आन्दोलन/संघर्ष

किशोरी जबर्जस्ती गर्न खोज्नेलाई एमालेले छुटायो

जवरजस्ती करणी प्रयासको आरोपमा प्रक्राउ परेका नेकपा एमालेका कार्यकर्ता अशोक पौडेल एमालेको चर्को दबाबका कारण एक दिनमै  छुटेका छन् । पटक–पटक पार्टी भित्र पनि त्यस्तै आरोपमा बिबादमा आउने गरेका पर्बत घर भएका अशोक पौडेल एमाले नेताहरुको चर्को दबाबकाकारण   एक दिनमै  छुटेका हुन् । यसअघि पनि त्यस्तै घटनामा उनी  दुई पटकसम्म प्रहरी नियन्त्रणमा..

हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ नौबिसेका सुवास खत्री र प्रकास खत्री छन् । उनीहरुले काठमाडौं महानगरपालिका वडा २४ फसिकेवस्थित सुमन सुवास टेड्रिङमा अवैध रुपमा हुण्डीको कारोबार गरिरहेको आरोप प्रहरीको छ । महानगरीय प्रहरी वृत्त जनसेवाले हुण्डी कारोबारको सूचना पाएपछि अनुसन्धान थालेको..

सेवाग्राही झुन्डिएपछि गाविस कार्यालयामा आगजनी

मोरङको भौडाहामा एकजना सेवाग्राहीले आफुले चाहेको सेवा प्राप्त नगरेको झोँकमा गाविस कार्यालयमै झुन्डिएर आत्महत्या गरेपछि तनाव सिर्जना भएको छ ।स्थानीयवासीले गाविस कार्यालयमा आगजनी गरिदिएका छन । भौडाहा ८ का ५० वर्षीय चेइता सरदारको शव गाविस परिसरमै झुन्डिएको अवस्थामा मंगलबार साँझ फेला परेको हो । चर्पी निर्माण गर्न सिमेन्टको ऋण लिन गएका..

बेहोस अवस्थामा अर्धनग्न भेटिएकी युवतीको मृत्यु, हत्या आरोपमा तिन जना पक्राउ

पोखराको जनप्रिय बहुमुखी क्याम्पस नजिकै मंगलबार अर्धनग्न फेला परेकी स्मृति गुरुङको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीसँग हेलमेलको आधारमा तिन जनालाई पक्राउ गरेको हो । तीनजनालाई अनुसन्धान जारी राखेको कास्कीका प्रहरी प्रवक्ता गणेश बमले बताए । स्मृतिको मंगलबार बिहान उद्धार गरेर प्रहरीले पश्चिमाञ्चल..

पोखरामा घरमा एक्ली वृद्धाको दिउँसै हत्या, दुई दिनपछि मात्र छिमेकीले थाहा पाए

नवलपरासीमा गत जेठ १३ गते बिहानै फुटबलर बिमल घर्ती मगरकी बहिनी मनिषाको शव फेला प¥यो । तीन जनाको परिवारमा बिमल बेल्जियम थिए । बितेको रात मनिषाकी आमा बुटवल थिईन् । घरमा एक्लै भएको बेला उनको ज्यान गयो । घटनामा संलग्नताको आशंकामा घर नजिकैका प्रेमी रुद्रनारायण चौधरी (आशिष) प्रहरी नियन्त्रणमा छन् । अहिलेसम्म हत्या भएको प्रमाण भेटिएको छैन ।..

कालोबजारीमा ग्यास बिक्री गर्ने पोखराबाट पक्राउ

कालोबजारीमा ग्यास बिक्री गर्ने एकपो जना खराबाट पक्राउ परेका छन् ।  पोखरा ८ सिद्धार्थचोक स्थित एच.एम. स्टोर्सका संचालक २७ बर्षिय हरि प्रसाद सिलवाल ग्यास कालोबजारीको अभियोगमा पक्राउ परेका हुन् । खाना पकाउने बिभिन्न कम्पनीका ग्यासहरु महंगो मुल्यमा बिक्री बितरण गरेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ परेको जिल्ला प्रहरी..

पटकपटक छोरीलाई बलात्कार गरेका बाबु पक्राउ

छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–११ नौकिलोका ४४ वर्षीय चन्द्रबहादुर कुमाललाई पक्राउ गरेको छ ।आफ्नी ९ वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्ने गरेको उजुरी आएपछि बाबु चन्द्रबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । पछिल्लो पटक सात÷आठ दिन पहिले..

जंगलमा भेटीयो ५० किलो भन्दा बढि खतरनाक विषादी

कास्कीको सिद्ध गाविस वडानं ७ मा पर्ने कामीखोल्सामा ५० केजी भन्दा बढि खतरनाक विषादी भेटीएको छ । घास काट्न जादा जंगलमा पोकाहरु देखेको र धानको विउ भनि हेर्दा विषादी भएको थाहा लागेको स्थानीय अंजुदेवी गुरुङले जानकारी दिए । भेटिएको विषादी जिल्ला कृषि विकास कार्यालय कास्कीलाई जिम्मा लगाइएको छ । १० दिन अगाडि जंगलमा भेटीएको विषादी कास्की..

सहचालकको लापरवाहीले ११ जनाको ज्यान गयो

लमजुङको मध्यनेपाल नगरपालीका ५ तामाखानीमा बिहिबार भएको यात्रुबाहक बस दुर्घटनामा हालसम्म ११ जनाको मृत्यु भएको छ । सह–चालकको गम्भीर लार्पवाहीले  गर्दा घटनास्थलमै ९ जनाको मृत्यु भएको थियो भने २ जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइतेको पोखरा स्थित मणीपाल अस्पतालमा उपचार भइरहेको छ । दमौली हुँदै लमजुङको जिताकोट हिँडेको..

विना अनुमति कक्षा सञ्चालन गर्ने कास्कीका दुई बिद्यालयलाई कारवाही

कास्कीमा पहिलो पटक अनुमति विना सञ्चालित बिद्यालय पहिचान गरि कारवाही गरिएको छ । जिल्ला शिक्षा कार्यालय कास्कीले विना अनुमति कक्षा सञ्चालन गर्ने दुई बिद्यालयलाई कारवाहीमा गरेको हो । अनुमति नलिई कक्षा सञ्चालन गर्ने ज्ञान सरोवर एकेडेमी हेमजा र सागर मेमोरियल बोर्डिङ स्कुल घाचोक कारवाहीमा परेका हुन् । जिल्ला शिक्षा कार्यालय कास्कीले..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना