उत्पीडितको आवाज

बिजुलीको मिटर उल्टो घुमाएर कोही मालामाल, मुलुक अन्धकारमा

काठमाडौं, १२ माघ । ‘कसैले १० हजार दिन्छ, कसैले धेरै पनि दिन्छ, कहाँ कहाँ गर्‍यो सम्झना छैन,’ यो भनाइ प्रहरी हिरासतमा रहेका नेपाल विद्युत प्राधिकरण बालाजुका सुपरभाइजर सुमन श्रेष्ठको हो । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। ‘सिल खोलेर मिटर उल्टो घुमाउने अनि काम भइसकेपछि सिल लगाएर फर्कने हो, नियमित ग्राहक नै छन्,’ निजी कारमा..

एउटै विवाह समारोहमा १९ वटा मोबाइल हराए

महोत्तरीको गौशालामा भएको एक विवाह समारोहमा डेढ दर्जनभन्दा बढी मोबाइल चोरी भएको घटना मंगलबार सार्वजानिक भएको छ। गौशाला–७ का निशान्त साहको बहिनी रोजी साहको गत आइतबार भएको विवाह समारोहमा १९ वटा विभिन्न कम्पनीका मोबाइल चोरी भएको हो । विवाहमा सरिक भएका अतिथि एवम् आफन्तहरु राति सुतेको मौका छोपी चोरी भएको पीडित निशान्तले बताए । विभिन्न..

माओवादी कालिकोटको सम्मेलन सम्पन्न,  ५१ सदस्य जिल्ला समिति चयन

ने क पा(माओवादी) जिल्ला समिति कालीकोटको तेस्रो जिल्ला सम्मेलन सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय आत्मसमर्पणबाद,भष्ट्र दलाल र संसदबादको विरुद्ध हाम्रो आन्दोलन,बैज्ञानिक समाजवाद स्थापनार्थ एकिकृत जनक्रान्तिको पक्षमा ऐतिहासिक तेस्रो जिल्ला सम्मेलन” भन्ने मुलनाराका साथ शनिवार उद्घाटन भएको सम्मेलनले लोक जंग शाही (समर) सेक्रेटरी रहने गरी..

प्रधानमन्त्री प्रचण्ड र मोरिससका पूर्वराष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं, ११ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोरिससका पूर्वराष्ट्रपति कासाम उत्तिमबीच भेटवार्ता भएको छ। मंगलबार बिहान बालुवाटारमा भएको भेटवार्तामा पूर्वराष्ट्रपति कासामले नेपालको शान्ति प्रक्रिया मौलिक ढंगले पूरा भएको तथा नयाँ राजनीतिक प्रक्रियामा नेपाल सहभागी भएकोमा सह्राना गरेका थिए। उनले नेपालको शान्ति..

भगौडाका लागि प्रहरी प्रधान कार्यालयले जारी गर्यो यस्तो कडा उर्दी

काठमाडौं, १० माघ  । बिभिन्न बहानामा कार्यालयमा अनुपस्थित भएका प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालय नक्सालले ७ दिन भित्र हाजिर हुन उर्दी जारी गरेको छ । यसपाली प्रधान कार्यालयले विभिन्न पदमा कार्यरत १९ जनालाई ७ दिन भित्र कार्यालयमा उपस्थित हुन उर्दी जारी गरेको छ । यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र..

पाउरोटी खाने झोले टुरिष्ट बढे !

काठमाडौं, १० माघ । संख्यात्मक रुपमा तुलना गर्दा पर्यटकहरु अहिले भूकम्प जानुपूर्वकै हाराहारीमा नेपालमा भित्रिएको देखिन्छ ।  पर्यटकको संख्या बढे पनि ठूला होटलको अकुपेन्सी भने सन् २०१४ को तुलनामा अत्यन्तै न्यून छ । भूकम्पअघि सन् २०१४ मा पर्यटक आउने सिजनमा अकुपेन्सी ९५ प्रतिशतसम्म पुगेको थियो । सन् २०१६ मा भने होटलको अकुपेन्सी ६०..

डीडीसीका हाकिमको यस्तो छ संस्थान डुबाउने योजना, यसरी हुन्छ करोडौंको चलेखेल

नेपालको सरकारी स्वामित्वको भएको दुग्ध बिकास संस्थान (डीडीसी) राजनीतिक खिचातानीका कारण डुब्ने अवस्थामा पुगेको छ । संस्थानका हाकिमहरुको मनोमानी मात्र होइन, कम्पनीभित्र हुने राजनीतिक भागभन्डाले पनि संस्थानलाई हानी भइरहेको छ । 'जे गरेपनि हुन्छ' भन्ने शैलीमा कम्पनीका हाकिमले काम कार्वाही अगाडी बढाउँडा कम्पनीको हालत खराब भएको हो । अहिले त..

धनुषा मालपोतका सुब्बा घुस लिँदालिँदै पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल सम्पर्क कार्यालय बर्दिबास महोत्तरीले मालपोत कार्यालयका सुब्बालाई घुस लिँदालिँदै पक्राउ गरेको छ।कार्यालयका सुब्बा राधेसरण ठाकुरलाई आइतबार दिउँसो ५ हजार घुस सहित पक्राउ गरेको हो। पाँच जना दाजुभाइको अंशबाँडफाँडको काम गर्न एक सेवाग्राहीसँग ठाकुरले एक सातादेखि घुस माग्दै आएका थिए। घुस..

बलात्कार प्रयास गर्नेसँग ५० हजार लिएर उन्मुक्ति

बलात्कारको प्रयास गर्न खोज्ने धनबहादुर मगरलाई ५० हजार रुपैयाँ जरीवाना तिराएर उन्मुक्ति दिइएको छ । पर्साको सुवर्णपुरमा गत बिहीबार घर नजिकैको खेतमा बाख्रा चराउन गएकी ३४ बर्षीया महिलालाई जबरजस्ती बलात्कार खोज्ने सुर्वणपुर गाविस १ का ५८ बर्षीय मगरलाई ५० हजार रुपैयाँ जरिवाना तिराएर उन्मुक्ति दिइएको हो । प्रहरी चौकी सुवर्णपुरमा शनिबार..

मिटर विगार्ने विद्युत प्राधिकरणका सुपरभाइजरसहित १२ कर्मचारी पक्राउ

विद्युत चोरीमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १२ कर्मचारी पक्राउ गरेको छ । चार जना व्यवसायी पनि पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वोन्द्र खनालका अनुसार उनीहरुले रकम लिएर मिटर विगार्ने र प्राधिकरणलाई घाटा पार्दै आएको खुलेको छ । उनले भने, ‘मिटर विगार्ने र विलिङ कम..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना