खबर

“नालायक मन्त्री राजीनामा दे” भन्ने स्थानिय बासिन्दालाई प्रहरीले लखेटे

"नालायक मन्त्री राजीनामा दे" भन्दै नारा लगाउने काठमाण्डौको साँखुका बासिन्दालाइ प्रहरीले लाठी प्रहार गर्दै लखेटेको छ। मालपोत कार्यालय साँखुलाई सुविधायुक्त मालपोत कार्यालय घोषणा गरेर फर्किएकी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्याललाई साँखुका बासिन्दाले आज "नालायक मन्त्री राजीनामा दे" भन्दै नाराका साथमा कालोझण्डा..

गरीब, असहायको नाममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सत्तारुढ नेकपाको चलखेल , बिबाद अख्तियारसम्म

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा सामाजिक सेवा ईकाई सञ्चालनका विषयलाई लिएर विवाद शुरु भएको छ । निर्देशिका विपरित आर्थिक प्रलोभनमा परी नियोजित ढंगले असल छिमेकी सहयोग संघ नेपाल (गोनेसा)लाई ल्याउन खोजिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा उजुरी समेत परेको छ । सामाजिक सेवा ईकाई..

उर्जामन्त्री पुनको जिल्लामा बनेको २७ लाखको पुलको फोटो भाइरल : अनियमितता नभएको गापा प्रमुख खड्काको दाबी

केही दिन यता उर्जामन्त्री बर्षमान पुनको गृह जिल्ला रोल्पामा बनेको एउटा काठे पुल सामाजिक सञ्जालमा निकै चर्चामा छ र भाइरल पनि बनिरहेको छ पनि । जिल्लाको पूर्वी क्षेत्र बडाचौर र पाङ जोड्ने यो पुल चिटिक्क देखिन्छ । सोच्न सकिन्छ, यो पुल सामान्य जनश्रमदान र कमै रकममा बनाउन सकिन्छ र बन्छन् । तर यसको हल्ला भने अचम्मको छ । पुल २७ लाखमा बनेको भन्ने..

एम-१६ सहित जनमुक्ति सेनामा पसेका गुरुङलाई जेल हालिएपछि सत्तारुढ नेकपाका सांसदले गणतन्त्र रोक्नेलाई कारबाही गर्न माग गरे

दश बर्षे महान जनयुद्धका क्रममा हतियारसहित तात्कालीन जनमुक्ति सेनामा समाहित भएका तात्कालीन शाही सैनिकलाई नेपाली सेनाले गिरफ्तार गरी जेल पठाउने कार्यलाई तीब्रता दिन थालेको छ।  अन्तिम पटक तात्कालीन अबस्थामा एम-१६ नामको अत्याधुनिक हतियारसहित जनमुक्ति सेनामा प्रवेश गरेका गोरखा जिल्लाको आरुघाट गाउपालिका-७ का बिक्रम गुरुङलाई नेपाली..

ने.क.पा. कास्कीलाई फेरी अर्को झड्का, नयाँ जिल्ला सेक्रेटरी सुजन कार्यक्षेत्र आए लगत्तै गिरफ्तार

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीलाई फेरी अर्को ठुलो झड्का लागेको छ।  हालसालै मात्र नियुक्त भएर पोखरा आएका जिल्ला सेक्रेटरी लोकेन्द्र बिक"सुजन"ले राम्रोसंग जिम्मेवारी लिन नपाउंदै शनिबार दिउँसो पोखराबाट गिरफ्तार भएका छन्। नवनियुक्त सेक्रेटरी सुजनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दिउसो साढे ३ तिर पोखरा..

नेपाल-भारत दुईपक्षिय सम्झौता विपरीत भारतद्वारा दशगजा मिचेर प्रहरी चौकी निर्माण

दुई देशबीचको सन्धी सम्झौता विपरीत भारतीय पक्षले दशगजा क्षेत्र मिचेर  रुपन्देहीको बेलहिया क्षेत्रमा प्रहरी चौकी निर्माण गरेको छ । दुबै देशले दशगजाको ३० फिट सीमा छोड्नुपर्नेमा भारतीय पक्षले सीमाभित्र नै प्रहरी चौकी निर्माण गरी सन्धिको उल्लंघन गरेको हो । सीमा स्तम्भबाट नेपालतर्फ दशगजा क्षेत्रबाट थप २१ फिट जग्गा नेपालको बाँकी रहेको छ ।..

उच्च अदालत पोखराका तीन न्यायाधीशलाई कारबाही प्रक्रिया अघि बढाउन सर्वोच्चको आदेश

प्रादेशिक क्षेत्राधिकारको विषयमा गम्भीर त्रुटी गरेको भन्दै सर्वोच्च अदालतले उच्च अदालत पोखराका तीन जना न्यायाधीशविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन आदेश जारी गरेको छ । चितवनको भरतपुरस्थित आन्तरिक राजश्व कार्यालयका नाउमा अन्तरिम आदेश जारी गरेको विषयमा उच्च अदालत पोखराका तीन जना न्यायाधीशमाथि कारबाही प्रक्रिया अगाडि बढाउनका..

जनप्रतिनिधि र प्रशासनका कर्मचारीको मिलेमतोमा कास्कीबाट दुई तिब्बेतियन युवतीलाई नेपाली नागरिकता दिएको खुलासा

उत्तम पौडेल/राजेन्द्र अधिकारी, पोखरा।  स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालय कास्कीका कर्मचारीहरुको मिलेमतोमा दुई जना तिब्बेतियन युवतीलाई नागरिकता दिएको खुलासा भएको छ। पोखरा महानगरपालिका वडा नं १८  कार्यालयले बनाएको सिफारिशका आधारमा वडा १८ निवासी लेखबहादुर थापालाई बाबु करार गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले दुई जना..

विश्वमै सबैभन्दा अग्लो स्थान मनाङमै फेला पर्यो अर्को ताल

विश्वमै सबैभन्दा अग्लो स्थानमा रहेको मनाङको तिलिचो ताल भन्दा पनि अग्लो स्थानमा अर्को एक ताल फेला परेको छ। समुन्द्री सतहदेखि ५ हजार २ मिटर उचाईमा रहेको मनाङकै चामे गाउँपालिका अन्तरगतको लमजुङ हिमालको बेसक्याम्पमा अर्को ताल फेला परेको हो।  चामे गाउँपालिका वडा नम्बर ४ मा फेला परेको यस तालको नाम केजिन सारा लेक राखिएको छ र यो करिब १ किलोमिटर..

अमेरिकाद्वारा फेसबुकलाई पाँच अर्ब डलर जरिवाना, योगकर्ताको गोपनीयता उल्लङ्घन गरेको आरोप

गोपनीयतासम्बन्धी चासोहरूको व्यवस्थापन गर्न सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन्। अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ। फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ। कुनै पनि कम्पनीले प्रयोगकर्ताको..

Exchange Rate

Nepali Patro