आन्दोलन/संघर्ष

रास्ट्रघाती एमसीसी सम्झौता लागु नहुने सम्भावना : यस्ता छन्, राष्ट्रिय स्वाधीनता खतरामा पार्ने शर्तहरु

अन्तत: नेपालमा अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता लागु नहुने सम्भावना देखिएको छ।  आगामी २०७७ सालको असार मसान्तसम्म नेपालको संसदबाट सामान्य बहुमतले पारित गर्नुप्रने प्रमुख बुँदा सम्झौतामा छ।  तर सत्तारुढ नेकपाले गठन गरेको अध्ययन कार्यदलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता नसच्याई संसदबाट अनुमोदन..

चर्चित लेखक तथा साहित्यकार बि.पि.विद्रोही पक्राउ

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ता भएको आरोपमा प्रहरीले युवापुस्ताका चर्चित लेखक तथा साहित्यकार बिपि बिद्रोही पक्राउ परेका छ्न । काठमाडौंस्थित कालिमाटीबाट उनलाई सोधपुछको लागि भन्दै प्रहरीले बिहिबार पक्राउ गरेको हो । ने.क.पा. समर्थित अखिल नेपाल जन सास्कृतिक महासघंका केन्द्रिय सदस्य समेत रहेका उनको साथबाट केही थान..

चौतर्फी दबाबपछि अन्तत: सञ्चारमन्त्री बासकोटाद्वारा राजिनामा

चौतर्फी दबाबपछि अन्तत: सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि चौतर्फी दबाबका बीच बास्कोटाले मन्त्री पदबाट  राजीनामा दिएका हुन् । सञ्चारमन्त्री बासकोटाको राजिनामा माग गर्दै प्रमुख..

७० करोड कमिसनका लागि सञ्चारमन्त्री गोकुल बास्कोटाले सेटीङ गरेको अडियो सार्वजनिक (अडियो सहित)

सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण हाम्राकुरा डटकमले प्राप्त गरेको छ। एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो हाम्राकुराले प्राप्त गरेको हो। स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश..

अखिल (क्रान्तिकारी) अध्यक्ष ढकाल सर्बोच्च गेटबाटै फेरी गिरफ्तार (भिडियो सहित )

सर्बोच्च अदालतको आदेश लत्याउदै कानुन ब्यबसायी समेत रहेका बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जिबी ढकाललाई प्रहरीले फेरी सर्बोच्च अदालत गेटबाटै गिरफ्तार गरेको छ। सर्बोच्च अदालतका माननीय न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र कुमार रेग्मीको संयुक्त इजलासले कानुन ब्यबसायी समेत रहेका..

बिप्लव समर्थित अखिल (क्रान्तिकारी)द्वारा देशव्यापी आम शैक्षिक हड्ताल घोषणा गरिएपछि स्ववियु चुनाब स्थगित !

त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते गर्ने भनेको स्वतन्त्र विद्यार्थी युनियन -स्ववियु) निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ । त्रिभुवन विश्वविद्यालयले मंगलबार आफू मातहतका सम्पूर्ण क्याम्पसहरुलाई परिपत्र गरी स्ववियु निर्वाचन स्थगित गरिएको जानकारी दिएको हो । त्रिविअन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले..

आज नेपाल बन्द नरहेको बिप्लव नेतृत्वको ने.क.पा.को स्पस्टोक्ति

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आफ्नो पार्टीले कुनै बन्दको आयोजना नगरिएको जनाएको छ।  एमसिसिको बिरोधमा बिप्लव नेत्रित्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको आयोजना गरिएको हल्ला चलेको अवस्थामा बिप्लव नेतृत्वको ने.क.पा.का एक नेताले आज आफ्नो पार्टीको कुनै बन्द कार्यक्रम नरहेको जानकारी दिएका छन्। यसैबीच नेकपा..

पृथ्वीनारायण क्याम्पसको जग्गा बिबाद टुङ्ग्याउन कास्की मालपोतलाई उच्च अदालतको आदेश

उच्च अदालत पोखराले पृथ्वीनारायण क्याम्पससँगैको दुईसय २२ रोपनीभन्दा बढी विवादित जग्गाको स्वामित्व बारे टुंगो लगाउन मालपोत कार्यालय कास्कीलाई आदेश गरेको छ । पोखरा–१ बगरस्थित तल्लो तगराको कित्ता नम्बर ८३३ को उक्त जग्गा पृथ्वीनारायण क्याम्पसको कि व्यक्तिको भन्ने विवाद लामो समयदेखि जारी छ । मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल र..

कांग्रेसका नेताद्वारा पार्टी कार्यालयभित्रै प्रेस युनियनका जिल्ला अध्यक्ष रौले कुटिए

आफ्नो आस्थावान पार्टी नेपाली कांग्रेसकै नेताहरुबाट असुरक्षित भएको आशयसहित प्रेस युनियनको जिल्ला अध्यक्ष पद त्यागेको विज्ञप्ती सामाजिक सञ्जालबाट जारी गरेका नेपाल प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौलेलाई नेपाली काँग्रेस बाजुराको पार्टी कार्यालयमा कुटपिट भएको छ । सो विज्ञप्ती बारे समीक्षा र पद त्याग घोषणा बारे छलफल गर्न काँग्रेस..

निवर्तमान सभामुख महराले सफाई पाउँदा डिल्लीबजार कारागार बाहिर एमसीसी स्सम्झौताबिरुद्ध चर्को नाराबाजी

बलात्कार प्रयासको आरोपमा जिल्ला अदालत, काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महराले मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्‍च प्राथमिकतामा रहने बताएका छन् । संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि महराले १४ असोजमा राजीनामा दिएका थिए । १९ असोजमा पक्राउ परेका उनले सोमबार सफाइ पाएका..

Exchange Rate

Nepali Patro