आन्दोलन/संघर्ष

तिब्बती शरणार्थीलाई नागरिकता दिन सिफारिश गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ, प्रशासकीय अधिकृतसहित चार कर्मचारीलाई विभागीय कारवाही

तिब्बती नागरिकलाई नेपाली नागरिकता दिने कार्यमा सहयोग गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रणबहादुर थापा सहित तीन जना पक्राउ परेका छन् भने जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत ऋषिराम आचार्यसहित चार जनालाई विभागीय कारवाहीको सिफारिश गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, वडाध्यक्ष थापा..

छानबिनमा अबरोध नगर्न भन्दै युवाहरुको प्रदर्शन, रवि लामिछानेका समर्थकहरुद्वारा प्रहरीको गाडी तोडफोड, चार राउण्ड अश्रु ग्याँस प्रहार

पत्रकार  शालिकराम पुडासैनी आत्महत्या गर्न उत्प्रेरित गरेको आरोपमा प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रबि लामिछाने लगायत तीन जनालाई पक्राउ गरे पछी चितवनको भरतपुरमा आज लामिछानेका समर्थकहरुले प्रदर्शन गरिरहेका छन् भने चितवनका युवाहरुले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेका छन् । पत्रकार शालिकराम पुडासैनीले गरेको..

उपचार गर्न अस्पताल पुगेकी अनेमसंघ क्रान्तिकारी कास्कीकी अध्यक्ष बिक पक्राउ

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी कास्की जिल्ला अध्यक्ष प्राप्ति बिकलाई प्रहरीले पक्राउ गरेको छ।  उपचार गर्न पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान साबिक पस्चिमाञ्चल क्षेत्रिय अस्पताल गएको बेला शुक्रबार दिउँसो अस्पतालबाटै उनलाई प्रहरीले पक्राउ गरेको ने.क.पा. कास्कीले जनाएको..

तराई–मधेस र थरुहट आन्दोलनमा सत्ता पक्षबाट गैरन्यायिक हत्या भएको लाल आयोगको निष्कर्ष

०७२ साउनदेखि झन्डै ६ महिना चलेको तराई–मधेस र थरुहट आन्दोलनमा सत्ता पक्षबाट गैरन्यायिक हत्या भएको निष्कर्ष निकालिएकाकारण सरकारले गिरीशचन्द्र लाल अध्यक्ष रहेको जाँचबुझ आयोगले पेश गरेको प्रतिबेदन सार्वजनिक नगरेको रहस्य खुलेको छ।  आन्दोलन चलेका बेला सुशील कोइराला र केपी शर्मा ओली प्रधानमन्त्री थिए । राष्ट्रिय जनता पार्टीले संघीय..

सत्तारुढ नेकपाका प्रदेश सभा ३ का प्रमुख सचेतक ढकालको घरमा बम प्रहार

प्रदेश सभा ५ मा सत्तारुढ नेकपाका प्रमुख सचेतक रहेका भूमिश्वर ढकालको रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नम्बर ७ मा रहेको घरमा गएराती बम प्रहार भएको छ । अज्ञात समुहले गएराती करीब दुई बजेतिर प्रमुुख सचेतक ढकालको घरमा ३ वटा पेट्रोल बम प्रहार भएको बताइएको छ । सचेतक ढकालका अनुुसार उनी सुुत्ने कोठा, उनका बाबाआमा सुुत्ने कोठा र अर्को..

अदालतद्वारा पक्राउ पुर्जी जारी गरिएका प्रदेश मन्त्री खत्री बर्खास्त

कर्णाली प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री खडकबहादुर खत्रीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बर्खास्त गरेका छन्। ठेकेदारसमेत रहेका मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ पूर्जी जारी गरेपछि मुख्यमन्त्री शाहीले बिहीबार बर्खास्त गरेका हुन्। नेपालको संविधानको धारा १६९ को उपधारा (२) को..

“सिधा कुरा जनतासंग” कार्यक्रमका प्रस्तोता रबि लामिछाने र युवराज कंडेल न्युज २४ टेलिभिजनबाट पक्राउ

प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई काठमाण्डौको महाराजगंजस्थित न्युज २४ को कार्यालयबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ उनीहरुलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम..

भारत-पाकिस्तान सीमामा गोली हानाहान : तीन पाकिस्तानी र पांच भारतीय सैनिकको मृत्यु

कस्मिरको ‘लाइन अफ कन्ट्रोल’ मा भारतीय सेनासँग गोली हानाहान हुँदा ८ जनाको मृत्यु भएको पाकिस्तानले बताएको छ। पाकिस्तानी सेनाका प्रवक्ता आशिफ गफुरले बिहीबार साँझ ट्वीट गर्दै दोहोरो गोली हानाहानमा तीन जना पाकिस्तानी सेनाले सहादत पाएको उल्लेख गरेका छन्। उनले मृत्यु हुने तीन जना सैनिकको तस्वीर पनि ट्वीटरमा राखेका छन्। पाकिस्तानी..

पत्रकार पुडासैनीको आत्महत्या अघिको भिडियोमा नाम मुछिएकी युवती कार्की पक्राउ

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको छानविनकालागि प्रहरीले ओखलढुंगाकी युवती रुकु भन्ने अस्मिता कार्कीलाई काठमाण्डौंबाट पक्राउ गरेको छ । पत्रकार पुडाशैनिको मृत्युअघिको भिडियोमा नाम मुछिएपछि जिल्ला प्रहरी कार्यालय चितवनको महिला प्रहरीको टोलीले बिहिबार काठमाण्डौंबाट पक्राउ गरेको हो । पुडासैनीले आत्महत्या गर्नुअघिको..

आफ्नो आधार क्षेत्रमा प्रवेश गरेको भन्दै मुख्यमन्त्री लक्ष्यित गरेर बम बिष्फोट

समानान्तर सत्ता चलाइरहेको दाबी गर्ने बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो आधार क्षेत्र मानिएको कालिकोट जिल्लाको विभिन्न गाउँहरुमा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको बिरोधमा बम बिस्फोट गराएका छन्। आफ्नो गृह जिल्ला र जन्मथलो रहेको कालिकोट पुगेका मुख्यमन्त्री शाहीबिरुद्ध उनलाई लक्षित गरी..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनी गिरफ्तार, धर्मपत्नीद्वारा गिरफ्तारीको कारण माग

पार्टीले बिदाइ गरेको समाचार सार्वजनिक भएकै दिन प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेता भएको आरोपमा वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनीलाई गिरफ्तार गरेको छ । उनलाई प्रहरीले चितवन जिल्लाको.....

पुर्व गृहराज्यमन्त्री एबम सांसद कंडेल भारतीय भएको खुलासा

नेपालमा गृहराज्यमन्त्री भैसकेका नेपाली कांग्रेसका नेता एबम सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको रहस्य खुलेको छ । उनी उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी.....

ने.क.पा. सर्लाहीका तात्कालीन इन्चार्ज पौडेललाई नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको मानव अधिकार आयोगको निष्कर्ष, प्रनि साहलगायतलाई कारवाहीको सिफारिश

सरकारी पक्षले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.का तात्कालीन सर्लाही इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको दोहोरो गोली हानाहानमा मारिएको दाबी गरिरहेको अवस्थामा एक अर्ध न्यायिक.....

Exchange Rate

Nepali Patro