खोजी/अनुसन्धान

५० करोड कमिसन नपाएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्याैलमा

दुई देशबीच औपचारिक सम्झौतापछि गर्नुपर्ने र हुनुपर्ने प्राय सबै काम सम्पन्न भइसकेका छन् । चिनियाँ प्राविधिक टोली पोखरा आइसकेको छ । शुक्रबारदेखि उनीहरुले काम थालेका छन् । त्यसको ठिक २४ घण्टाअघि पोखरामै आएर नेपाल सरकारका पर्यटन तथा नागरिक उड्डययन मन्त्री जीवनबहादुर शाही बोले, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा..

पोखरामा सार्वजनिक जग्गा अतिक्रमण व्यापक

नगर विकास समितिबाट निवृत्त सिनियर इन्जिनियर किसानसिंह गुरुङलाई याद छ– पोखरामा ६ सयभन्दा बढी चौतारा थिए । ‘अहिले गन्दा ५० वटा पनि छैनन्,’ उनी भन्छन्, ‘मिच्दा–मिच्दा सकिन लागे ।’ चौतारा त मिचिए भने ठूला–ठूला फाँटहरू के भए होलान् ? ‘के बाँकी राख्थे,’ उनले भने, ‘मिच्ने मात्रै छन्, खोज्ने कोही छैनन् ।’ पोखराका सार्वजनिक जग्गा अतिक्रमण..

छिनमै हराउँछ मन्दिरबाट भेटी

गोरखा जिल्लाका प्रसिद्ध धार्मिक स्थल मनकामना, गोरखकाली र गोरखनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी छिनमै हराउँछ। भेटी चढाएर भक्तजन ओझेल परिनसक्दै नगदा तथा गरगहना पुजारीको खल्तीमा पुग्छ। मनकामनामा कति भक्तजनले दर्शन गरे भन्ने यकिन तथ्यांक नभए पनि मनकामना दर्शन प्रालिले वर्षमा कतिजना केबुलकार चढ्छन् भन्ने तथ्यांक राख्छ। प्रालिका अनुसार..

भागबन्डाको दबाबले निर्णयविहीन बन्दै त्रिवि

विभिन्न आन्दोलन तथा दलीय भागबन्डाको दबाबका कारण त्रिभुवन विश्वविद्यालय निर्णयविहीन हुँदै गएको छ । पछिल्लो समय डा. गोविन्द केसीको आमरण अनशन तथा प्राध्यापकहरूका संघ–संगठनले भागबन्डाका लागि दबाब दिइरहेका कारण त्रिविले महतवपूर्ण निर्णय गर्न सकेको छैन । त्रिविले विभिन्न संकाय तथा अध्ययन संस्थानमा पूर्णकालीन डिन नियुक्त गर्न सकेको छैन ।..

डिजेलमा बदमासी : काठमाडौं ल्याएको डिजेल फेरि भारत पुग्यो

पछिल्लो समय काठमाडौंमा न लोडसेडिङ छ, न नाकाबन्दी । तर, डिजेलको माग दिन दुई गुणा रात चारगुणाले बढ्दै गयो र, आइतबार १८ लाख लिटर पुग्यो । यसले ट्यांकरहरुले नेपाल ल्याएको तेल पेट्रोल पम्पहरुमा नखन्याइ भारतमा नै फर्काएर बेच्न थालेका त होइनन् भन्ने आशंका जन्मायो । र, सरकारले बजार अनुगमन बढायो । अनुगमनसँगै काठमाडौंमा डिजेलको दैनिक माग घटेको छ ।..

पर्यटनमन्त्रीले चीनसँगकाे सम्झाैता ‘राष्ट्रघाती’ भनेपछि पोखरा विमानस्थल निर्माण अलपत्र हुने अाश‌ंका

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण गर्ने काममा फेरि कालो बादल मडारिएको छ । सरकारकै पक्षबाट बखेडा झिक्न सुरु गरिएपछि चिनियाँ सहयोग र ऋणबाट बन्ने आयोजना अवरुद्ध भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १ मा भव्य समारोहबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यको शिलान्यास गरेका थिए । शिलान्यास समारोहमा..

नेपालको जलविद्युतमा तेस्रो देशको लगानी रोक्न भारतले ल्यायो ‘नयाँ नियम’

भारतले यसै साता जारी गरेको क्रस बोर्डर विद्युत् व्यापार निर्देशिकाले नेपालमा जलविद्युत् विकासलाई ठूलो चुनौती खडा गरेको छ । भारतीय लगानीबाहेकका जलविद्युत् कम्पनीबाट विद्युत् खरिदलाई नियन्त्रित गर्ने भारतीय नीतिले नेपालमा तेस्रो देशको लगानीको सम्भावना लगभग सकिएको छ । विद्युत् व्यापारलाई रणनीतिक, राष्ट्रिय र आर्थिक महत्वको मुद्दा..

अनुमतिबिनै नेपालमा रामदेवको लगानी

योगगुरु रामदेवले अनुमति नै नलिई पतञ्जली आयुर्वेद प्रालिमार्फत नेपालमा लगानी गरिरहेको खुल्न आएको छ । लगानी गर्नुअगावै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ वा लगानी बोर्ड ऐन २०६८ अनुसार स्वीकृति लिनुपर्ने भए पनि त्यो नलिई उनले आर्थिक कारोबार गरेका हुन् । रामदेव नै सेयर सदस्य रहेको मुनाफा वितरण नगर्ने पतञ्जली योगपीठ तथा..

रामदेवको एक अर्ब लगानीले नेपालीको ६ अर्ब जोखिममा. अत्तालियो सरकारी आयुर्वेद औषधि उद्योग

भारतीय योगगुरु रामदेवले बारामा तामझामका साथ आयुर्वेदिक औषधि उद्योग खोलेसँगै नेपाली आयुर्वेद औषधि उद्योगीहरु आफ्नो लगानी डुब्ने चिन्तामा परेका छन् । रामदेवले नेपालमा आयुर्वेद औषधि उद्योग खोल्दै यस क्षेत्रमा मात्रै १ अर्ब लगानी गर्ने घोषणा गरेका छन् । जबकि अहिले नेपालीहरुले सञ्चालन गरिरहेका आयुर्वेद उद्योगहरुमा ६ अर्ब भन्दा ठूलो..

अर्बौंको सरकारी जग्गा गुम्न लागेपछि हायात होटल छानविनमा

पूर्वाधारका हिसाबले देशकै ठूलो पाँचतारे होटल हायात रिजेन्सीमा ‘व्यवस्थापनले जालझेल गरी राज्यको सम्पत्ति हडप्न खोजेको’ भन्दै सरकारले छानबिन सुरु गरेको छ। यो होटल जोरपाटीस्थित एक सय ५० रोपनी सरकारी जग्गामा निर्माण भएको हो। त्यसैबापत सुरुआतमा सरकारको भागमा ३९ प्रतिशत सेयर परेको थियो। तर, होटलको निजी साझेदारले ‘जालझेल गरी’ सरकारको..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना