खबर

कोरोनाको खोप पत्ता लगाएको डाक्टरको दाबी, सरकारबाट अनुमोदन हुनासाथ परीक्षण सुरु हुने

कोरोना भाइरसले मानव जातिको अस्तित्व नै खतरामा पार्ने सम्भावना देखिएको अवस्थामा अमेरिकाको पिटसवर्ग मेडिकल सेन्टर युनिभर्सिटी (यूपीएमसी)का डाक्टरले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको सम्भावित खोप पत्ता लगाएको बताएका छन् । उनीहरुले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत २१ जनवरीदेखि नै खोपको विकास सुरु गरिएको जानकारी दिएका हुन् । यो खोप..

जर्मनी प्रहरीका लागि मगाइएका मास्क अमेरिकाद्वारा कब्जा : अमेरिकामाथि ‘आधुनिक डकैती’ को आरोप

जर्मनी लैजान ठिक्क पारिएका दुई लाखबटा मास्क अमेरिकातर्फ लगिएपछि अमेरिकामाथि 'आधुनिक डकैती' को आरोप लगाइएको छ। बर्लिनस्थित एक स्थानीय सरकारले अमेरिकामा बनाइएका ती मास्क ब्याङ्ककमा जफत गरिएको बताएको छ। बर्लिनको प्रहरीका निम्ति मगाइएका ती FFP2 मास्क गन्तव्य पुग्न पाएनन्। बर्लिनका आन्तरिक मामिलामन्त्री आन्द्रियास गिजेलले ती मास्क..

कोरोनाबारे गलत हल्ला फैलाउने अमेरिकी नौसेनाका कमान्डर बर्खास्त

कोरोनाबारे गलत हल्ला फैलाएको आरोपमा अमेरिकी नौसेनाका कमान्डर क्याप्टेन ब्रोट क्रेजियरलाई बरखास्त गरिएको छ । यूएसएस थियोडोर रुजबेल्ट जहाजको नेतृत्व गरेका क्याप्टेन ब्रोट क्रेजियरले कोरोनाबारे भ्रम फैलाएसँगै उनलाई बर्खास्त गरिएको हो । झण्डै ५ हजार कर्मचारीकाे नेतृत्व गरेका क्रेजियरको जिम्मेवारी बिहीबारबाट खोसिएको एनबीसी न्युजले..

राजकुमार चार्ल्सलाई कोरोना भएको दुई दिन पछि प्रधानमन्त्री जोन्सनलाई पनि कोरना संक्रमण पुस्टि

राजकुमार चाल्सलाई कोरोना भएको दुई दिनपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ। प्रधानमन्त्री जोन्सनलाई कोरोनाको हल्का लक्षणहरू देखा परेको हो। उनलाई कोरोनाभाइरसको लागि इंग्ल्याण्डका प्रमुख मेडिकल अफिसर, प्रोफेसर क्रिस ह्विट्टीको व्यक्तिगत सल्लाहमा परीक्षण गरिएको बीबीसीले जनाएको छ..

कोरोना कहर : अमेरिकामा बेरोजगारी अचानक वृद्धि, गत साता तीन लाखभन्दा बढी बेरोजगारमा सुचिकृत

कोरोनाभाइरसको संक्रमणबाट उत्पन्न संकटका कारण अमेरिकामा बेरोजगारी अचानक वृद्धि भएको छ । अमेरिकामा गत साता तीन लाखभन्दा बढी मानिसले आफूलाई बेरोजगारका रुपमा सूचीकृत गराएका छन् । अमेरिकाको श्रम विभागको यो तथ्याङ्क आफैँमा आश्चर्यजनक मानिएको छ । किनकि एकसाथ यति ठूलो संख्यामा अमेरिकामा आफूलाई बेरोजगार भत्ताका लागि सूचिकृत गराएका थिएनन् ।..

न्‍यूज २४ एचडी टीभीका दुईसहित तीन पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि

कोरोना भाइरस संक्रमण सम्बन्धि समाचार संकलनका क्रममा सुरक्षा साबधानी नअपनाउदा पाकिस्तानमा न्‍यूज २४ एचडी टीभीका दुईजना सहित तीन जना पत्रकारलाई प्राणघातक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  डेली टाइम्स अनलाइनका अनुसार, तीनैजना पत्रकारको नाम भने खुलाइएको छैन। अर्का पत्रकार अबतक टीभीका हुन्।  उनीहरु पाकिस्तानको लाहोर र पूर्वी..

बेलायतका युवराज चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि

पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको बेलायतका युवराज चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। बकिङहम प्यालेसका एक प्रवक्ताले ७१ वर्षीय चार्ल्सलाई कोभिड-१९ पुष्टि भएको बुधबार जानकारी दिएका हुन्। ७१ वर्षीय राजकुमार चार्ल्सलाई सामान्य लक्षण देखिए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनका..

नेपालमा तेस्रो कोरोना भाइरसका बिरामी भेटिए

नेपालमा तेस्रो कोरोना भाइरस (कोभिड-१९) संक्रमित बिरामी भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।  काठमाण्डौको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुना परीक्षणमा नया कोरोना भाइरस (कोभिड-१९) संक्रमित बिरामी भेटिएका हुन् । ती बिरामी को हुन् भन्ने बारेमा खुलाइएको छैन। नेपालमा अहिलेसम्म छसय ८७ जनाको नमुना..

कोरोना रोकथामका लागि अमेरिकी सहायता प्रस्ताव इरानद्वारा अस्वीकार

कोरोना भाइरसविरुद्धको संक्रमण रोकथाम र नियन्त्रणका लागि अमेरिकी सहयोग इरानले अस्वीकार गरेको छ । इरानमा कोरोना संक्रमणका कारण मृतकको संख्या बढ्दै गएपछि अमेरिकाले मानवीय सहायता प्रस्ताव गरेको थियो । तर, त्यसलाई इरानले अस्वीकार गरेको बीबीसीले जनाएको छ । हाल इरानको मध्यपूर्वी क्षेत्र कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित छ । सो..

बिल गेट्सले माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिए

बिल गेट्सले माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका छन् । सामाजिक सेवामा सक्रिय रहने भन्दै उनले पदबाट राजीनामा दिएको माइक्रोसफ्टले जनाएको छ । माइक्रोसफ्टका अनुसार बिल गेट्स विश्वको स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा बढी काम गर्न चाहन्छन् । अब बिल गेट्स प्राविधिक सल्लाहकारको रुपमा मात्र कम्पनीमा रहनेछन्..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना