्रष्टाचार

लोकमान थन्किए तर उनको आडमा सम्धीहरुले थालेको राज्य रित्याउने खेल भने जारी छ । यो त्यही जहाज कम्पनीसँग सम्बन्धित काण्ड हो, जसमा सानो संलग्नताको निम्ति पूर्वभारतीय वायुसेनाध्यक्ष सशिन्द्रपाल त्यागी गतसाता समातिएका छन् । जनआस्था साप्ताहिक  समाचारमा लेख्छ- इटालियन कम्पनीसँग ३६ सय करोड रकम बराबरको हेलिकोप्टर खरिदसम्बन्धी कारोबारमा चार..

एभरेष्ट होटल डेढ वर्षदेखि बन्द हुनुको रहस्य

भूकम्प गएको एक महिनासम्म लगातार सञ्चालनमा रहेर मनग्य नाफा कमाएको काठमाण्डुको नयाँ बानेश्वरमा अवस्थित एभरेष्ट होटल एकाएक बन्द भएपछि अहिलेसम्म सञ्चालनमा आएको छैन । बाहना भूकम्पको भनिए पनि यो होटल बन्द हुनुको रहस्य बेग्लै छ । गलत रिपोर्ट पेश गरेर बीमा दाबी गर्ने दाउ र पुराना २ सय ७७ जना कर्मचारीहरु हटाएर नयाँ कर्मचारी राख्ने होटल..

कुकुरलाई पकाएको खाना खान बाध्य छन् घरेलु श्रमिक

घरेलु श्रमिकका रुपमा काम गर्दै आउनुभएकी काभ्रेपलाञ्चोककी सुनमाया तामाङले पुल्चोकको एउटा घरमा काम गर्दा दैनिक कुकुरलाई पकाएको खाना खाने गरेकी थिइन्। घरबेटीलाई महँगो चामलको भात आफैँ पकाइदिएर उनी कुकुरलाई पकाएको खाना खाने गरेकी थिइन्। खाजामा एकसाताको बासी र गन्हाउने खाना खान उनी बाध्य थिइन्। त्यस घरमा उनले घरबेटीले प्रयोग गर्न छाडेको..

मेडिकल सञ्चालकलाई लाभ हुने गरी संसदीय समितिको निर्देशन

संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिले मेडिकल कलेज सञ्चालकलाई अनुकूल हुने गरी स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठित उपसमितिले दिएका सुझावमध्ये शुल्कलगायत विषयमा व्यवसायीलाई फाइदा हुने गरी निर्देशन दिएको हो । निर्देशन संसद्मा छलफल चरणमा रहेको चिकित्सा..

जब आकाशबाट शहरभरी स्याउ वर्षिए

आकासबाट पानी तथा हिउँ वर्षिएको कुरा त कुनै समाचारको विषय भएन । तर जब आकासबाट स्याउको वर्षा हुन्छ त्यो पक्कैपनि खबर बन्दछ । हो बेलायतको कन्वेन्ट्री सहरमा स्याउको वर्षा भएपछि सबै अचम्ममा परे । एकाबिहानै स्याउ वर्षिन थालेपछि सहरबासीहरु आश्चर्यचकित भए । केही वर्ष अघिको यो घटनामा आकासबाट वर्षिएका स्याउले सहरलाई अस्तव्यस्त बनायो । बाटोमा..

पोर्चुगलमा नेपालीको बिजोग, कता भाग्ने ?

पोर्चुगलमा यतिखेर थुप्रै नेपालीको रुवाबासी छ  । वर्षौंदेखि आवाशिय र काम गर्ने भिसा, नियुक्ती पत्र र प्रवेशाज्ञा कुरेर बसेका नेपालीको अहिले बिजोग छ । गत सेप्टेम्बर महिनापछि त्यसरी  भिसा वा अन्य प्रवेशाज्ञा कुरेर बसेका  अाप्रवासीलाई अब पोर्चुगिज सरकारले स्विकार नगर्ने निर्णय गरेपछि नेपालीहरु अप्ठेरामा परेका हुन् । पोर्चुगलमा पेपर..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना