खबर

साफ महिला फुटबल – भारतसँग सेमिफाइनलमा भिड्दै नेपाल

काठमाडौं १८ पुस । चौथो साफ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपाल र भारत भिड्दैछन् । तीन संस्करणको फाइनलमा भिडेका दुई टोलीबीच यो पटक भने अन्तिम चारमै भेट भएको छ । र, यो खेललाई नेपाल र भारत दुबैले फाइनल सरह मानेका छन् । खेल भारत सिलिगुडीको कञ्चनजंगा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजेपछि हुनेछ । महिला फुटबलमा..

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप : नेपाललाई १२ स्वर्ण , नेपाली प्रशिक्षक उत्कृष्ट

काठमाडौं, १८ पुस ।   भारतको कोलकातामा भएको पहिलो खुल्ला टिआइए अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले १२ स्वर्णसहित ३५ पदक जितेको छ । पाँचदिन चलेको च्याम्पियनसिपमा नेपालले १२ स्वर्ण, ८ रजत र १५ कास्य पदक जितेको हो । नेपालले फाइटमा ९ र पुम्सेमा ३ स्वर्ण पदक हात पारेको हो । नेपाली टोलीका प्रशिक्षक रोसन खान उत्कृष्ट प्रशिक्षक..

आठौँ फाल्गुनन्द गोल्डकप : झापासँग कालेङपुङ ७-० ले पराजित

 फिदिम,१७ पुस । पाँचथरको फिदिममा भइरहेको आठौँ फाल्गुनन्द गोल्डकपमा झापाले भारत कालेङपुङको शेर क्लबलाई ७-० गोल अन्तरले पराजित गरेको छ । जितसँगै झापा क्वाटरफाइनलमा पुगेको छ । झापाको सानदार जितमा कर्ण लिम्बूले चार गोल गरे । राजन श्रेष्ठले दुई गोल र निसान खड्काले एक गोल गरे । खेल सुरु भएकोे १३ औँ मिनेटमा बुद्ध चेम्जोङले निकालेको बललाई कर्ण..

रोनाल्डोले गीतमार्फत दिए नयाँ वर्षको शुभकामना

एजेन्सी, १७ पुस  । फुटबलर क्रिष्टियानो रोनाल्डोले नयाँ वर्ष सन् २०१७ को शुभकामना गीतमार्फत दिएका छन् । पोर्चुगलका कप्तान तथा रियल मड्रिडका स्ट्राइकर रोनाल्डोले आफ्नो ट्वीटर ह्याण्डलमार्फत पोर्चुगल भाषामा शुभकामना दिँदै लेखेका छन् ‘म तपाईहरुलाई २०१७ साल सबैभन्दा राम्रो होस् भन्ने शुभकामना दिन चाहान्छु ।’ लगतै यसको तल उनले..

हल सिटी र इभर्टनबिचको खेल बराबरी

एजेन्सी,  १६ पुस । प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा हल सिटी र इभर्टनबिचको खेल २–२ को बराबरीमा सकिएको छ । खेल सुरु भएको छैठौं मिनेटमै सिटीले गोल गर्दै अग्रता लिएको थियो । सिटीका क्पतान मिचेल डसनले छैठौं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका हुन् । प्रिमियर लिगको यो सिजनमा डसनको यो तेस्रो गोल हो । पहिलो हाफको अतिरिक्त समयमा..

सकियो सातौं राष्ट्रिय खेलकुद , आठौं मध्यपश्चिमाञ्चलमा हुने

 इटहरी, १५ पुस । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा गर्दै सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार समापन भएको छ । प्रतियोगिताको सुनसरीको धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा समापन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न कठिनाइ र भौतिक पूर्वाधार अभाव भए पनि राष्ट्रको गौरव राख्नेगरी..

साफ फुटबल – श्रीलंकालाई हराउँदै नेपाल बन्यो समूह विजेता

काठमाडौं, १५ पुस  । चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले हराएको छ । नेपालकी सपना लामाले खेलको ८७ औँ मिनेटमा गोल गरिन् । जितसँगै नेपाल समूह एको विजेता बनेको छ । शुक्रबारको खेलअघि नै नेपाल सेमिफाइनलमा पुगिसकेको थियो । नेपालले समूह चरणका सबै खेल जितेको छ । आफ्नो..

चीनिया फुटबल क्लबले माग्याे रोनाल्डो

काठमाडौं, १५ पुस । चीनको एउटा फुटवल क्लबले रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई २५० मिलियन पाउण्डमा चीन लैजान प्रस्ताव रियलसँग गरेको छ । पोर्चुगल खेलाडीका एजेन्ट जर्ज मेन्डेसका अनुसार रोनाल्डोलाई वार्षिक ८५ मिलियन पाउण्ड तलवमा चीन लैजान रियल मड्रिडसँग चिनियाँ क्लबले प्रस्ताव गरेको बिविसीले उल्लेख गरेको छ । उनले..

साफ महिला च्याम्पियनसिप – नेपालले आज श्रीलङ्कासँग खेल्दै

काठमाडौं, १५ पुस  । चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा नेपालले विजय लक्ष्यका साथ शुक्रबार श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । यस खेलबाट समूह ‘ए’ को विजेताको टुङ्गो लाग्नेछ । प्रतियोगितामा समूहको विजेता र उपविजेता..

विश्वकप फुटबलमा ४८ देश सहभागी हुने

एजेन्सी,१४पुस । विश्वकप फुटबलमा ४८ देशले सहभागी गराउने योजनामा धेरै देशका फुटबल एसोसिएसनले समर्थन गरिरहेको विश्व फुटबलको प्रशासकीय निकाय फिफाका अध्यक्ष जानी इन्फान्टिनोले बताएका छन् । फिफाका अध्यक्ष इन्फान्टिनोले डिसेम्बरको सुरुमा एक समूहमा तीन देश रहने गरी १६ समूहमा विभाजन गरेर ४८ देशलाई विश्वकप खेलाउने प्रस्ताव गरेका थिए..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro