खबर

रियल मड्रिड लगातार ३८ खेलमा अपराजित

काठमाडाैं, २१ पुस । रियल मड्रिडले आफ्नो अपराजित यात्रा ३८ खेलमा पुर्‍याएको छ । रियल मड्रिडले स्पेनिस कोपा डेल रे अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सेभिल्लालाई ३–० ले हरायो । घरेलु मैदान बर्नाबेउमा भएको खेलमा रियल मड्रिडलाई जिताउन जेम्स रोड्रिग्वेजले दुई तथा राफाएल वारानेले एक गोल गरे । रियल मड्रिडले तीनै गोल पहिलो हाफमा गरेको हो । ११..

यी हुन् अन्तराष्ट्रिय खेलमा सफलता हात पार्ने न्यु जेन ताल्छीखेल डोजाङ्गका खेलाडी (फोटो फिचर)

काठमाडौँ २० पुस । नेपालमा पछिल्लो चरण खेल क्षेत्रमा एक पछी अर्को विकास भइरहेको छ । खेल जगतमा निकै पछि मानिएको नेपाल अहिले खेल क्षेत्रमा अगाडी बढिरहेको छ । गत डिसेम्बर २८ र २९ मा भारतको कोलकातामा सम्पन्न अन्तराष्ट्रिय (1st TIA INTERNATIONAL TAEKWONDO CHAMPIONSHIP) प्रतियोगितामा नेपालले सहभागिता जनाएको थियो। नेपालका तर्फबाट न्यु जेन ताल्छीखेल डोजाङ्गको..

हारबाट जोगियो आर्सनल, बोर्नमाउथसँग ३–३ को बराबरी

इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा आर्सनल हारबाट जोगिन सफल भएको छ । ५८ औं मिनेटसम्म ३–० ले पछि परेको आर्सनलले खेलमा पुनरागमन गर्दै बोर्नमाउथसँग ३–३ को बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा १६ औं मिनेटमा ड्यानिएल्स, २० औं मिनेटमा विल्सन तथा ५८ औं मिनेटमा फ्रासरको गोलबाट बोर्नमाउथले ३–० को अग्रता लिएको थियो । तर..

म्यानचेस्टर र टोटनह्यामबीच अंक बराबरी

एजेन्सी, १९ पुस । इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा जित निकाल्दै म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानको टोटनह्यामसँग अंक बराबरी गरेको छ । म्यानचेस्टर युनाइटेडले घरेलु टोली वेष्ट ह्यामलाई २–० ले हराएको हो । १५ औं मिनेटमा सोफियान फिगुली रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वेष्ट ह्याम १० खेलाडीमा सीमित भएको थियो..

भारतसँगको हारपछि सेमिफाइनलबाटै बाहिरियो नेपाल

काठमाडौं, १८ पुस । चीर प्रतिद्धन्दी भारतसँग ३-१ गोलले पराजित हुँदै नेपाल चौथो साफ महिला च्याम्पियनसीपको सेमिफाइनलबाटै बाहिरिएको छ । साफ च्याम्पियनसिपको अघिल्लो तीन संस्करणमा भारतसँग फाइनलमा पराजित भएको नेपाल यसपालि पहिलोपटक सेमिफाइनलमा भिडेको थियो। जसमा नेपालविरुद्ध पुरानै खेलाडी हावी देखिए। जसकारण नेपाल पहिलापटक सेमिफाइनलबाट..

साफ महिला फुटबल – भारतसँग सेमिफाइनलमा भिड्दै नेपाल

काठमाडौं १८ पुस । चौथो साफ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपाल र भारत भिड्दैछन् । तीन संस्करणको फाइनलमा भिडेका दुई टोलीबीच यो पटक भने अन्तिम चारमै भेट भएको छ । र, यो खेललाई नेपाल र भारत दुबैले फाइनल सरह मानेका छन् । खेल भारत सिलिगुडीको कञ्चनजंगा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजेपछि हुनेछ । महिला फुटबलमा..

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप : नेपाललाई १२ स्वर्ण , नेपाली प्रशिक्षक उत्कृष्ट

काठमाडौं, १८ पुस ।   भारतको कोलकातामा भएको पहिलो खुल्ला टिआइए अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले १२ स्वर्णसहित ३५ पदक जितेको छ । पाँचदिन चलेको च्याम्पियनसिपमा नेपालले १२ स्वर्ण, ८ रजत र १५ कास्य पदक जितेको हो । नेपालले फाइटमा ९ र पुम्सेमा ३ स्वर्ण पदक हात पारेको हो । नेपाली टोलीका प्रशिक्षक रोसन खान उत्कृष्ट प्रशिक्षक..

आठौँ फाल्गुनन्द गोल्डकप : झापासँग कालेङपुङ ७-० ले पराजित

 फिदिम,१७ पुस । पाँचथरको फिदिममा भइरहेको आठौँ फाल्गुनन्द गोल्डकपमा झापाले भारत कालेङपुङको शेर क्लबलाई ७-० गोल अन्तरले पराजित गरेको छ । जितसँगै झापा क्वाटरफाइनलमा पुगेको छ । झापाको सानदार जितमा कर्ण लिम्बूले चार गोल गरे । राजन श्रेष्ठले दुई गोल र निसान खड्काले एक गोल गरे । खेल सुरु भएकोे १३ औँ मिनेटमा बुद्ध चेम्जोङले निकालेको बललाई कर्ण..

रोनाल्डोले गीतमार्फत दिए नयाँ वर्षको शुभकामना

एजेन्सी, १७ पुस  । फुटबलर क्रिष्टियानो रोनाल्डोले नयाँ वर्ष सन् २०१७ को शुभकामना गीतमार्फत दिएका छन् । पोर्चुगलका कप्तान तथा रियल मड्रिडका स्ट्राइकर रोनाल्डोले आफ्नो ट्वीटर ह्याण्डलमार्फत पोर्चुगल भाषामा शुभकामना दिँदै लेखेका छन् ‘म तपाईहरुलाई २०१७ साल सबैभन्दा राम्रो होस् भन्ने शुभकामना दिन चाहान्छु ।’ लगतै यसको तल उनले..

हल सिटी र इभर्टनबिचको खेल बराबरी

एजेन्सी,  १६ पुस । प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा हल सिटी र इभर्टनबिचको खेल २–२ को बराबरीमा सकिएको छ । खेल सुरु भएको छैठौं मिनेटमै सिटीले गोल गर्दै अग्रता लिएको थियो । सिटीका क्पतान मिचेल डसनले छैठौं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका हुन् । प्रिमियर लिगको यो सिजनमा डसनको यो तेस्रो गोल हो । पहिलो हाफको अतिरिक्त समयमा..

Exchange Rate

Nepali Patro