उत्पीडितको आवाज

भूकम्पपीडितलाई करोडौँ ठगी गर्ने पूर्व जिल्ला शिक्षा अधिकारी दंगाल पक्राउ

भूकम्प पीडितको कोटामा विदेश पठाइदिन्छु भन्दै बिभिन्न व्यक्तिहरुबाट झण्डै साढे २४ लाख रुपैयाँ लिएर ठगेको भन्दै प्रहरीले एक जना पूर्व जिल्ला शिक्षा अधिकारीलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको सानोसिरुवारी गाविस-६ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका मण्डिखाटार बस्दै आएका ७५ वर्षीय पुण्यप्रसाद दंगाललाई प्रहरीले आइतबार पक्राउ..

‘गुन्डागर्दी’मा संलग्न एक युवालाई गोली हानेर पक्राउ

केही समय अघि काठमाडौंको बिजुलीबजारमा प्रहरीले ‘गुन्डागर्दी’मा संलग्न जसवन्त राईलाई गोली प्रहार गरेको छ । गुन्डागर्दी तथा फिरौती उठाउने कार्यमा संलग्न राईलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथी रड प्रहार गरेपछि जवाफी कारबाही स्वरुप प्रहरीले गोली प्रहार गरेको हो । महानगरीय अपराध महाशाखाको टोलीले २१ वर्षे राईलाई दुई राउण्ड गोली प्रहार..

एमालेमा मौलायो गुटबन्दी, गुटभित्रै दर्जन उपगुट

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेमा औपचारिक रुपमा दुई गुट  देखिए पनि त्यसभित्र उपगुट सक्रिय रहेका पाइएको छ । पार्टीभित्र र गुटभित्र पनि आफ्नो शक्ति बढाउन र बार्गेनिङका लागि विभिन्न नेताको नेर्तत्वमा गुट उपगुटहरु सक्रिय गरेको पाइएको हो । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षेले आफ्नो..

एनसेलमा आक्रमण गरेको आरोपमा विप्लव माओवादीका जिल्ला नेता पक्राऊ

प्रहरीले कास्कीको भरतपोखरी र ढिकुरपोखरीमा रहेको एनसेलको टावरमा आगजनी गरेको भन्दै विप्लव माओवादीका जिल्ला नेता गोविन्द ओली ‘सविन’लाई पक्राउ गरेको छ । ओली विप्लव नेतृत्वको नेकपा माओवादीका कास्की जिल्ला सदस्य हुन् । आइतबार एनसेलको टावर आगजनी गर्दा संलग्न भएको भन्दै उनलाई विप्लव नेतृत्वको नेकपा माओवादीको कार्यालय अगाडिबाट सोमबार..

सेनाका सिपाहीमाथि बलात्कार प्रयासको आरोप, न्यायको खोजीमा पीडित किशोरी

नेपाली सेनाका एक सिपाहीमाथि बलात्कार प्रयासको आरोप लागेको छ । भैरहवाको २ नम्बर ग्यारिजन गण अगाडीबाट आउने जाने महिला तथा किशोरीहरुलाई ड्यूटीमा रहेका सेनाले अश्लिल शब्द प्रयोग गर्ने, बिभिन्न इशारा गर्ने लगायत गुनासो आइरहेको बेला पछिल्लो पटक सेनाका एक सिपाहीले किशोरीमाथि जबरजस्ती करणी गर्न खोजेको आरोप लागेको हो । गत जेठ २३ गते आईतबार..

बन्दका दिन सचिवले प्रहरीका गाडी घरघरमै बोलाए

ट्याक्सी चढ्ने बहानामा बन्दकर्ताले पेट्रोल छर्केर तीनकुनेको मुनिभैरव नजिकै सुवास परियारको ट्याक्सी जलाइदिए । बन्दकर्ताले बालाजु मनमैजुमा यात्रु सवार माइक्रो बस र त्रिपुरेश्वरमा साझा यातायातको बसमाथि ढुंगा प्रहार गरे । यी तीन घटनामा चालक दोषी छैनन् । सर्वसाधरणलाई सुविधा दिन खोज्दा उनीहरुका सवारी साधन तोडफोड मात्र भएनन् जलाइए ।..

मृत्यु भइसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता

कालीकोट जिल्लाको लालु गाबिस-१ का ब्यासी रावलको मृत्यु भएको तीन वर्ष बितिसक्यो । उनको गाविसमा मृत्यु दर्तासमेत गरिएको छ । तर, जिल्ला विकास समिति कालिकोटबाट उनको नाममा निरन्तर सामाजिक सुरक्षा भत्ता निकासा हुँदै आएको छ । सोही वडानम्बर १ कै राजकला रावल र लालजिरा रावलको पनि मृत्यु भएको दुई वर्ष बित्यो । उनीहरुको नाममा पनि निरन्तर सामाजिक..

अवैध बालुवाखानीमा पुरिएर ३ को मृत्यु

नुवाकोट खड्गभञ्ज्याङ गाउँ बिकास समितिमा बालुवाको ढिस्कोले पुर्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सवारी चालक, बिकास भन्ने गंगासिंह तामाङ, सहचालक प्रकाश भन्ने बुधे तामाङ र काम गर्ने शंकर राईको रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक ऋषिराम कँडेलले जानकारी दिए । अवैधानिक बालुवा खानीमा बा ३ ख ९७०९ नम्बरको..

गर्भपतन गराउनेमा किशोरीहरु बढी

रुपन्देही जिल्लामा गर्भपतन गराउने किशोरी तथा युवतीको संख्या बढी देखिएको छ । गर्भपतन गराउने अधिकांश कलिला उमेरका किशोरी तथा युवतीहरु रहेको पाइएको छ । गर्भपतन गराउने यस्ता किशोरीहरु निर्धक्क मान्यताप्राप्त सुरक्षित गर्भपतनको मान्यता पाएका स्वास्थ्य केन्द्रहरुका पुग्ने गरेका छन् । जिल्लामा  सुरक्षित गर्भपतन गराउने अनुमति पाएका..

सरकारद्वारा पोखरा विमानस्थललाई एक अर्बभन्दा बढी रकम प्रदान 

सरकारले पोखरा क्षेत्रीय विमानस्थल निर्माणका लागि रु एक अर्ब ३७ करोड ८७ लाख रकम उपलब्ध गराएको छ । यस आयोजनाका लागि चिनिया पक्षबाट थप रु २१ अर्ब प्राप्त हुन बाँकी छ । गत माघ २१ गते भएको सम्झौताअनुसार सरकारले नागरिक उड्डयन प्राधिकरणलाई उक्त रकम उपलब्ध गराएको हो । चिनिया आयात निर्यात बैंकले उपलब्ध गराएको रकम आज अर्थ मन्त्रालयले प्राधिकरणलाई..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना