खबर

ड्युटीमा रहेका प्रहरी हवल्दार यादवमाथि गोली प्रहार

मोटरसाइकलमा आएको समूहले प्रहार गरेको गोली लागेर गम्भीर  घाइते बनेका सप्तरीक प्रहरी हवल्दार महेन्द्र चतरी यादवको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भैरहेको छ । उनलाई सप्तरीमा बुधबार राति ८:१५ बजे अज्ञात समूहले गोली प्रहार गरेको थियो । खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका प्रहरी चौकी विसनपुरका हवल्दार..

युरोपीय संघबाट ब्रिटेन अलग हुने योजना (ब्रेक्जिट डिल) बेलायती संसदबाट भारी मतले अस्वीकृत

प्रधानमन्त्री टेरिजा मेको युरोपीय संघबाट ब्रिटेन अलग हुने योजना (ब्रेक्जिट डिल) बेलायती संसदबाट भारी मतले अस्वीकृत भएको छ । प्रधानमन्त्री मेको प्रस्तावका पक्षमा २०२ सांसदले समर्थन गरे भने विपक्षमा ४३२ सांसदले मत दिए । प्रधानमन्त्री मेकै कन्जरभेटिभ पार्टीका ११८ सांसदले पनि ब्रेक्जिट डिलको विपक्षमा मत दिए । तर विपक्षी लेबर पार्टीका..

ढुंगेसाँघु मेलामा दर्शकको गलाबाटै सिक्री तान्ने दुई जना पक्राउ

पोखराको ढुंगेसाँघु मेला हेर्न हेर्न आएका महिलाको गलाबाट सिक्री तानेर भाग्न खोज्ने दुई जनालाई रंगेहात पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका वडा नम्बर २३ बस्ने १८ बर्षका निरज राय यादव र सोही जिल्लाको निचुटा बस्ने वर्ष १८ का विकास सिं छन् । ढुंगेसाँघु मेलामा यसअघि पनि लुटपाट र चोरीका घटना भैरहेको अनुभव..

किशोरीलाई जबर्जस्ती गर्न खोज्ने सैनिक जवान समातेर बुझाउँदा उल्टै तीन स्थानीय पक्राउ

राति शाैच गर्न निस्केकी किशोरीलाई जबर्जस्ती गर्न खोज्ने एक सैनिक जवानलाई रंगे  हात समातेर प्रहरीमा बुझाउन लगेका तीन जना स्थानीय बासिन्दालाई प्रहरीले हिरासतमा लिएपछि सिरहाको मिर्चैया बजार तनावग्रस्त बनेको छ । राति ९ बजेतिर श्रीगोरख गण चोहर्वाका तीनजना सैनिक जवानले किशोरीको बलात्कार प्रयास गरेको स्थानीयको आरोप छ । राति शाैच गर्न..

प्रहरी र तस्करबीच गोली हानाहान, एक तस्करको मृत्यु, एक प्रहरी जवान घाइते

 रुपन्देहीको शंकरपुरमा प्रहरी र तस्कर बीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ भने एक प्रहरी जवान घाइते भएका छन् । प्रहरीले हानेको गोलीबाट करीब ३०/३५ वर्षका पुरुष मारिएका छन् । मृतकको परिचय खुलेको छैन । तस्करले हानेको गोली लागी  प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको छ । जिल्ला प्रहरी ..

लाइसेन्स परीक्षामा अनियमितता गर्ने भेरी यातायात प्रमुखसहित ११ कर्मचारीलाई तीन महिना जेल सजाय

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महिना जेल सजाय तोकिएको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले सबै कर्मचारीलाई भ्रष्टाचारी ठहर गर्दै जेल सजाय सुनाएको हो । कार्यालय प्रमुख पवन सुवेदी र..

सरकारी कर्मचारी र जनप्रतिनिधिहरुको रक्सी पार्टीका कारण खाडा गाउँ ध्वस्त, प्रहरी हवल्दारमाथि कारवाही

सरकारी कर्मचारी र जनप्रतिनिधिहरुकै नेतृत्वमा कालिकोटको खाडामा गत साता भएको रक्सी पार्टीका कारण आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । रक्सी र मासु सहितको पार्टीबाट फालिएको चुरोटको ठुटोबाट फैलिएको आगोले उग्र रुप लिंदा खाडा गाउँ ध्वस्त भएको थियो । रक्सी र मासु सहितको पार्टी गर्ने कर्मचारी र जनप्रतिनिधि तथा आगलागी..

कर्णालीका जनता भोकै, जनप्रतिनिधिको तलब ८७ प्रतिशत वृद्धि

कर्णालीका जनता खाने अन्न नपाएर भोकभोकै बस्न वाध्य छन । तराई-मधेशका जनता न्यानो लुगा नपाएर जाडोले कठ्याङ्ग्रिदै मर्ने गरेका छन् । किसानहरु मलखाद समयमा नपाउँदा त्यत्तिकै खेती लगाउन मजबुर छन् । भुकम गएको चार वर्ष बितिसक्दा पनि पिडितहरु नाङ्गो आकाशमुनि मरेतुल्य भएर बाँचिरहेका छन् । संघीयताका नाममा व्याप्त भ्रस्टाचार, अन्याय, अत्याचार,..

निर्मला पन्त हत्या काण्डमा प्रमाण नष्ट गर्ने र निर्दाेषलाई यातना दिने आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन निर्देशन

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन निर्देशन दिएका छन् । उनीहरुलाई अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दाेष व्यक्तिलाई पक्राउ गरेर यातना दिएको आरोप लगाइएको छ । एआइजी धिरू बस्न्यात नेतृत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा मुद्दा..

अखिल (क्रान्तिकारी) कास्की अध्यक्ष गुरुङ गिरफ्तार, नि:शर्त रिहा नगरे परिणाम भयानक हुने चेतावनी

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्कीका जिल्ला अध्यक्ष काजी गुरुङलाई गए राती प्रहरीले गिरफ्तार गरेको छ । अद्यक्ष गुरुङ गिरफ्तारीमा परेको जानकारी जिल्ला उपाध्यक्ष आस्था नेपालीले आफ्नो फेसबुक स्टाटसमार्फत दिएकी छिन । आफ्नो फेसबुक स्टाटसमा उनले अघि भनेकी छिन, 'अखिल (क्रान्तिकारी) कास्की जिल्ला..

Exchange Rate

Nepali Patro