खबर

१८ महिने नाबालकमाथि चिरपट

प्ाोखरा महानगरपालिका वडा नम्बर ९ महेन्द्रपलमा एक महिलाले १८ महिने बालकलाई चिरपट प्रहार गरि घाईते बनाएकी छन् । मकवानपुर घर भई हाल महेन्द्रपुलमा बस्दै आएकी लक्ष्मी राईर्ले सोही स्थानमा बस्ने सिता राईको १८ महिने छोरा उज्वललाई कुटपिट गरि घाईते बनाएकी छन् ।  घाईते नाबालकको मणिपाल अस्पतालमा उपचार भईरहेको र कुटपिट गर्ने महिलालाई..

पोखरा विमानस्थलमा अल्ट्राफ्लाईटको जाईरोकोप्टर दुर्घटना

पोखरा विमानस्थलमा अल्ट्राफ्लाईटको जाईरोकोप्टर दुर्घटना भएको छ । दिउँसो करिब २ बजे साईट सिन गरेर फर्केर ल्याण्ड गर्ने क्रममा धावन मार्गबाट चिप्लेर बाहिर जाँदा दुर्घटना भएको पोखरा विमानस्थलका निर्देशक भोलाप्रसाद गुरागाईले बताए । जाईरोकोप्टरमा पाईटल फ्रेन्च नागरिक क्याप्टन एरिक र पर्यटक अनिश भट्टचन सवार थिए । दुर्घटनामा परेका पाईटल..

बागलुङमा २ पुरुषको शव फेला

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ को कालीगण्डकी नदीकिनारमा एक व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक झवेन्द्र भट्टराईले जानकारी दिए । शवको पहिचान हुनसकेको छैन । शव परीक्षणका लागि जिल्ला सदरमुकामस्थित धवलागिरी अञ्चल अस्पताल ल्याइएको छ..

आफ्ना नेता-कार्यकर्तामाथि व्यापक दमन भएकोमा ने.क.पा. नेत्री आस्था आक्रोशित

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गण्डकी ब्युरोले आफ्ना नेता- कार्यकर्ता माथिको दमन र गिरफ्तारी तत्काल बन्द गर्न सरकारसंग जोडदार माग गरेको छ । ने.क.पा.की केन्द्रीय सदस्य एबम  गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा 'आस्था'ले आइतबार एक प्रेस  विज्ञप्ति जारी गर्दै आफ्ना नेता- कार्यकर्तामाथिको दमन र गिरफ्तारी तत्काल..

युवतीलाई झुक्याएर बसमा तौलिहवा पुर्याउने दुई जनालाई प्रहरीले कागज गराई शंकास्पदरुपमा छाड्यो

पोखराबाट नारायणगढ जान हिंडेकी एक युवतीलाई बिहीबार साँझ झुक्क्याएर कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा पुरयाउने दुई जना बसका कर्मचारीलाई प्रहरीले कागज गराई शंकास्पदरुपमा छाडेको छ । पोखरा – तौलिहवा चल्नेलु १ ख ३९४९ नम्बरका बस चालक स्याङजाको गल्याङ नगरपालिका– ७ का बुद्ध बहादुर बिक र वडा नम्बर ९ तल्लो गल्याङ– ९ का सह चालक छबीलाल..

आज नेपाल बन्द आयोजना गरिएको छैन : ने.क.पा.

बैशाख २३ गते नेपाल बन्द भएको भन्दै समाचारहरु व्यापक रूपमा सामाजिक सञ्जालहरूमा आइरहेपछी त्यसदिन आफ्नो पार्टीले कुनै बन्दको आयोजना नगरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ । सो पार्टीको आधिकारिक मुखपत्र मानिएको ईरातोखबर डट कमका अनुसार, बैशाख २३ गते नेपाल बन्द भएको भन्दै समाचारहरु व्यापक रूपमा सामाजिक सञ्जालहरूमा..

ने.क.पा. को गोर्खा इन्चार्ज कुमाल र सेक्रेटरी भट्ट गिरफ्तार

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई प्रहरीले गिरफ्तार गरेको छ। उनीहरूलाई पालुङटार नगरपालिका वडा नं. ७ को खोलाघाटस्थित फरक फरक ठाउँबाट पकाउ गरिएको बताइएकाे छ। आइतबार साँझ छ बजे ने.क.पा.जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई पक्राउ गरिएको र..

एसइईको प्रश्नपत्र आउट गर्ने प्रहरी जवानद्वय कारागार चलान

माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र परीक्षा अगावै आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई प्रहरी जवानलाई जिल्ला अदालत सिरहाले पूर्पक्षका लागि कारागार पठाएको छ । अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रहरी जवानद्वय ब्रहमदेव यादव र..

आफ्नै शिशुलाई बेवारिसे छोडेको आरोपमा पूर्वसभासद साह पक्राउ

आफ्नो नवजात शिशुलाई अस्पतालमा बेवारिसे छाडेको आरोपमा प्रहरीले पूर्वसभासद गायत्री साह र उनको श्रीमानलाई पक्राउ गरेको छ । साहले २८ फागुनमा मेडिसिटी अस्पतालमा छोरालाई जन्माएकी थिइन् । तर, बच्चामा डाउन सिन्ड्रोम देखियो । अस्पतालको लापरवाहीका कारण डाउन सिन्ड्रोम भएको बच्चाको जन्म भएको साह र उनको परिवारको आरोप छ । बच्चाको आजीवन उपचार..

प्रधानमन्त्रीले कांग्रेसलाई जिस्काएपछि संसदमा हाँसोको फोहोरा, सभामुख अनविज्ञ

प्रधानमन्त्री केपी ओलीले शुक्रबारकोतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका नेताहरुलाई जिस्काएपछी हाँसोको फोहोरा चल्यो । प्रधानमन्त्री ओलीलाई सभामुखले धन्यवाद प्रस्ताव टेबुल गर्न रोस्टममा बोलाउँदा ओली रोस्टमतिर नगई कांग्रेसका नेतातिर गएर जिस्किएका थिए। शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रगान बजे लगत्तै सभामुख कृष्णबहादुर..

Exchange Rate

Nepali Patro