खबर

रक्सौल नपुगेका गोतामेलाई भेनेजुएला र इजरायल पुगेको भन्दै राज्यविरुद्ध अपराध मुद्दा

असार ३ गते जिल्ला अदालत काठमाडौंको ११ नम्बर इजलासमा एउटा मुद्दाको बहस भइरहेको थियो। न्यायाधीश श्रीकृष्ण भट्टराई सोध्दै थिए, 'भेनेजुएला किन गएको?' अभियुक्त बनेर खडा भएका व्यक्तिले जवाफ फर्काए, 'भनेँ त, गको छैन।' 'भेनेजुएला कहाँ पर्छ, थाहा छ ?' न्यायाधीशले भट्टराईले अर्को प्रश्न गरे। 'थाहा छैन सर। मलाई केही पनि थाहा छैन,' ढाकाटोपी र चस्मा लगाएका..

पारवहन सन्धि बिपरित नेपाली मालबाहक सवारीलाई जोगबनी बजारको रुट प्रयोगमा रोक

नेपाल–भारतबीच भएको द्विपक्षीय पारवहन तथा मैत्री सन्धि बिपरित भारतीय पक्षले बिना सूचना नेपाली  मालवाहक सवारीलाई जोगबनी बजारको रुट प्रयोगमा रोक लगाएको छ । फारबीसगञ्जको नगरस्तरीय प्रशासन कार्यालयले चार दिनदेखि नेपालले प्रयोग गर्दै आएको जोगबनी बजारको रुटबाट मालबाहक सवारी जान रोक लगाएको हो । भारतीय अवरोधका कारण नेपाली मालवहाक सवारी..

जनताको घरमा बसिरहेका ने.क.पा. कार्यकर्तामाथि गोली प्रहार गरी दोहोरो भिडन्तको हल्ला : दमन बन्द नगरे प्रतिरोध गर्ने ने.क.पा.को चेतावनी

सङ्खुवासभा जिल्लाको सिलिचुङ - १ मा विप्लव नेतृत्वको ने.क.पा. कार्यकर्ता र प्रहरीबीच दोहोरो भिडन्त भएको ब्यापक हल्ला गरिएको अबस्थामा बिद्रोही ने.क.पा.ले भने शान्तिपूर्ण राजनीतिक कार्यक्रमकालागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि सरकारले प्रहरी परिचालन गरी तीव्र दमन गरेको आरोप लगाएको छ । ने.क.पा.का..

बाँके खोलाका सम्पूर्ण क्रसर उद्योग तत्काल बन्द गर्न ने.क.पा.को निर्देशन, ठेकेदार, घुसिया जनप्रतिनिधि र प्रशासनका विरुद्ध आवश्यक आन्दोलन गर्न अपिल

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जनक ब्युरोले स्सर्लाही जिल्लाको बाँके खोलामा संचालित सम्पूर्ण क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएको छ । ने.क.पा. जनक ब्युरो इन्चार्ज अरुणले आज एक प्रेस बिज्ञप्ति प्रकाशित गर्दै यस्तो निर्देशन दिएका हुन् बाँके खोलाको दुवै तर्फ ठेकदारहरुले प्रशासनसँग मिली सञ्चालित अबैध क्रसर उद्योगले..

नेपाली काङ्ग्रेस, अर्जुनचौपारी गाउपालिका पोखरा समितिको प्रारम्भिक भेलाबाट महेश्वर रिमालको अध्यक्षतामा गाउपालिकास्तरिय सम्पर्क समिती गठन ।

स्याङ्जा जिल्ला, अर्जुनचौपारी गाउपालिका स्थायी घर भइ हाल पोखरामा स्थायिअस्थायी रुपमा बसोबास गर्नुहुने नेपाली काङ्ग्रेस आवद्ध कार्यकर्ताहरुको गाउपालिका स्तरिय प्रारम्भिक भेला नेपाली काङ्ग्रेसका अगुवा कार्यकर्ता बिष्णु प्रसाद काफ्लेको अध्यक्षता तथा संविधानसभा सदस्य राजु थापाको प्रमुख आतिथ्यतामा आज पोखरा-१७, बिरौटा स्थित सनफ्लावर..

भूकम्प पीडितहरुबाट गैरकानूनी रुपमा रकम असुल्ने १९ प्राविधिकको जागीर चट

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितहरुबाट गैरकानूनी रुपमा रकम असुल गरेको आरोप लगाउंदै पुनर्निर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारबाही गरेको छ । प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिकहरुलाइ भूकम्प पीडितहरुलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको..

उत्तर कोरियाली भुमि टेक्दा गर्वको अनुभूति गरेका ट्रम्पले उत्तर कोरियाली सेना प्रमुखलाई सलाम ठोके

उत्तर कोरियालाई कुनै बेला संसारकै महान शत्रु ठान्ने अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको जमिन टेकना पाउँदा आफुलाई गर्वको महशुश भएको बताएका छन् l त्यति मात्र हैन संसारकै शक्तिशाली देश भनेर दाबी गर्ने अमेरिकाका रास्ट्रपति ट्रम्पले उत्तर कोरियाली सेना प्रमुखलाई सलाम गरेको तस्बीर पनि सार्वजनिक भएको छ । उत्तर कोरियाली सेना..

डन लामाले हाँकेको कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, लामा फरार, कार घरबाट बरामद

विराटनगरमा 'डन'को रुपमा परिचित जग्गा कारोवारदेखि मिटर ब्याजको धन्दा चलाइरहेका किरण लामाले चलाएको कारले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका ४ बरगाछीमा शनिबार राति लामाले हाँकेको  बा२०च ७४० नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिँदा विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय शंकरकुमार मिश्रको मृत्यु भएको हो । मिश्र..

क्षतिपुर्ति माग गरेका स्थानीय बासिन्दा माथि प्रहरीले गोली बर्सायो, एकको मृत्यु, अर्का घाइते

खोलामा बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि विरोध प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दामाथि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । प्रहरीको गोली लागेर सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकाका-१३ का २७ वर्षिय सत्यनारायण महतोको मृत्यु भएको छ भने अर्का एक जनाको..

भात खुवाइको भोज खाएका ४१ गाउँले बिरामी

तनहुँ जिल्लाको भानु नगरपालिका–३, खहरेका धनराज श्रेष्ठको घरमा भोज खाएका ४१ गाउँले बिरामी परेका छन् । श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी गाउँले शनिबार एकैपटक बिरामी परेका हुन् । बिरामी परेका स्थानीयवासीलाई झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने लक्षण देखापरेको छ । बिरामीमध्ये तीनलाई थप उपचारका लागि..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना