आन्दोलन/संघर्ष

बादलले ‘खाल्डो खनेको’मा बाबुरामको आपत्ति

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकामा विरोध प्रदर्शनस्थल तोक्ने सरकारको निर्णयप्रति विरोध जनाएका छन् । गृहमन्त्रालयले हालै काठमाडौं, ललितपुर र भक्तपुरमा विरोध प्रदर्शन गर्ने स्थान तोकिदिएर त्यसभन्दा बाहिर विरोध प्रदर्शन गरे कारवाही गर्ने चेतावनी दिएको थियो ।   पूर्वप्रधानमन्त्रीसमेत रहेका डा...

बढुवाको विषयमा गुप्तचर अधिकृतबीच दरबारमार्गमा ‘ग्याङ फाइट

काठमाण्डौको ’दरबारमार्गस्थित रोयल साइनो रेस्टुँरामा आइतबार साँझ राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का अधिकृतहरुबीच ‘ग्याङ फाइट’ भएको छ । दुई समूहमा विभाजित अधिकृतहरुबीच मुक्का प्रहार र हात हालाहाल समेत भएको थियो । प्रहरी नायब उपरीक्षक (डीएसपी) उप–अनुसन्धान निर्देशकबाट प्रहरी उपरीक्षक (एसपी) सह–अनुसन्धान निर्देशकमा बढुवा हुने विषयमा..

कास्की जिल्लामा सुकुम्बासी बस्ती बसाल्ने योजना नरहेको विप्लव नेतृत्वको नेकपाको स्पष्टोक्ति

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले कास्की जिल्लामा सुकुम्बासी बस्ती बसाल्ने र त्यसका नाममा रकम उठाउने कुनै योजना नरहेको भनाई सार्वजनिक गरेको छ । आफ्नो पार्टीको नाममा सुकुम्बासी बस्ती बसाल्ने भन्दै त्यसका लागि रकम उठाउने कार्य भईरहेको थाहा पाएपछि आज प्रेस विज्ञप्ति जारी गरेर नेपाल कम्युनिष्ट पार्टी..

अन्तत: पोखरा लेखनाथ महानगरपालिकाको नाम पोखरा महानगरपालिका कायम

अन्तत: पोखरा लेखनाथ महानगरपालिकाको नाम पोखरा महानगरपालिका कायम भएको छ l पोखरा लेखनाथ महानगरपालिकाको तेस्रो नगर सभाले महानगरको नामबाट लेखनाथ  हटाउने प्रस्ताव सर्वसहमतिले पास गरेपछिपोखरा लेखनाथ महानगरपालिकाको नाम पोखरा महानगरपालिका कायम भएको हो  l वडा नम्बर १९ का अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका सचेतक शोभामोहन पौडेलले सोमबार..

नेकपाद्वारा साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत जोशीलाई कालोमोसो दलेर जनकारवाही

नेत्र बिक्रम चन्द 'विप्लब' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बझाङले एक गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीलाई कालोमोसो दलेर जनकारवाही गरेको छ l नेकपाले कारवाही गरेका जोशी बझाङको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत हुन् l  नेकपाले जोशीमाथि भ्रष्टाचार गरेको र सहुलियतमा आएको चामल यार्सागुम्बा टिप्नेलाई बेचेकोले आरोप..

सत्तारुढ नेकपाको विधान अनुशासन आयोगद्वारा अस्वीकार, आफुहरु अपमानित भएको नेकपाका पाका नेताको गुनासो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विधान अनुशासन आयोगले अस्वीकार गरेको छ । केन्द्रीय कमिटीबाट पारित भएको विधान लोकतान्त्रिक नभएको र अनुशासन आयोग लगायतका निर्वाचित आयोगहरुलाई अधिकारविहीन बनाउन खोजिएको भन्दै आयोगले विधान सच्याउन आग्रह गरेको छ । तत्कालीन एमालेको अनुशासन आयोगको बैठकले विधान नसच्याएसम्म स्वीकार नगर्ने अडान प्रष्ट..

पोखरा लेखनाथ महानगरले ल्यायो साढे ६ अर्वको बजेट

पोखरा लेखनाथ महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि ६ अर्ब ५३ करोड ६५ लाखको बजेट सार्वजनिक गरेको हो । महानगरका मेयर मानबहादुर जिसीले नीति तथा कार्यक्रम सहित ६ अर्व ५३ करोड रुपैयाँको बजेट प्रश्तुत गरेका हुन् । पूर्वाधार विकास, वातावरण, सामाजिक विकासलाई जोड दिँदै प्राथमिकताका आधारमा बजेट लगानी हुने जिसीले बताए । चालू बर्षको भन्दा..

संविधानको खिल्ली उडाउंदै चौंथो पटक नेकपाका नेता तथा कार्यकर्तालाई अदालत परिसरबाट गिरफ्तार

झन्डै दुई-तिहाई बहुमत नजिक रहेको वर्तमान केपी ओली नेतृत्वको वाम सरकारले नेपालको संबिधानको उडाईरहेको छ। उसले संविधानको खिल्ली उडाउन्दै नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चार जना नेता तथा कार्यकर्ताहरुलाई चौंथो पटक अदालत परिसरबाटै गिरफ्तार गरेको छ । प्रहरीले विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य एबम..

यौन सम्पर्कका लागि तयार महिला र केटा मिलाइदिने दुई युवक पक्राउ

शारीरीक सम्पर्कका लागि महिला मिलाइदिने भन्दै एक युवकलाई ठगी गर्ने तीन जनालाई चितवनमा प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भरतपुर महानगरपालिक ७ बस्ने वर्ष २४ का राजकुमार चौधरी र सोही स्थानकै १९ वर्षीय डेविट सिलवाल छन् । उनीहरुसँगै एक महिला पनि पक्राउ परेका छन् ।उनीहरुले शारीरिक सम्पर्कका लागि एक जनासँग एक रातको १० हजार नगद लिएका थिए..

पत्रकार रवि लामिछानेले अमेरिकी नागरिकता र पासपोर्ट परित्यागका लागि अमेरिकी दूतावासमा बुझाए अढार्इ लाख दस्तुर

 न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेले अमेरिकी नागरिकता र पासपोर्ट परित्यागका लागि नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दर्ता गराएका छन् । लामिछानेले गैरकानूनी ढंगले काम गरिरहेको पत्र अध्यागमन विभागले प्रेस काउन्सिललाई पठाएको २४ घण्टा नबित्दै लामिछानेले बुधबार अमेरिकी दूताबासमा पासपोर्ट र नागरिकता..

Exchange Rate

Nepali Patro