आन्दोलन/संघर्ष

निर्मला पन्तको हत्याराको कारवाहिको माग गर्दै मेची ब्युरोमा बृहत प्रदर्शन

सरगम श्रेष्ठ 'सुमन' /झापा । कंचनपुरकी निर्मला पन्तको हत्याराको कारवाहिको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी  मेची ब्युरो अन्तरगतका जिल्लाहरुमा आइतबार बृहत  जनप्रदर्शन गरेको छ । निर्मलाको बलात्कारपछि हत्या भएको ४ महिना वितिसक्दा समेत सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेपाल कम्युनिष्ट पार्टी झापाले..

स्वास्थ्य सेवा निर्देशनालय गण्डकी प्रदेश प्रमुख पौडेल  एक लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ

स्वास्थ्य सेवा निर्देशनालय गण्डकी प्रदेश पोखराका प्रमुख डा तारानाथ पौडेल  एक लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आगोगको टोलीले स्वास्थ्य सेवा अन्तर्गत ११ आैं तहमा कार्यरत डा तारानाथ पौडेललाई घुससहित पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार..

निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै पोखरामा प्रदर्शन

कंचनपुरकी बालीका निर्मला पन्तको बलात्कार पछी भएको हत्याका आरोपीलाई तत्काल पक्राउ गरी कानुनको दायरामा ल्याउन माग गर्दै विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीले आज पोखरामा जनप्रदर्शन गर्यो l नेकपाको देशव्यापी कार्यक्रम अन्तरगत नेकपा कास्कीले पोखरामा जनप्रदर्शन गरेको हो l त्यस अवसरमा नेकपा कास्कीका सेक्रेटरी आक्रोशले..

न्यायका लागि नेकपाको जनप्रदर्शनमा प्रहरी हस्तक्षेप्, चार नेकपाका नेता पक्राउ

निर्मला पन्तको न्यायका लागि जनप्रदर्शन भइरहेको बेला दाङमा प्रहरीले हस्तक्षेप गरी चार जना नेपाल कम्युनिष्ट पार्टीका नेताकार्यकर्तालाई गिरफ्तार गरेको छ । दाङको लमहीमा निर्मला पन्तको न्यायका लागि शान्तिपूर्ण कार्यक्रम गरिरहेका नेपाल कम्युनिष्ट पार्टी दाङका जिल्ला सचिवालय सदस्य किरण डाङी, एकराज चौधरी, अखिल (क्रान्तिकारी)का जिल्ला..

पाटीभित्र प्रम ओली अल्पमतमा, सरकारको नेतृत्व फेरिने संकेत

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि ओली हाबी भए पनि यतिबेला प्रधानमन्त्री ओली पार्टीभित्रै अल्पमतमा परेको देखिएको छ। नेपालका अनुसार, ओली अल्पमतमा परेकै कारण विधानअनुसार बस्नुपर्ने स्थायी र केन्द्रीय समिति बैठक नबसेको नेपाल साप्ताहिकले छापेको छ  । नेपाल लेख्छ– सरकार सञ्चालन र राष्ट्रिय राजनीतिमा एकछत्र हावी भएका ओली पाटीमा..

हामीलाई वार्ता सम्बन्धि कुनै आधिकारिक जानकारी छैन : सुदर्शन, स्थायी कमिटि सदस्य, नेकपा

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमाण्ड इन्चार्ज सुदर्शनले आफ्नो पार्टीलाई सरकारको तर्फबाट बार्ता सम्बन्धी कुनै आधिकारिक जानकारी नआएको अवस्थामा पार्टीले वार्ताको बारेमा केही नसोचेको बताएका छन । अखिल नेपाल किसान संघ(क्रान्तिकारी)को शनिबार काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै..

भारतद्वारा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपिजी)ले तयार पारेको प्रतिवेदन अस्वीकार !

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपिजी)ले तयार पारेको प्रतिवेदन सार्वजनिक तथा कार्यान्वयन गर्न ढिलाई भएकोमा नेपाली पक्षले आपत्ति जनाई रहेका बेला भारतले सो प्रतिवेदनलाई अस्वीकार गर्ने संकेत गरेको छ  भारतले स्वीकार नगर्ने भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले रिपोर्टर्स..

नेपाल वायुसेवा निगमलाई धक्का, नेपाली एयरलाइन्सलाई युरोपमा प्रतिवन्ध कायमै

युरोपेली युनियन ईयूले शुक्रबार निकालेको कालोसूचीमा नेपाल एयरलाइन्ससहित नेपालका सबै एयरलाइन्स परेका छन् । यसका कारण नेपाली एयरलाइन्सहरुले युरोपेली युनियनमा अावद्ध २८ मुलुकका आकाशमा प्रवेश पाउँदैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति पत्र (एओसी) जारी गरेका सबै नेपाली सबै विमान कम्पनीलाई ईयुले कालोसूचीमा राखेको हो ।..

‘निर्मलालाई न्याय देऊ’ लेखिएको पोस्टर प्रहरीले च्यात्यो, पोस्टर टाँस्ने १२ युवा पक्राउ

कन्चनपुरकी निर्मला पन्तका बलात्कारी तथा हत्यारा पत्ता लगाइ कारवाहीको माग गर्दै निर्मलाको तस्बिर टाँस्दै हिँडेका १२ युवालाई माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउसो युवाहरुको समूहले १३ वर्षीया बालिका निर्मलाको हत्यारालाई पक्राउको माग गर्दै उनको तस्बिरसहितको पोस्टर टाँस्दै गरेको अवस्थामा पक्राउ गरेको हो..

मकवानपुरको गर्लिङमा सैनिक परिचालन

नेपाल कम्युनिस्ट पार्टीको सैन्य तालिम सञ्चालन भएको भन्दै नेपाली सेनाले मकवानपुरको एउटा गाँउमा ५ दिनदेखि अप्रेशन चलाइरहेको समाचार छ । स्थानीयका अनुसार जिल्लाको राक्सीराङ गाभा वडा नं ७ गर्लिङमा ज्वाई भनेर चिनिने धावा सिहँ सिन्ताङको घर क्षेत्रमा मङ्सिर ९ गतेदेखि नेपाली सेना बसिरहेको छ । सेनाले भेटेजतिका स्थानीयहरुलाई यो क्षेत्रमा..

Exchange Rate

Nepali Patro