उत्पीडितको आवाज

काठमाडौँको गोलढुङ्गामा गएराती स्थानीय बासिन्दाको कुटपिटबाट छिरिङको मृत्यु, घाइते दोर्जे पक्राउ

काठमाडौँको तार्केश्वर नगरपालिका–५ गोलढुङ्गामा गएराती स्थानीय बासिन्दाको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन्। स्थानीय बासिन्दाको कुटाइबाट रसुवा घर भई हाल कपुरधारा बस्दै आएका छिरिङ तामाङको मृत्यु भएको छ भने रसुवाकै दोर्जे तामाङ सामान्य घाइते भएका छन् । घाइते तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर थप..

बालिका अपहरण गरी होटलमा पुर्याएर सामुहिक वलात्कार गरेको आरोपमा पोखराबाट चार युवा पक्राउ

बालिका अपहरण गरी वलात्कार गरेको आरोपमा कास्की प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ।  पक्राउ परेका युवाहरुमा कास्की अन्नपूर्ण गाउँपालिका ३ बस्ने २४ वर्षीय कपिल गुरुङ, २२ वर्षीय योगेश थकाली, १९ वर्षीय पुकार गुरुङ र १८ वर्षीय सुशल गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुबाश हमालका ..

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको खोराकोमुखमा पहिरोले घर पुरिंदा एकैघरका तीन नाति-नातिनाको मृत्यु

अविरल बर्षासँगै झरेको पहिरोले गएराती कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ खोराकोमुखस्थित पाखा भन्ने स्थानमा प्रेमराज बिकको घर पुरिंदा उनका तीन जना नाति-नातिनाको घताबास्थालामा नै मृत्यु भएको छ । सो पहिरोमा परेर प्रम्राज विकका नातिद्वय समिर विक, कुशल विक तथा नातिनी रेजिना विकको मृत्यु भएको स्थानीयले जनाएका छन् । हालसम्म २ जनाको शव..

पतनको बाटोमा दलाल पुँजीवादी राज्यसत्ता : धर्मेन्द्र बास्तोला

संसद्मा प्राप्त दुईतिहाइ समर्थन र आफ्नै पार्टीको स्पष्ट बहुमत सधैँभरि देशको अकण्ट बह्मलुट गर्ने मालिक बत्रका लागि पर्याप्त हुन्छ भत्रे घमण्ड, अहंकार र आडम्बर केपी वली सरकारमा थियो । लोकतान्त्रिक संसद्वाद अपनाए पनि त्यसअनुरूप व्यवहार गर्न जिन ज्याक रुसोले भनेजस्तो ‘(The strongest is never strong enough to be always the master, unless he transforms strength into right and obedience into duty.) मजबुततम् मानिस..

पूर्वराजा ज्ञानेन्द्र शाहको चिया बगानमा कार्यरत मजदुर ज्याला नपाएपछि श्रम कार्यालय पुगे

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको झापास्थित हिमालय–महालक्ष्मी चिया बगानका मजदुर सेवासुविधा नपाएको भन्दै श्रम कार्यालय पुगेका छन् । चिया बगानले पछिल्लो समय ज्याला समयमा दिन छाडेको भन्दै मजदुरहरू बुधबार श्रम कार्यालयमा पुगेका हुन् । भद्रपुरस्थित श्रम कार्यालय पुगेका उनीहरूले समयमा ज्याला नपाएको तथा अन्य पारिश्रमिक पनि..

प्रतिरोधात्मक कारबाहीहरू सञ्चालन गर्न पार्टीका नेता तथा कार्यकर्तालाई बिद्रोही ने.क.पा. महासचिव विप्लवको विशेष निर्देशन, गर्यो संघर्षका कार्यक्रम घोषणा

पार्टीभित्रका जुझारु एबम आफ्ना विश्वासिला पात्र रहेका नेता ओमप्रकाश पुन "निर्माण" गिरफ्तार भएपछी आक्रोशित बनेका बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टी पङ्क्तिलाई प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक कारबाही सञ्चालन गर्न पार्टीका नेता तथा कार्यकर्तालाई विशेष निर्देशन दिएका छन् । पार्टी महासचिव बिप्लबले बिहीबार..

ढोरपाटन नगरपालिकाका ईञ्जिनियर अधिकारी एकलाख घुससहित पोखराबाट रंगेहात समातिए

एक लाख रुपियाँ घुससहित बाग्लुङको ढोरपाटन नगरपालिकाका ईञ्जिनियर मिलन अधिकारी बुधबार समातिएका छन्।  उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले बुधबार साँझ पोखरा-५ को जिरोकिलोमिटरस्थित एक रेष्टुरेण्टबाट समातेको हो । ढोरपाटन नगरपालिकाको गुर्जा सिलगुम ओखरधारा खोला सिवाङ्ग सडकको अन्तिम किस्ता भुक्तानिका क्रममा उपभोक्ता..

बिद्रोही ने.क.पा.द्वारा पार्टीमाथिको प्रतिबन्ध हटाउन र भ्रस्ट, दलाल सरकारलाई बरखास्त गर्न माग

बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकारलाई जनविरोधी, भ्रष्टाचारी तथा दलाल सरकारको संज्ञा दिदै बर्खास्त गर्न माग गरेको छ। आफ्ना सक्रिय, जुझारु केन्द्रीय सदस्य एबम सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन "निर्माण" र उनकी धर्मपत्नी समेत रहेकी अनेमसंघ (क्रान्तिकारी)की केन्द्रीय सदस्य एबम सेती महाकाली इन्चार्ज पुर्णिमा धामीलाई..

अभिनेता राजेश हमालद्वारा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई माफी दिन आफ्ना समर्थक दर्शकसंग आग्रह

अन्तत: अभिनेता राजेश हमालले अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलालाई माफी दिएका छन् । आफ्नो फेसबुक पेजमार्फत अभिनेता हमालले आफ्नो अपमान गर्ने चलचित्र अभिनेत्री एबम निर्देशक दीपाश्री निरौलालाई माफी दिएका हुन् । ‘महानायक’ विवादको केन्द्रमा रहेका अभिनेता राजेश हमालले अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई माफी दिन आफ्ना समर्थक..

भारतीय सीमा सुरक्षाबलद्वारा नेपालीभुमी कालापानी क्षेत्रमा नेपाली सुरक्षाकर्मी र स्थानिय बासिन्दालाई प्रवेश गर्नमा रोक

लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि आक्रोशित बनेको भारतीय पक्षले स्थानीयवासीलाई दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्रसम्म पनि जान रोक लगाएको छ । विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म पनि अहिले भारतीय सुरक्षाकर्मीले जान नदिएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना