आन्दोलन/संघर्ष

बाजुराको कोल्टीबाट सत्ताइस हजार किलो अवैध जडीबुटी बरामद

बाजुरा, ३९ मंसिर। उत्तरी बाजुराको कोल्टीका विभिन्न बजारबाट अवैधरुपमा सङ्कलित करिब २७ हजार किलोग्राम जडीबुटी प्रहरीले बरामद गरेको छ । स्थानीयवासीहरुले अवैधरुपमा सामुदायिक वन र राष्ट्रिय वनहरुबाट सङ्कलन पुर्जीभन्दा बढी सङ्कलन गरी बजारमा लुकाएर राखेको अवस्थामा २७ हजार १८० किलोग्राम विभिन्न जडिबुटी बरामद गरी इलाका वन कार्यालय..

राप्रपामा जम्बो कार्यसमिति, उपाध्यक्ष र महामन्त्री एक दर्जनः प्रवक्ता नै दुईजना

दुई राप्रपाको एकीकरणपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले जम्बो पदाधिकारीको टोलीलाई मनोनयन गरेको छ । मंगलबार पार्टी एकीकरणको नीति र आधारपत्रमा व्यवस्था भए अनुसार राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाको सहमतिमा अध्यक्ष कमल थापाले पदाधिकारीको मनोनयन गरेका हुन् । मनोनयन अनुसार उपाध्यक्ष र महामन्त्री मात्र १२ जना भएका छन् भने प्रवक्ता र..

विजयपुर खोलामा ट्रिपर खस्दा चालकको मृत्यु, सहचालक घाइते

लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिकाको सिमानामा पर्ने बिजयपुर खोलाको पुलबाट ट्रिपर विजयपुर खोलामा खस्दा ट्रिपर चालकको ज्यान गएकोे छ । सो घटनामा चालक तनहु शुक्ला गण्डकीका टुक वहादुर क्षेत्रीको ज्यान गएको हो । मंगलबार सांझ ८ बजे भएको दुर्घटनामा सहचालक तनहुँका प्रेम नेपाली घाइते छन् । पोखराबाट लेखनाथ तर्फ जादै गरेको ग १ ख ३७१८..

दुई महिलालाई बलात्कार र बेचविखन गरेको अभियोगमा एक महिला र पुरुष पक्राउ

दुई महिलालाई जबर्जस्ती करणीपछि बेचबिखन गर्न खोजेको आरोपमा इलामका तीनमध्ये दुईजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा साँखेजुङ–९ का ३५ वर्षीय निमतेन्जी शेर्पा र साँखेजुङ–४ की ३६ वर्षीया कमला राईलाई प्रहरीले पक्राउ गरेको छ । २० वर्षीया र २४ वर्षीया दुई महिलालाई जबर्जस्ती करणी गरी मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा..

संशोधन फिर्ता नलिएसम्म सदनको अवरोध नहटाउने विपक्षी ८ दलको निर्णय

नेकपा एमालेसहितका विपक्षी दलहरुले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेका छन् । साथै सरकारले चुनावको मिति घोषणा गरे संशोधनको विरोधलाई नै एजेण्डा बनाएर चुनावमा जाने समेत विपक्षी दलहरुले बताएका छन् । मंगलबार बसेको विपक्षी ८ दलको बैठकले संशोधन फिर्ता नलिएसम्म कुनै सम्झौता नगर्ने..

सहरी विकासमन्त्री केसी भारत प्रस्थान

काठमाडौँ, २८ मंसिर । सहरी विकासमन्त्री अर्जुननरसिंह केसी भारत प्रस्थान गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा यही मंसिर २९ देखि आगामी पुस १ गतेसम्म हुने एसिया प्रशान्त क्षेत्रका राष्ट्रहरुको सहरी विकास तथा आवाससम्बन्धी छैटौँ मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्। सम्मेलनमा भाग लिन भारत जानुअघि..

धान थन्क्याउने क्रममा विवाद हुँदा दुर्इ समुहबीच झडप, एकको मृत्यु

कपिलवस्तुको विद्यानगर–४ बसवरिया गाउँमा धानको पराल थन्क्याउने क्रममा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। स्थानीय तिलकराम यादवको गोठमा तिलकराम यादवका छोरा अमरदीप यादव र स्थानीय आरिफ मुसलमान, रिजवान मुलसमान, अनरउल्लाह मुसलमान र सम्साद मुसलमानबीच वादविवाद हुँदा उत्पन्न झडपमा परी ५० वर्षीय मुन्नालाल यादवको सोमबार दिउँसो..

नवौँ दिनमा झलमल्ल घाम देखिएपछि स्थानीयमा खुसियाली

बर्दिबास, २७ मंसिर । महोत्तरीसहितका पूर्वी तराईमा आज नवौँ दिनमा झलमल्ल घाम देखिएपछि स्थानीय जनतामा खुसी छाएको छ । गएको १९ गते आइतबार बिहानदेखि बाक्लो हुस्सुसँगै लगातार चिसो सिरेटो चलेर मुटु कमाउने जाडो बढिरहेकैबीच आज दिउँसो झलमल्ल घाम लागेपछि यस क्षेत्रमा खुसी छाएको हो । आज मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेको महोत्तरी जिल्लाका..

चारवटा सामुदायिक वनलाई हात्ती सफारीका लागि अनुमति

चितवन, २७ मंसिर। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत चारवटा सामुदायिक वनले हात्ती सफारीका लागि अनुमति पाएका छन् । पर्यटकलाई हात्तीमा चढाएर वन्यजन्तु अवलोकनका लागि सौराहा आसपासमा हात्ती सफारी हुँदै आएकामा अहिले चितवनको पश्चिम क्षेत्रमा समेत सफारीको अनुमति दिइएको हो । निकुञ्जको बरन्डाभार उपभोक्ता समितिअन्तर्गत..

बालुवाभित्र माओबादीको पेस्तोल फेला !

स्याङ्जामा आँधीखोला बगरमा बालुवा झिक्ने क्रममा पेस्तोल फेला परेको छ। वालिङ नगरपालिका–४ का ३१ वर्षीया लेखबहादुर खत्रीले पेलाकोट गाविस–७ डुक स्थित आँधीखोला बगरमा बालुवा झिक्ने क्रममा आइतबार दिउँसो पेस्तोल भेटाएका हुन्। बालुवा खोतल्दै र चाल्दै जाँदै पेस्तोल भेटाएपछि खत्रीले वडा प्रहरी कार्यालय वालिङमा खवर गरेको बताए। घटनास्थल..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनी गिरफ्तार, धर्मपत्नीद्वारा गिरफ्तारीको कारण माग

पार्टीले बिदाइ गरेको समाचार सार्वजनिक भएकै दिन प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेता भएको आरोपमा वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनीलाई गिरफ्तार गरेको छ । उनलाई प्रहरीले चितवन जिल्लाको.....

पुर्व गृहराज्यमन्त्री एबम सांसद कंडेल भारतीय भएको खुलासा

नेपालमा गृहराज्यमन्त्री भैसकेका नेपाली कांग्रेसका नेता एबम सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको रहस्य खुलेको छ । उनी उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी.....

ने.क.पा. सर्लाहीका तात्कालीन इन्चार्ज पौडेललाई नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको मानव अधिकार आयोगको निष्कर्ष, प्रनि साहलगायतलाई कारवाहीको सिफारिश

सरकारी पक्षले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.का तात्कालीन सर्लाही इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको दोहोरो गोली हानाहानमा मारिएको दाबी गरिरहेको अवस्थामा एक अर्ध न्यायिक.....

Exchange Rate

Nepali Patro