खबर

अखिल (क्रान्तिकारी) अध्यक्ष ढकाललाई रिहा गर्न ११ बिद्यार्थी संगठनको २४ घन्टे अल्टिमेटम, सशक्त आन्दोलन गर्ने चेतावनी

आफुहरुले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनबाट आफूहरुकै अगाडी गिरफ्तार गरिएका अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकालको रिहाईका लागि ११ विद्यार्थी संगठनहरुले सरकारलाई २४ घन्टे अल्टिमेटम दिएका छन् । उनीहरुले शुक्रबार साँझ संयुक्त विज्ञप्ति निकालेर सरकारलाई २४ घन्टे अल्टिमेटम दिएका हुन् । यसरी सरकारलाई २४ घन्टे..

अदालतले छाडेपनि ने.क.पा. गोर्खाका इन्चार्ज र सेक्रेटरी फेरि गिरफ्तार

जिल्ला अदालत गोरखाले धरौटीमा रिहा गर्न आदेश दिएपनि विप्लव नेतृत्वकाे ने.क.पा.का दुई नेतालाई प्रहरीले फेरि गिरफ्तार गरेको छ । पार्टीका जिल्ला इञ्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई प्रहरीले फेरि गिरफ्तार गरेको हो  । उनीहरुलाई अदालतले पाँच/पाँच हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रहरीलाई घाइते बनाएको र बम..

प्रेस स्वतन्त्रताबिरोधी मिडिया काउन्सिल विधेयक : शिव गाउँले

प्रेस काउन्सिल गठनका विभिन्न मोडल छन्। न्याय कानुन क्षेत्रका पदाधिकारी, पत्रकार र सरोकारवालाहरूले प्रेस सामग्री अनुगमन गर्ने, प्रतिवेदन तयार गर्ने, सुधारका लागि सुझाव दिने, बहस र छलफल गर्ने निकायका रूपमा यो संस्थाले अभ्यास गर्ने गरेको पाइन्छ। प्रजातान्त्रिक प्रणालीमा मुख्यतया प्रेसमाथिका गुनासा सुन्ने र पत्रकार तथा सम्पादकलाई..

अखिल (क्रान्तिकारी) अध्यक्ष ढकाल पत्रकार सम्मेलनबाटै गिरफतार

विप्लव नेतृत्वको ने.क.पा.निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जिबी ढकाललाई आज काठमाडौ अनामनगरस्थित युनियन हाउसमा ११ विद्यार्थी संगठनहरुद्वारा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनबाट प्रहरीले गिरफ्तार गरेको छ । विहीबार विद्यार्थी संगठनको संयुक्त बैठकले तीनवटा निर्णय गरेको थियो r सोही निर्णयहरु..

हिन्दु परम्परा अनुसार संस्कार नगरेको भन्दै कविरापन्थी धर्म मान्ने यादव परिवारलाई सामाजिक वहिष्कार, गाउँबाटै बिस्थापित

  हिन्दु परम्परा अनुसार १३ दिने काजकिरियाको संस्कार नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि कविरापन्थी धर्म मान्ने बाराको एक परिवार गाउँ छोड्न बाध्य भएको छ। कविरापन्थी धर्म मान्ने बाराको सुवर्ण गाउँपालिका ६ धरमपुर गाउँका ६१ वर्षीया अनुठा यादवको वैशाख १५  गते हृदयघातका कारण उपचारका क्रममा कलैया अस्पतालमा निधन भएको थियो। ६१..

बुढीगण्डकी जलविद्युत् आयोजनामा कमिसनको खेल : क्षमता घटाउने प्रयासमा प्रम ओली !

कमिसनको खेलमा राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाको क्षमता घटाउने प्रयास भइरहेको छ । जलमाफियाहरूको योजनाअनुसार प्रधानमन्त्री कार्यालयले १२ सय मेगावाटको आयोजनालाई आठ सय मेगावाटमा खुम्च्याउन छलफल थालेको छ । क्षमता घटाएर चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनी ९सिजिजिसी०लाई आयोजना सुम्पिने प्रधानमन्त्री केपी ओलीको..

अखिल (क्रान्तिकारी) पाल्पा जिल्ला अध्यक्ष गैरे गिरफ्तार

नेत्रबिक्रम चन्द 'बिप्लब' निकट बिद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) पाल्पा जिल्ला अध्यक्ष मुक्ति गैरेलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई प्रहरीले पाल्पा जिल्लाको तानसेनस्थित  सितलपाटीबाट साझको ७:३० बजे गिरफ्तार गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । उनी यसअघि पनि गिरफ्तार भै रिहा भएका थिए । पाल्पामा..

पुष्पकमल दाहाल बर्बराहटका रहस्यहरु : प्रकाश मल्ल

एक दिन प्रचण्डले भने– 'विप्लव प्रचण्ड बन्ने कोसिस गर्दैछन्, यो सम्भब छैन । मेरो नक्कल गर्दैछन्, यो सम्भव छैन ।' बिचरा प्रचण्डले २०७६ वैशाख २२ भनेछन्– 'जङ्गल जाने रे ।' हत्तेरी आफ्नो दुनो सोझो भएनजस्तो छ । फेरि केपीलाई तर्साउन जङ्गल जान्छु भनेका होलान् । प्रचण्डज्यु, त्यो धम्कीको पारा केपीले बुझिसकेका छन् । उनलाई केही फरक पर्दैन । उनी त सबै..

ने.क.पा.का पोलिटव्युरो सदस्य भरत बमसहित दुई जना गिरफ्तार

सरकारद्धारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतुत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रभावसाली युवा नेता एबम पोलिटव्युरो सदस्य भरत वम ‘रणविर’ लाई प्रहरीले गिरफ्तार गरेको छ । नेपालगन्ज कोहलपुरको विचमा रहेको गनापुरको एक गाउँवाट वुधवार उनलाई गिरफ्तार गरिएको पार्टी सम्बद्ध समाचारस्रोतले जानकारी दिएको छ । बमसंगै रहेका कालिकोटका..

तनहुँबाट जनसरकार प्रमुखसहित दुई जना ने.क.पा.का नेता गिरफ्तार, ने.क.पा. तनहुँको आपत्ति

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी तनहुँका दुई जना जिल्ला कमिटी सदस्यलाई प्रहरीले मंगलबार गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका वडा नं १ नाहाला बस्ने ६६ वर्षीय शिवशङ्कर अधिकारी र व्यास नगरपालिका वडा नं ७ सत्रसय बस्ने ४१ वर्षीय विवेक भन्ने टेकबहादुर विक रहेका छन्..

Exchange Rate

Nepali Patro