खबर

आफ्ना कार्यकर्तालाई अस्थायी जागीर खुवाउन ३८ अस्थायी कर्मचारीहरुको जागीर खोसुवा, सफल कृषि प्राविधिकहरुको पनि जागीर चट

आफ्ना कार्यकर्ता भर्ना गर्न गण्डकी प्रदेश सरकार अन्तरगत रहेको भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले ३८ जना अस्थायी कर्मचारीको जागिर खोसेको छ। प्रदेश सरकारले नै गत वर्ष नियुक्त गरेका ३८ जना अस्थायी कर्मचारीको जागीर खोसेर त्यही अस्थायी कर्मचारीका लागि कृषि मन्त्रालयले विज्ञापन आह्वान गरेको छ। प्रदेश मन्त्री परिषदको स्वीकृतिमा..

सेक्रेटरी सुजनलाई झुट्ठा मुद्दा लगाइएको भन्दै ने.क.पा. कास्कीको आपत्ति, सशक्त प्रतिरोधमा उत्रने चेतावनी

जिल्ला सेक्रेटरी सुजनलाई गिरफ्तार गरी पोखराको पृथ्वीचोकस्थित सस्तो बजारमा भएको आन्दोलनसंग सम्बन्धित मुद्दा चलाइएकोमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले आपत्ति जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी कास्कीका इन्चार्ज रुपेशले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै सेक्रेटरी सुजनलाई पोखराको पृथ्वीचोकस्थित सस्तो बजारमा भएको..

“नालायक मन्त्री राजीनामा दे” भन्ने स्थानिय बासिन्दालाई प्रहरीले लखेटे

"नालायक मन्त्री राजीनामा दे" भन्दै नारा लगाउने काठमाण्डौको साँखुका बासिन्दालाइ प्रहरीले लाठी प्रहार गर्दै लखेटेको छ। मालपोत कार्यालय साँखुलाई सुविधायुक्त मालपोत कार्यालय घोषणा गरेर फर्किएकी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्याललाई साँखुका बासिन्दाले आज "नालायक मन्त्री राजीनामा दे" भन्दै नाराका साथमा कालोझण्डा..

गरीब, असहायको नाममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सत्तारुढ नेकपाको चलखेल , बिबाद अख्तियारसम्म

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा सामाजिक सेवा ईकाई सञ्चालनका विषयलाई लिएर विवाद शुरु भएको छ । निर्देशिका विपरित आर्थिक प्रलोभनमा परी नियोजित ढंगले असल छिमेकी सहयोग संघ नेपाल (गोनेसा)लाई ल्याउन खोजिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा उजुरी समेत परेको छ । सामाजिक सेवा ईकाई..

उर्जामन्त्री पुनको जिल्लामा बनेको २७ लाखको पुलको फोटो भाइरल : अनियमितता नभएको गापा प्रमुख खड्काको दाबी

केही दिन यता उर्जामन्त्री बर्षमान पुनको गृह जिल्ला रोल्पामा बनेको एउटा काठे पुल सामाजिक सञ्जालमा निकै चर्चामा छ र भाइरल पनि बनिरहेको छ पनि । जिल्लाको पूर्वी क्षेत्र बडाचौर र पाङ जोड्ने यो पुल चिटिक्क देखिन्छ । सोच्न सकिन्छ, यो पुल सामान्य जनश्रमदान र कमै रकममा बनाउन सकिन्छ र बन्छन् । तर यसको हल्ला भने अचम्मको छ । पुल २७ लाखमा बनेको भन्ने..

एम-१६ सहित जनमुक्ति सेनामा पसेका गुरुङलाई जेल हालिएपछि सत्तारुढ नेकपाका सांसदले गणतन्त्र रोक्नेलाई कारबाही गर्न माग गरे

दश बर्षे महान जनयुद्धका क्रममा हतियारसहित तात्कालीन जनमुक्ति सेनामा समाहित भएका तात्कालीन शाही सैनिकलाई नेपाली सेनाले गिरफ्तार गरी जेल पठाउने कार्यलाई तीब्रता दिन थालेको छ।  अन्तिम पटक तात्कालीन अबस्थामा एम-१६ नामको अत्याधुनिक हतियारसहित जनमुक्ति सेनामा प्रवेश गरेका गोरखा जिल्लाको आरुघाट गाउपालिका-७ का बिक्रम गुरुङलाई नेपाली..

ने.क.पा. कास्कीलाई फेरी अर्को झड्का, नयाँ जिल्ला सेक्रेटरी सुजन कार्यक्षेत्र आए लगत्तै गिरफ्तार

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीलाई फेरी अर्को ठुलो झड्का लागेको छ।  हालसालै मात्र नियुक्त भएर पोखरा आएका जिल्ला सेक्रेटरी लोकेन्द्र बिक"सुजन"ले राम्रोसंग जिम्मेवारी लिन नपाउंदै शनिबार दिउँसो पोखराबाट गिरफ्तार भएका छन्। नवनियुक्त सेक्रेटरी सुजनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दिउसो साढे ३ तिर पोखरा..

नेपाल-भारत दुईपक्षिय सम्झौता विपरीत भारतद्वारा दशगजा मिचेर प्रहरी चौकी निर्माण

दुई देशबीचको सन्धी सम्झौता विपरीत भारतीय पक्षले दशगजा क्षेत्र मिचेर  रुपन्देहीको बेलहिया क्षेत्रमा प्रहरी चौकी निर्माण गरेको छ । दुबै देशले दशगजाको ३० फिट सीमा छोड्नुपर्नेमा भारतीय पक्षले सीमाभित्र नै प्रहरी चौकी निर्माण गरी सन्धिको उल्लंघन गरेको हो । सीमा स्तम्भबाट नेपालतर्फ दशगजा क्षेत्रबाट थप २१ फिट जग्गा नेपालको बाँकी रहेको छ ।..

उच्च अदालत पोखराका तीन न्यायाधीशलाई कारबाही प्रक्रिया अघि बढाउन सर्वोच्चको आदेश

प्रादेशिक क्षेत्राधिकारको विषयमा गम्भीर त्रुटी गरेको भन्दै सर्वोच्च अदालतले उच्च अदालत पोखराका तीन जना न्यायाधीशविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन आदेश जारी गरेको छ । चितवनको भरतपुरस्थित आन्तरिक राजश्व कार्यालयका नाउमा अन्तरिम आदेश जारी गरेको विषयमा उच्च अदालत पोखराका तीन जना न्यायाधीशमाथि कारबाही प्रक्रिया अगाडि बढाउनका..

जनप्रतिनिधि र प्रशासनका कर्मचारीको मिलेमतोमा कास्कीबाट दुई तिब्बेतियन युवतीलाई नेपाली नागरिकता दिएको खुलासा

उत्तम पौडेल/राजेन्द्र अधिकारी, पोखरा।  स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालय कास्कीका कर्मचारीहरुको मिलेमतोमा दुई जना तिब्बेतियन युवतीलाई नागरिकता दिएको खुलासा भएको छ। पोखरा महानगरपालिका वडा नं १८  कार्यालयले बनाएको सिफारिशका आधारमा वडा १८ निवासी लेखबहादुर थापालाई बाबु करार गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले दुई जना..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro