खबर

साफ महिला फुटबल : नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं,  ११पुस  । चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले सोमबार भुटानसँग खेल्दैछ । खेल भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा रंगशालामा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपालले समूह चरणमा  माल्दिभ्स र श्रीलंकासँग पनि खेल्नेछ । यी तीनै देशसँग यसअघिका सबै खेलमा नेपाल विजयी भएको छ..

पश्चिमाञ्चलले हात पार्यो पहिलो स्वर्ण पदक

जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पश्चिमाञ्चलले पहिलो स्वर्ण पदक हात पारेको छ । पोखरा रङ्गशालामा आइतबार आयोजित लन टेनिस खेलबाट पश्चिमाञ्चलले पहिलो स्वर्ण जितेको हो । पुरुष टिम इभेन्टमा पश्चिमाञ्चलले एपिएफलाई ३–० ले पराजित ग¥यो । पश्चिमाञ्चलका कुमार अधिकारीले श्रीराम मगरलाई ६–३, ६–१ मा तथा नवीन मगरले सन्तोष खत्रीलाई..

सातौँ राष्ट्रिय खेलकुद : जुडोका दुई खेलाडी घाइते

झापा, १० पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जुडोका दुई खेलाडी घाइते भएका छन् । धुलाबारीस्थित पासाङल्हामु हलमा खेल्ने क्रममा सुदूरपश्चिमका खेलाडी घाइते भएका हुन् । घाइते हुनेमा कम्मानसिंह विष्ट र शेखा श्रेष्ठ रहेका छन् । विष्ट ५५ किलोमुनि तौल तथा श्रेष्ठ ६३ किलोमुनि तौलमा भिड्ने क्रममा घाइते भएका हुन्..

म्यानचेस्टर युनाइटेडको भव्य सँस्कृतिको समय गयो : मोएज

काठमाडौं, १० पुस । सन्डरल्याण्डका प्रशिक्षक डेविड मोएजले म्यानचेस्टर युनाइटेडको भव्य सँस्कृतिको समय गएको बताएका छन् । म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक मोएजका अनुसार लामो समयदेखि क्लबको जुन भव्य सँस्कृति थियो, त्यो अहिले गइसकेको छ । स्कटिस मोएजलाई एक सिजन भन्दा पनि कम अवधिमा सन् २०१४ मा म्यानचेस्टर युनाइटेडले बर्खास्त गरेको..

बंगबन्धु एसियन सिनियर पुरुष भलिबल : नेपालले आज अफगानिस्तानसँग खेल्ने

काठमाडौं,९ पुस । बंगबन्धु एसियन सिनियर पुरुष सेण्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले शिनिबार अफगास्तानसँग खेल्दैछ । इम रानाको कप्तानीमा रहेको नेपाल शुक्रबार बंगलादेशसँग पराजित भएको थियो । आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई हराएको थियो । प्रतियोगिताको अघिल्लो संस्करणमा सेमिफाइनलसम्म पुगेको नेपालले सोमबार कजाकिस्तानसँग..

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता : टेनिस खेल पोखरामा

काठमाडौं, ८ पुस । नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा शुक्रबारदेखि पूर्वाञ्चलमा सुरू भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत लनटेनिस खेल पोखरामा हुने भएको छ। प्रतियोगितामा ६ इभेन्टमा महिला र पुरूष गरी ६७ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । १६ स्वर्ण, १६ सिल्भर र ३२ काँस्यका लागि प्रतिस्पर्धा गर्ने शुक्रबार..

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट सुरु हुँदै

 विराटनगर, ८ पुस  । सातौँ राष्ट्रिय खेलकुद शुक्रबारदेखि पूर्वाञ्चलमा सुरु हुँदैछ । एक हप्तासम्म हुने प्रतियोगितामा विभिन्न ३५ खेलमा २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । पदका लागि तीन हजार ९७२ जना खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले प्रतिभावान..

एसियन सेन्ट्रल जोन सिनियर भलिबलमा नेपाल आज माल्दिभ्ससँग खेल्दै

काठमाडौं, पुस । एसियन सेन्ट्रल जोन सिनियर भलिबल च्याम्पियनसिपमा नेपालले बिहीबार माल्दिभ्ससँग खेल्दैछ । खेल बंगलादेशको ढाकामा बेलुका सवा ६ बजे सुरु हुनेछ । बंगलादेशमा भएको प्रतियोगिताको अघिल्लो संस्करणमा नेपाल माल्दिभ्ससँगै सेमिफाइनलमा पराजित भएको थियो । प्रतियोगितामा नेपालले बंगलादेश, अफगानिस्तान र काजकिस्तानसँग पनि खेल्नेछ..

रियल मड्रिडमाथिको प्रतिबन्ध घट्यो

एजेन्सी, ६ पुस । स्पेनिस क्लब रियल मड्रिडमाथि नयाँ खेलाडी अनुवन्ध गर्न लागेको प्रतिबन्ध घटेको छ । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रियल मड्रिडमाथि दुई ट्रान्सफर विन्डोमा नयाँ खेलाडी अनुवन्ध गर्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो । तर क्लबको अपिलमाथि सुनुवाई गर्दै प्रतिबन्ध एक ट्रान्सफर विन्डोमा सीमित गरिएको हो । रियल मड्रिडले..

यु–१९ क्रिकेट : नेपाली टोली आज फर्किंदै

काठमाडौं, ५ पुस । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट खेल्न श्रीलंका गएको नेपाली टोली मंगलबार फर्किंदै छ । नेपाली टोली हिमालयन एयरलाइन्समार्फत बेलुका साढे ८ बजे काठमाडौं आइपुग्ने छ । समूह चरणबाटै बाहिरिएको नेपाली टोली तीन खेलमा एकमा मात्रै विजयी भएको थियो । मलेसियालाई एक विकेटले हराएको नेपाली टोली भारतसँग ६ विकेट तथा श्रीलंकासँग एक..

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro