आन्दोलन/संघर्ष

मुगुमा नेकपा कार्यकर्ता र प्रहरीबीच भिडन्त, तीन प्रहरीसहित छजना घाइते, नेकपाका जिल्ला इन्चार्ज पक्राउ

नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कर्णालीले मुगुको सदरमुकाम गमगढीमा शुक्रबार आयोजना गरेको जनसभामाथि प्रहरीले हवाईफायर गरी व्यापक दमन गरेको छ । नेकपाको केन्द्रीय कार्यक्रमअन्तर्गत ‘एकीकृत जनजागरण अभियान’ को उक्त सभामा सामना सांस्कृतिक पारिवारले नृत्य प्रस्तुत गर्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो ..

मुस्ताङको स्याङ्बोचेमा ट्रिपर दुर्घटना, सडक निर्माण गर्ने १५ मजदुरको मृत्यु, १७ जना घाइते

मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको बा २ क २२१९ नम्बरको ट्रिपर सडकबाट खस्दा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी हवल्लार कृष्णगोपाल परियारले जानकारी दिएका छन्..

दलालहरुलाई गाउँ-गाउँबाट लखेट्न निर्देशन

नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन युथ रेड फोर्सका केन्द्रिय कोषाध्यक्ष दिनेशले गाउँ-गाउँबाट दलाल र भ्रष्टहरुलाई लखेट्न रोल्पाली युवालाई निर्देशन दिएका छन् । योङ रेड फोर्सको तेस्रो जिल्ला सम्मेलनका लागि रोल्पा पुगेका दिनेशले जनयुद्धमा रोल्पाली युवाहरूले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै अबको एकीकृत जनक्रान्तिमा पनि रोल्पाले..

सुस्ताबासीले भत्काए गण्डक नहरको डिल

नवलपरासी सुस्ताका किसानहरूले आफ्नो खेत फेरि डुबानमा परेपछि पश्चिमी गण्डक नहरको डिल भत्काइदिएको बताएका छन्। नेपाल र भारतबीच भएको गण्डक सम्झौताअनुसार प्रभावित क्षेत्रमा हुने डुबान तथा कटान रोक्ने जिम्मा भारतीय पक्षको हो। तर सम्झौताअनुसार काम नभएको भन्दै नहर भत्काउनु परेको स्थानीय किसानहरूले बताएका छन्। केही दिनदेखि निरन्तर भएको..

प्रदेश ४ को नाममा किचलो, नेकपा भित्रै मतभेद

प्रदेश नं. ४ को राजधानीमा सहमति जुटाएपनि नामका विषयमा अझै सहमति हुन सकेको छैन । प्रदेश ४ को नाम के राख्ने भन्ने बिषयमा नेकपाबीच सहमति नजुटेपछि संसद बैठक २ दिनका लागि स्थगित भएको छ । मंगलबार नामबारे छलफल गर्ने तयारी थियो । तर नेकपा भित्रै मतभेद भएपछि आज बैठक नै नबसी सूचना टाँस गरेर स्थगित भएको छ । कार्यब्यवस्था परामर्श समितिमा सहमति गरेर..

पोखरामा बाजी थाप्ने सात जनालाई सार्वजनिक मुद्दा, बरामद भएको साढे तीनलाख बारे प्रहरीको मौनता

आफूलाई सकृय र निष्पक्ष अनि अब्बल प्रहरी अधिकारी प्रमाणित गर्न जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर राना यसितखेर पोखरामा सकृय छन् । उनी राती होस् या दिउँसो आफैं फिल्डमा उत्रिएर चेकिङ गरिरहेका हुन्छन् । उनी दैनिक जसो आफूले गरेका कार्यहरुको प्रचार–प्रसार गर्न समाचार बनाएर पत्रकारहरुलाई प्रहरीको..

असारे महोत्सव कि विकृति (हेर्नुस तस्वीरहरु )

पर्यटन प्रबर्धन गर्ने भन्दै असार १५ मा मुलुकभर रोपाईं महोत्सब मनाइयो l महोत्सब मनाउने नाममा हिलोमा पसेका युवा युवतीले विकृतिजन्य गतिबिधि देखाए l कृषि क्रान्ति गर्ने घोषणा सहित सरकारले समाजवाद उन्मुख  बजेट सार्वजनिक गरेको छ l सरकारमा नै रहेका नेतृत्व तहका नेताहरु रोपाईं महोत्सबमा हाँस्य पात्र बने l के यस्ता पाराले मुलुकमा समाजवादअाउँछ ?..

राज्यको ढुकुटीमा पर्यटनमन्त्री रवीन्द् अधिकारीको मनपरी, एकसय चार संस्थालाई ६० करोड बाँडे 

विभिन्न दलका नेता, साहित्यकार र कलाकारका नाममा खुलेका संस्था र प्रतिष्ठानलाई मनपरी रकम वितरण गरिएको हो । रकम पाउने संस्था र प्रतिष्ठानमा अधिकांश नेपाल कम्युनिस्ट पार्टीका नेता र निकट कलाकार, साहित्यकारका नाममा खुलेका संस्था र प्रतिष्ठान छन् । त्यसमा पनि पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गृहजिल्ला कास्कीका संस्था बढी छन् । केही..

कथित वाम सरकार दमनकारी नीति अपनाउंदै, शान्तिपूर्ण आन्दोलन गरिरहेका राजनीतिक कार्यकर्ता र सामाजिक अभियन्ता समेत पक्राउ

दलाल राज्यसत्ताकाबिरुद्ध बैकल्पिक सरकार घोषणा गरेको नेत्रबिक्रम चन्द 'विप्लब' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई व्यापक धरपकड गरिरहेको वर्तमान कथित वाम सरकारले संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार प्रयोग गरिरहेका राजनीतिक कार्यकर्ता तथा सामाजिक अभियाँतालाई समेत निरङ्कश तरीकाले दमन गर्दै..

ग्राण्डी अस्पतालको छतमै हेलिकप्टर दुर्घटना

अवतरण गर्ने क्रममा सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालमा दुर्घटना भएको छ । बिरामी बोकेर आउँदै गरेको हेलिकप्टर अवतरण गर्ने क्रममा अस्पतालको छतमै दुर्घटनामा परेको हो । काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन् । यद्यपी हेलीकप्टर माथिल्लो तलाबाट तल्लो तल्लामा खसेको छ । जसमा..

Exchange Rate

Nepali Patro