आन्दोलन/संघर्ष

१० वर्षीया श्रेयाको बलात्कारपछि हत्या गरेको आरोपमा पौडेल पक्राउ

पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया बिक (सुनार) लाई बलात्कारपछि हत्या गर्ने युवकलाई प्रहरीले २४ घण्टा नबित्दै पक्राउ गरेको छ । श्रोतका अनुसार हाल प्रहरीको हिरासतमा रहेका अभियुक्त आफ्नै छिमेकी २७ वर्षीय कुसुम पौडेल रहेका छन् l अभियुक्त पौडेलले बालिकालाई  बलात्कारपछि हत्या गरेको आशंका गरिएको छ..

गोरखामा नेकपाको सङ्गठन सुदृढीकरण तथा बिस्तार अभियान तीब्र

नेपाल कम्युनिस्ट पार्टीले संचालन गरेको तीन महिने सङ्गठन सुदृढीकरण तथा बिस्तार अभियान गोर्खा जिल्लाका विभिन्न क्षेत्रहरुमा जारी रहेको छ l सोही  अभियानका क्रममा अभियान टोली गोर्खा नगरपालिका र भीमसेन गाउँपालिकाका विभिन्न ग्रामिण क्षेत्रहरु १० किलो, १२ किलो, छेपेटार, चोरकाटे, खहरे, मसेल, घ्याम्पेसाल, तान्द्रांग, धावा, आरुपोखरी लगायतका..

आजको कास्की जिल्लाब्यापी शैक्षिक् हडताल फिर्ता

आज हुने भनिएको कास्की जिल्ला ब्यापी शैक्षिक् हडताल फिर्ता भएको छ  । भित्तेलेक्हब गर्दै गर्दा गिरफ्तारीमा परी प्रहरी हिरासतमा रहेका नेकपाका ६ जना नेता तथा कार्यकर्ताहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार साधारण तारेखमा छाडेपछि शैक्षिक् हडताल फिर्ता भएको हो   । अखिल नेपाल बिद्यार्थी युनियनका केन्द्रीय सचिवालय सदस्य मनिष..

प्रचण्डविरुद्ध १० हजार जनताको हत्या मुद्दा जनअदालतमा दर्ता गर्ने प्रवक्ता प्रकाण्डको उद्घोष

नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता प्रकाण्डले दस वर्षको जनयुद्धको नेतृत्व गरेका प्रचण्डका विरुद्ध १० हजार जनताको हत्याको मुद्दा जनताको अदालतमा दर्ता गर्न उद्घोष गरेका छन्  । ४९ दिन लामो हिरासत बसाईपछी सर्वोच्च अदालतको आदेशले हिरासतमुक्त भएका नेता प्रकाण्डले आफ्ना नेता-कार्यकर्ता र शुभचिन्तकहरुलाई सम्बोधन गर्दै यस्तो उद्घोष गरेका..

प्रबक्ता प्रकाण्डको बहस सर्यो, प्रहरीले पोलिटब्युरो सदस्यद्वय पुन र राईलाई दाङ लग्यो

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको बन्दीप्रत्यक्षीकरणको मुद्दामा  बहस मंगलबार हुने भएको छ । उनीमाथि लगाइएको मुद्दामा आइतबार सर्वोच्चमा बहस  हुने कार्यक्रम  थियो l तर सर्वोच्च अदालतले समय अभाव भएको बताउदै प्रकाण्डको मुद्दाउपर मंगलबार बहस हुने जानकारी दिएको छ । चार पटकसम्म अदालतले रिहा गरेका प्रवक्ता प्रकाण्डलाई प्रहरीले..

नेकपाका पोलिट्ब्यूरो सदस्य शिलु र केन्द्रीय सदस्य आजाद सर्बोच्चबाट रिहा

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य उमा भुजेल शिलु र केन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’ सर्बोच्च अदालत बाट रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहस गर्दै सर्वोच्च अदालतको आदेशमा उनीहरु रिहा भएका हुन् । बन्दी प्रत्यक्षीकरणको रिटमाथि बहस गर्दै आइतबार सर्वोच्चले रिहाई गर्न आदेश दिएको थियो । यसअघि उनीहरुलाई अदालतकै..

नेकपाको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान कास्की र पर्वतको सीमामा तिब्र, जनप्रतिनिधिकै घरमा जनभेला

नेत्र बिक्रम चन्द 'विप्लब' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संचालन गरेको तीन महिने अन्तरगत गण्डक क्षेत्रमा सहिद तथा बेपत्ता परिवार, उत्पीडित क्षेत्र-समुदाय, महङ्गि र करले थिचिएका जनतासङ्ग भेटघाट, छलफल, अन्तरक्रिया गर्ने कार्यलाई तिब्रता दिएको छ भने सोही क्रममा  सङ्गठन सुदृढीकरण तथा बिस्तार गर्ने कामलाई निरन्तरता दिईरहेको छ। यसै..

बदनाम पप्पु कन्स्ट्रक्सन कम्पनीलाई फेरि दुई अर्बको सरकारी नयाँ ठेक्का

दर्जनौं पुल र सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँभन्दा बढीको सरकारी ठेक्का पाउने भएको छ । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणका लागि टेन्डरमा सहभागी १२ कम्पनीमध्ये सबभन्दा कम दररेट प्रस्ताव गर्ने पप्पु छानिने निश्चित भएको हो । पुनर्निर्माण प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा..

दुवईस्थित नेपाली दूतावास नै मानव तस्करीमा

ठूलो खर्च गराएर नक्कली कागजातका आधारमा यूएई ल्याउने धन्दामा नेपाली दूतावाससमेत सामेल भएको पाइएको छ।  अनुसन्धानका क्रममा सयौं डकुमेन्ट भेटिएको र प्रविविको प्रयोग गरेर भिजिट भिसालाई रोजगार भिसा बनाइएको समाचारमा उल्लेख छ । अन्नपूर्णले दूतावासनै मानव तस्करीमा लागेको पुष्टि अगाडि लेखेको छ– दुवईस्थित फाल्कोन फोर्स प्रोपर्टी गार्ड एन्ड..

राज्यका नि:शुल्क सुविधाबाट ज्येष्ठ नागरिक बन्चित,ज्येष्ठ नागरिकलाई बेवास्ता गरिएको गुनासो

राज्यले दिने विभिन्न सेवाबाट आफूहरूलाई वञ्चित गरेको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । राज्यप्रदत्त सेवा, यातायात, स्वास्थ्य तथा अन्य क्षेत्रमा समेत ज्येष्ठ नागरिकलाई बेवास्ता गरिएको ज्येष्ठ नागरिक संघ रोल्पाका अध्यक्ष तेजराज आचार्यले बताए । ‘बजेट विनियोजन तथा ज्येष्ठ नागरिकले पाउनुपर्ने सेवा–सुविधाका विषयमा हुने छलफलमा..

Exchange Rate

Nepali Patro