आन्दोलन/संघर्ष

भाईद्वारा दाजु फारुकको गोली हानी हत्या, भाई सेराजुद्धिन पेस्तोल र गोलीसहित पक्राउ

आफ्नै भाइले हानेको पेस्तोलको गोली लागेर पर्सा जिल्ला जिराभवानी गाउँपालिकाका ४८ वर्षीय शेष फारुकको मृत्यु भएको छ । घरायसी विवाद हुँदा जिराभवानी-१ महादेवपट्टीको बलुवाका शेषलाई उनका कान्छा भाइ ३८ वर्षीय शेख सेराजुद्धिन पेस्तोलले हानेका थिए । छातीमा गोली लागेका शेषलाई वीरगञ्जको नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि वीरगञ्जकै नेशनल..

ने.क.पा. रुकुम पूर्वका इन्चार्ज पश्चिमबाट गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएपछी रुकुमबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले व्यापक रुपमा गिरफ्तार गर्न थालेको छ । यसै क्रममा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुकुम पूर्वका जिल्ला इन्चार्ज कर्णबहादुर नकाल ‘शिशिर'लाई प्रहरीले रुकुम पश्चिम जिल्लाको सानीभेरी गाउँपालिका वडा..

दलाल पुँजीवादको चक्रव्यूह : कृष्णप्रसाद पौडेल

मानिसले आफ्नो श्रमलाई यन्त्रको जिम्मा लगाएसँगै त्यसलाई सञ्चालन गर्न चाहिने खनिज ऊर्जा उत्खनन, ठूला प्रशोधन कारखाना र तिनलाई चाहिने कच्चा पदार्थको खोजी तीव्र भयो । मुख्यतः यही बेलायत र पश्चिमी युरोपको औद्योगिक विकासका लागि औपनिवेशिक यात्रा थियो । यो यात्रा त्यस्ता उद्योगका लागि कच्चा पदार्थको जोहो गर्न थालिएको थियो । यसले मानव..

दलाल पुँजीवादी सत्तालाई मिल्काउन क्रान्तिको मार्गमा छौं : विप्लव

नेत्रविक्रम चन्द (विप्लव) नेपाल कम्युनिस्ट पार्टीका महासचिव हुन्। सरकारले गत फागुन २८ गते उनको पार्टीलाई प्रतिबन्ध मात्रै लगाएको छैन, उनको पार्टीलाई प्रत्यक्ष/परोक्ष साथ र सहयोग गर्नेहरूलाई पनि कारबाही गर्ने बताउँदै आएको छ। कुनै समय उनीसँगै एउटै मोर्चामा रहेका नेताहरू अहिले सरकारमा छन्। तर तिनै नेताहरू विप्लवले आफूहरूलाई मार्न..

नेपालको न्यायालयमा बिचौलियाको दबदबा : न्यायिक निर्णयमा समेत प्रभाव पार्ने गरेको पूर्वन्यायाधीशको अध्ययन समितिको निष्कर्ष

पूर्वन्यायाधीशको फोरमले  गरेको अध्ययन समितिले न्यायालयमा विभिन्न भेष बदलिएर आउने बिचौलियाले प्राथमिकता पाइरहेको र त्यस्ता बिचौलियाले न्यायालयको न्यायिक निर्णयमा समेत प्रभाव पार्ने गरेको निष्कर्ष निकालेको छ । बिचौलियाका कारण न्यायालयप्रति विश्वास घट्दै जानुका साथै न्यायिक धरोहरलाई समेत धराशायी बनाउने काम बिचौलिया र राजनीतिक..

समाजमा वर्ग र वर्ण : प्रदिप गिरी

सन १९६० को दशकमा हिन्दुस्तानमा पढाइ गर्दा दुईजना नेताले मेरो पुस्तालाई बडो प्रभावित गरिरहेका थिए– डा. राममनोहर लोहिया र डा. भीमराव अम्बेडकर । लोहियाको चर्चित पुस्तकमध्ये एउटा ‘जातिप्रथा’ थियो । हामी राजनीतिक कार्यकर्ताका लागि त्यो पाठ्यपुस्तक थियो । सोही पुस्तकमा लोहिया बारम्बार अम्बेडकरको कुरा गर्छन् । डा. अम्बेडकर जीवनको..

अखिल (क्रान्तिकारी)द्वारा आगामी जेठ ५ गते देशव्यापी आम शैक्षिक हड्तालको घोषणा

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटअखिल (क्रान्तिकारी)ले आफ्नो सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकाल गिरफ्तारीको विरोधस्वरूप आगामी जेठ ५ गते देशव्यापी आम शैक्षिक हड्तालको घोषणा गरेको छ ।  अध्यक्ष ढकालको रिहाइको लागि सङ्गठनका उपाध्यक्ष रुद्र भट्टराईले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर सार्वजनिक गरेको चरणवद्ध  सङ्घर्षका..

रक्सी खान नेपाल छिरेका भारतीय प्रहरीले नेपालका प्रहरी कुटे

मादक पदार्थ रक्सी सेवन गर्न नेपाल छिरेका चार जना भारतीय प्रहरीले ड्युटीमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि कुटपीट गरेका छन् । विहारमा शनिबार हुने लोकसभा चुनावका कारण मदिरा सेवनमा कडाइ गरेपछी मदिरा सेवन गर्न नेपाल छिरेका उनीहरुले ड्युटीमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि कुटपीट गरेका हुन् । रौतहट जिल्लाको गौर नगरपालिका..

अखिल (क्रान्तिकारी) अध्यक्ष ढकाललाई रिहा गर्न ११ बिद्यार्थी संगठनको २४ घन्टे अल्टिमेटम, सशक्त आन्दोलन गर्ने चेतावनी

आफुहरुले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनबाट आफूहरुकै अगाडी गिरफ्तार गरिएका अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकालको रिहाईका लागि ११ विद्यार्थी संगठनहरुले सरकारलाई २४ घन्टे अल्टिमेटम दिएका छन् । उनीहरुले शुक्रबार साँझ संयुक्त विज्ञप्ति निकालेर सरकारलाई २४ घन्टे अल्टिमेटम दिएका हुन् । यसरी सरकारलाई २४ घन्टे..

अदालतले छाडेपनि ने.क.पा. गोर्खाका इन्चार्ज र सेक्रेटरी फेरि गिरफ्तार

जिल्ला अदालत गोरखाले धरौटीमा रिहा गर्न आदेश दिएपनि विप्लव नेतृत्वकाे ने.क.पा.का दुई नेतालाई प्रहरीले फेरि गिरफ्तार गरेको छ । पार्टीका जिल्ला इञ्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई प्रहरीले फेरि गिरफ्तार गरेको हो  । उनीहरुलाई अदालतले पाँच/पाँच हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रहरीलाई घाइते बनाएको र बम..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना