उत्पीडितको आवाज

कपिलवस्तुमा गोली चल्यो, वन हेरालु घाइते

कपिलवस्तुमा सिकार खेल्न गएका सिकारीले चलाएको गोली लागेर कपिलवस्तु साझेदारी वनका एक हेरालु गम्भीर घाइते भएका छन् ।घाइते हुनेमा भृकुटी नगरपालिका ४, चम्पापुर बस्ने वनहेरालु २५ वषर्ीय जगन्नाथ थारु रहेका छन् । चुरे पहाड नजिकै दुईमुनियाको पश्चिमपट्टी अस्पताल भन्ने ठाउँमा दश जनाको टोलीसँगै वन अनुगमनमा गएका थारु शिकारीले चलाएको गोली लागेर..

क्याम्पस प्रमुख र लेखापालको मिलेमतोमा झण्डै ३८ लाख भ्रष्टाचार

बाजुराको श्री बडिमालिका क्याम्पसका प्रमुख र लेखापालले आपसी मिलेमतोमा झण्डै ३८ लाख रुपैयाँ भ्रष्टाचार गरेको खुलासा भएको छ । दुवैले खर्च नै नगरी विभिन्न शीर्षकमा बिल भरपाई बनाई ३७ लाख ७१ हजार ९४१ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको हो । अख्तियारद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (ङ)..

दीक्षित परिवारले लुकाएको जग्गा सरकारको नाममा ल्याउन अख्तियारको निर्देशन

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा रहेको १८ रोपनी गैरकानुनी जग्गा सरकारको नाममा ल्याउन अख्तियारले भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ । रानी जगदम्बाकुमारी राणाबाट सरकारको नाममा आउनुपर्ने जग्गा दीक्षित परिवारले आफ्नो नाममा सारेको प्रमाणसहित अख्तियारले आइतबार मन्त्रालयलाई निर्देशन दिएको..

काठमाडौें जिशिकाका स्रोत व्यक्ति ५० हजार घुस लिएको आरोपमा पक्राउ

काठमाडौंका जिल्ला शिक्षा कार्यालयअन्तर्गतका स्राेत व्यक्ति ईश्वरप्रसाद अर्यालले ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्रहरीसहितको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–९ स्थित प्रि मन्टेश्वरी स्कुल अपग्रेड गर्नका लागि अनुमति दिने कार्यमा ढिलासुस्ती गरी..

अब शहरी क्षेत्रमा पनि सोलार जोड्न अनुदान, भूकम्पपीडितलाई थप सुविधा

शहरी क्षेत्रका सर्वसाधारणले पनि अब सोलार जोड्न अनुदान पाउने भएका छन् । सरकारले नवीकरणीय ऊर्जा  दिँदै आएको अनुदान नीतिलाई परिमार्जन गरी शहरी क्षेत्रमा पनि सोलार जोड्न अनुदान दिने व्यवस्था गरेको प्रविधिहरुमाहो । अब २ सय वा त्योभन्दा माथि क्षमताका सोलार प्रणाली जडान गर्दा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले कम्तिमा २० हजार रुपैयाँ..

सशस्त्र प्रहरीको गणमा बम पड्कियो, आठ घाइते

तनहुँ जिल्लाको  भानु नगरपालिका–२ स्थित सशस्त्र प्रहरी बल मनकामना गणमा आइतबार दिउँसो बम पड्किँदा आठ सशस्त्र प्रहरी घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । तालिमका क्रममा अकस्मात् ग्रिनेड बम पड्किँदा एक सशस्त्र प्रहरी हबल्दारसहित सातजना घाइते भएका हुन् । सशस्त्र प्रहरी हबल्दार दीपेशकुमार चौधरी र सशस्त्र सहायक..

कालिकोटमा भिषण बाढीपहिरो, ३ जनाको मृत्यु, ७ बेपत्ता

कालिकोटको कोटवाडामा बाढीसँगै आएको पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको छ । कोटवाडा–४ स्थित गेजबजारमा खहरे खोलामा आएको बाढीसँगैको पहिरोले पुरिँदा अस्थायी व्यवसाय गर्दै आएका तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोट रास्कोट स्यूना–५ का ३४ बर्षीय हिरा तिरुवा, स्यूना–२ का ५५ बर्षीय धनमति टमटा, घौला गोह गाविसका २२ बर्षीय लक्षु..

समय आउँछ, समयअनुसार काम हुन्छः पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको मनोभावना अनुसार आफूले काम गर्ने बताएका छन् । पूर्वी नेपालको भ्रमणका क्रममा सिन्धुलीमाढी पुगेका ज्ञानेन्द्रले उनलाई स्वागत गर्न भेलाभएका सर्वसाधारणसँग भने–‘सबै कुराको समय र महत्व हुन्छ, जनताको मनोभावना बुझेको छु । केही समय पर्खनुहोस् ।' आफ्नो स्वागतका लागि उभिएका सहभागीहरुलाई ज्ञानेन्द्रले..

सिके राउतको अन्तरवार्ता प्रशारण गर्ने एबिसी टिभीलाई आमजनतासमक्ष क्षमायाचना गर्न निर्देशन

प्रेस काउन्सिलले सिके राउतको अन्तरवार्ता प्रशारण गरेको विषयमा आमजनतासमक्ष क्षमायाचना गर्न निर्देशन दिएको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बिहिबार बसेको सो निर्देशन दिएको हो । एबिसी टेलिभिजनबाट प्रसारित सामग्रीको चर्को विरोध भएपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाउदै ३ तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन गरेको..

असई बनाइदिन्छु भन्दै पैसा ठग्ने कराँते महासंघका महासचिव शिवाकोटी पक्राउ

अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल कराँते महासंघका महासचिव केदारबाबु शिवाकोटी ठगीको आरोपमा पक्राउ परेका छन् । निजगढ नगरपालिका वडा नम्बर–९ घर भइ काठमाडौँको बानेश्वर बस्दै आएका प्रकाश श्रेष्ठबाट ७ लाख ५० हजार ठगी गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । ‘‘२ वर्षअघि उनले राष्ट्रिय अनुसन्धानको असई बनाइदिन्छु भनेर प्रकाश..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना